आनी छोइङको नियुक्तिविरुद्ध नागरिक अभियान, छानबिन नसकिँदै पद दिएकोमा प्रश्न

काठमाडौं । ग्यालिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयमाथि राष्ट्रिय जेनजी–नागरिक अभियानले प्रश्न उठाएको छ । अभियानले उनीमाथि नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका विषय विचाराधीन रहेको दाबी गर्दै नियुक्ति तत्काल खारेज गर्न माग गरेको छ । प्रवक्ता अजय सोडारीद्वारा जारी विज्ञप्तिमा नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरण अनुसन्धानको अवस्था स्पष्ट नभएको भन्दै यस्तो अवस्थामा संवेदनशील निकायको नेतृत्व दिनु सुशासन र कानुनी शासनको मर्मविपरीत भएको उल्लेख छ । अभियानले नियुक्ति निर्णय फिर्ता नलिए बृहत् नागरिक आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

फ्रान्समा हिंसा र लुटपाटपछि सरकार संकटमा, म्याक्रोंमाथि चर्को दबाब
काठमाडाैँ । सप्ताहन्तमा देशभर फैलिएको हिंसा, तोडफोड र लुटपाटपछि फ्रान्स सरकारमाथि दबाब बढेको छ । महँगी र खस्कँदो सार्वजनिक सेवाविरुद्ध शनिबार भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले सोमबार आकस्मिक... ...

निर्णायक खेलमा नेपालले गुमायो पहिलो विकेट, आशिफ ७ रन बनाएर आउट
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गत आफ्नो अन्तिम तथा निर्णायक खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । घरेलु टोली ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर आसिफ शेख १३ बलमा ७ रन बनाएर आउट भएका हुन् ।यो समाचार तयार पार्दासम्म ६ ओभरको खेल सकिँदा नेपालले १ विकेट गुमाएर २० रन जोडेको छ । यो खेल जित्न सके नेपालले प्रतियोगिता ...

भाडाको जग्गामा तरकारी खेती गरेर छन्त्याल दम्पतीको वार्षिक ९ लाख आम्दानी
बागलुङ। बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले वार्षिक रु ९ लाख आम्दानी गर्दै आएको छ। काठेखोला गाउँपालिका–३ धम्जाबाट बजार झरेका कला र गणेश छन्त्यालले बागलुङ नगरपालिका–१ रामरेखामा पाँच रोपनी जग्गा भाडामा लिएर छ वर्षदेखि मौसमी तथा बेमौसमी सागसब्जी खेती गर्दै आएका छन्। उनीहरूले जग्गाको वार्षिक रु ६० हजार भाडा तिर्दै आएका छन्। भारतीय सेनाबाट अवकाश लिएपछि गणेशले श्रीमती कलासँग ...

दसैँमा यात्रुका लागि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, ३ दिन सञ्चालन हुने
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले दसैँको अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ। दसैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल, नेपालद्वारा यो निःशुल्क बस सेवा सञ्चालन गरिएको हो। सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता नेत्र बहादुर कार्कीका अनुसार उपत्यकाभित्र ...


