Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा

भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा

काठमाडौं । अभिनेता आमिर खानका भाञ्जा इमरान खानले भारत छाड्न दिइएको नोटिसविरुद्ध बम्बई उच्च अदालतमा निवेदन दिएका छन्। उनले उक्त नोटिस मनोमानी, गैरकानुनी र असंवैधानिक भएको दाबी गरेका छन् । भारतको विदेशी नागरिक दर्ता कार्यालयले इमरानलाई दोस्रो नोटिस पठाउँदै उनको भारतीय मूलका विदेशी नागरिक परिचयपत्र किन रद्द नगर्ने भन्दै १५ दिनभित्र जवाफ दिन भनेको छ । यसअघि उनलाई अक्टोबर २८ अघि भारत छाड्न निर्देशन दिइएको थियो । इमरानले शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएकै आधारमा आफूविरुद्ध कारबाही गरिएको दाबी गरेका छन्। उनले नोटिस जारी गर्दा त्यसको कारण नखुलाइएको, प्रमाण उपलब्ध नगराइएको र आफ्नो पक्ष राख्ने अवसरसमेत नदिइएको बताएका छन् । उनले अक्टोबर १० मा मुम्बईमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनमा भाग लिएका थिए। त्यसक्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । इमरानको कानुनी टोलीले घटनास्थलको सिसिटिभी दृश्य उपलब्ध गराउन प्रहरीसँग माग गरेको छ । प्रदर्शनमा उनको सहभागिता थियो वा थिएन भन्ने स्पष्ट पार्न उक्त दृश्य आवश्यक रहेको उनको पक्षको भनाइ छ । The post भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

फ्रान्समा हिंसा र लुटपाटपछि सरकार संकटमा, म्याक्रोंमाथि चर्को दबाब
ताजा खबरJust now

फ्रान्समा हिंसा र लुटपाटपछि सरकार संकटमा, म्याक्रोंमाथि चर्को दबाब

काठमाडाैँ । सप्ताहन्तमा देशभर फैलिएको हिंसा, तोडफोड र लुटपाटपछि फ्रान्स सरकारमाथि दबाब बढेको छ । महँगी र खस्कँदो सार्वजनिक सेवाविरुद्ध शनिबार भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले सोमबार आकस्मिक... ...

रातोपाटी
निर्णायक खेलमा नेपालले गुमायो पहिलो विकेट, आशिफ ७ रन बनाएर आउट
ताजा खबरJust now

निर्णायक खेलमा नेपालले गुमायो पहिलो विकेट, आशिफ ७ रन बनाएर आउट

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गत आफ्नो अन्तिम तथा निर्णायक खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । घरेलु टोली ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर आसिफ शेख १३ बलमा ७ रन बनाएर आउट भएका हुन् ।यो समाचार तयार पार्दासम्म ६ ओभरको खेल सकिँदा नेपालले १ विकेट गुमाएर २० रन जोडेको छ । यो खेल जित्न सके नेपालले प्रतियोगिता ...

कर्पोरट खबर
भाडाको जग्गामा तरकारी खेती गरेर छन्त्याल दम्पतीको वार्षिक ९ लाख आम्दानी
ताजा खबरJust now

भाडाको जग्गामा तरकारी खेती गरेर छन्त्याल दम्पतीको वार्षिक ९ लाख आम्दानी

बागलुङ। बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले वार्षिक रु ९ लाख आम्दानी गर्दै आएको छ। काठेखोला गाउँपालिका–३ धम्जाबाट बजार झरेका कला र गणेश छन्त्यालले बागलुङ नगरपालिका–१ रामरेखामा पाँच रोपनी जग्गा भाडामा लिएर छ वर्षदेखि मौसमी तथा बेमौसमी सागसब्जी खेती गर्दै आएका छन्। उनीहरूले जग्गाको वार्षिक रु ६० हजार भाडा तिर्दै आएका छन्। भारतीय सेनाबाट अवकाश लिएपछि गणेशले श्रीमती कलासँग ...

केन्द्रबिन्दु
दसैँमा यात्रुका लागि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, ३ दिन सञ्चालन हुने
ताजा खबरJust now

दसैँमा यात्रुका लागि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, ३ दिन सञ्चालन हुने

काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले दसैँको अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ। दसैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल, नेपालद्वारा यो निःशुल्क बस सेवा सञ्चालन गरिएको हो। सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता नेत्र बहादुर कार्कीका अनुसार उपत्यकाभित्र ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play