Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी (तस्बिरहरू)

१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी (तस्बिरहरू)

10/29/2026, 1:36:27 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी (तस्बिरहरू)

काठमाडाैँ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) काे आयाेजनामा १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ सुरु भएको छ । तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्यानले गोदावरी फूलको प्रदर्शनीको आयोजना गरिएकाे हाे। ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि २०८३ कार्तिक १२ देखि १६ गतेसम्म (पाँच दिन) जावलाखेलको खेल मैदान, ललितपुरमा हुनेछ। फ्यानले पुष्प व्यवसायको व्यवसायीक बिकास विस्तार तथा प्रबर्द्धन गर्ने उद्धेश्यले बि.सं.२०५१ साल देखि लगातार रुपमा पुष्प मेला/प्रदर्शनीको आयोजना गर्दै आएको छ। नेपालीहरूको महान चाड तिहार पर्व नजिकीदै गर्दा घर आँगन बगैचा सजाउन तथा स्वागत सत्कारमा बिशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यवसायीक प्रवर्द्धन गर्न, समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुऱ्याउनका लागि प्रदर्शनी गर्दै आएको छ । नेपालको एक मात्र बृहत गोदावरी गोदावरी फूल प्रदर्शनी रहेको यस मेलमा व्यवसायिक स्टल ७८, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ४, प्रतियोगितात्मक स्टल २, र फोटो सेल्फी स्टल १ गरी जम्मा ८६ वटा प्रदर्शनी कक्षहरु छन् । बिशेष गरि यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी रहेकोले गोदावरी फूलको बिबिध बिधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइने जनाएको छ। यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ। प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १) मिनियचर, २) स्पाईडर, ३) रिफ्‌लेक्स, ४) ईन्कर्भ र ५) गोदावरीको कट फ्लावर प्रजाती रहने छ। मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने आयोजकले जनाएको छ। १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी (तस्बिरहरु)अनुप प्रधान, न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

गैरदलीय स्थानीय सरकारको पक्षमा अभियान
ताजा खबरJust now

गैरदलीय स्थानीय सरकारको पक्षमा अभियान

काठमाडौँ । ‘गैरदलीय स्थानीय सरकार नेपाली जनताको अधिकार’ भन्ने मूल नाराका साथ गैरदलीय स्थानीय तह अभियान नेपालको आयोजनामा एक कार्यक्रम सम्पन्न भएको छ। गैरदलीय स्थानीय तह अभियान नेपालका सदस्य दिनेश सुवेदीको... ...

रातोपाटी
प्रस्तावित राजदूत थापाबारे जापान सरकारलाई दोस्रो पत्र, पीआर त्यागेको प्रमाण अझै आएन
ताजा खबरJust now

प्रस्तावित राजदूत थापाबारे जापान सरकारलाई दोस्रो पत्र, पीआर त्यागेको प्रमाण अझै आएन

संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालय र परराष्ट्र मन्त्रालयले जापानस्थित नेपाली राजदूतावासलाई पठाएका पत्रमा थापाले संसदीय सुनुवाइका क्रममा उल्लेख गरेका व्यक्तिगत विवरणसँगै थप विषयमा सोधखोज गर्न भनिएको छ । ...

कान्तिपुर
विमल गुरुङ कृति पुरस्कार हङकङकी जुनु राना र चितवनका भूपिन खड्कालाई
ताजा खबरJust now

विमल गुरुङ कृति पुरस्कार हङकङकी जुनु राना र चितवनका भूपिन खड्कालाई

हङकङलाई कर्मथलो बनाइरहेकी लेखिका जुनु रानाको हालै प्रकाशित ‘लाहुरेनी सौन्दर्य’ र चितवनका भूपिन खड्काको कृति ‘मध्यको उज्यालो’ले संयुक्त रूपमा ‘विमल गुरुङ कृति पुरस्कार–२०८२’ प्राप्त गरेका छन्। दुई कृतिलाई संयुक्त रूपमा पुरस्कार प्रदान गरिएको कवि विमल गुरुङ स्मृति पुस्तकालय व्यवस्थापन समिति, धरानले जानकारी गराएको हो। ब... ...

नेपालखबर
कोप–३१ मा नेपालको प्रस्तुति न्याय र अवसरको स्पष्ट मार्गचित्रसहित हुनुपर्छः गणेश पराजुली
ताजा खबरJust now

कोप–३१ मा नेपालको प्रस्तुति न्याय र अवसरको स्पष्ट मार्गचित्रसहित हुनुपर्छः गणेश पराजुली

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले कोप–३१ मा नेपालको प्रस्तुति न्याय, अवसर र समृद्धिको स्पष्ट मार्गचित्रसहितको हुनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनमा रास्वपा संसदीय दलका उपनेता समेत रहेका सभापति पराजुलीले कोप–३१ मा नेपालको प्रस्तुति केवल पीडा र क्षतिको विवरणमा मात्र सीमित नभई न्याय, अवसर र ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play