मेची करिडोरको ठेक्का रद्द

काठमाडौं।मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता रद्द गरिएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार २७ करोड २२ लाख रुपैंयाँ लागतको सो आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्नेमा पटक पटक म्याद थप गर्दा पनि ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो। पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजनबाट ठेक्का सम्झौता रद्द गरेको हो। इलामस्थित सडक डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१र८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ। यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको दुई करोड ३८ लाख रुपैंयाँ असुल गरिएको छ भने ६ करोड ७९ लाख रुपैंयाँको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ। ठेक्का सम्झौता अन्त्य गरिएको सडक खण्डको निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

इरानमा आक्रमणको सम्भावनाबीच अमेरिकी सैन्य अधिकारी हटाइए
वासिङ्टन, कात्तिक १२ गते । अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला युद्धमन्त्री पीट हेग्सेथले पेन्टागनका वरिष्ठ योजना अधिकारी लेफ्टिनेन्ट जनरल ब्रेट स... ...

कोप-३१ मा नेपालले चार प्राथमिकता अघि सार्ने
काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी, जलवायु वित्त र जलवायु न्यायका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन्। बिहीबार काठमाण्डुमा आयोजित नेशनल क्लाइमेट समिट–२०२६ मा बोल्लै मन्त्री खनालले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा परेको असर नेपालका लागि मात्र नभई विश्वव्यापी […] ...

१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी (तस्बिरहरू)
काठमाडाैँ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) काे आयाेजनामा १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ सुरु भएको छ । तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्यानले गोदावरी फूलको प्रदर्शनीको आयोजना गरिएकाे हाे। ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि २०८३ कार्तिक १२ देखि १६ गतेसम्म (पाँच दिन) जावलाखेलको खेल मैदान, ललितपुरमा ...

३०औं वर्षमा आर्य फार्माल्याब, एनपिएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग सहकार्य
काठमाडौं । औषधि उत्पादन तथा स्वास्थ्य सेवासँग सम्बन्धित कम्पनी आर्य फार्माल्याबले नेपाल प्रिमियर लिग (एनपीएल) मा स्वास्थ्य साझेदारका रूपमा नेपाल क्रिकेट संघ (क्यान) सँग तीन वर्षे सहकार्य गर्ने भएको छ। कम्पनी स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा उक्त सम्झौता गरिएको कम्पनीले जनाएको छ । क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित कम्पनीले सहकार्य अघि ...


