३०औं वर्षमा आर्य फार्माल्याब, एनपिएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग सहकार्य

काठमाडौं । औषधि उत्पादन तथा स्वास्थ्य सेवासँग सम्बन्धित कम्पनी आर्य फार्माल्याबले नेपाल प्रिमियर लिग (एनपीएल) मा स्वास्थ्य साझेदारका रूपमा नेपाल क्रिकेट संघ (क्यान) सँग तीन वर्षे सहकार्य गर्ने भएको छ। कम्पनी स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा उक्त सम्झौता गरिएको कम्पनीले जनाएको छ । क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित कम्पनीले सहकार्य अघि बढाएको जनाएको छ। एनपीएललाई माध्यम बनाएर सर्वसाधारणसम्म स्वास्थ्यसम्बन्धी जानकारी पुर्याउने र स्वस्थ जीवनशैलीप्रति प्रोत्साहित गर्ने कम्पनीको लक्ष्य छ। सहकार्यअन्तर्गत त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण कक्ष तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। साथै, दर्शकको सहभागिता बढाउन मनोरञ्जन र खेलकुदसम्बन्धी गतिविधिसमेत आयोजना गरिने कम्पनीले जनाएको छ। आर्य फार्माल्याबले एनपीएलका खेलाडीको प्रदर्शन र खेल भावनालाई प्रोत्साहन गर्न प्रत्येक खेलमा दुई खेलाडीलाई ‘हेल्दी पार्टनरसिप अवार्ड’ प्रदान गर्ने भएको छ। उक्त अवार्ड प्राप्त गर्ने दुवै खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।त्यसैगरी, प्रत्येक खेलमा एक जना दर्शकलाई ‘हटविट मुमेन्ट अफ द म्याच’ अन्तर्गत २० हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ। यी पुरस्कारले खेलाडीको योगदानको सम्मान गर्नुका साथै दर्शकको सहभागिता र उत्साह बढाउने अपेक्षा गरिएको छ। कम्पनीले स्थापनाको ३० वर्ष पूरा गरेको अवसरमा सुरु गरिएको यस सहकार्यलाई आफ्नो यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ। लोकप्रिय खेल क्रिकेटसँग स्वास्थ्य सचेतनालाई जोडेर धेरैभन्दा धेरै नागरिकसम्म स्वास्थ्यसम्बन्धी सन्देश पुर्याउन सकिने विश्वास कम्पनीले व्यक्त गरेको छ। कम्पनीका अनुसार, यस सहकार्यले एनपीएलको खेल अनुभवलाई थप प्रभावकारी बनाउनुका साथै खेलकुदको लोकप्रियतालाई जनस्वास्थ्य प्रवद्र्धनमा उपयोग गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। The post ३०औं वर्षमा आर्य फार्माल्याब, एनपिएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग सहकार्य appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

भारतमा पक्राउ परेका नेपाली वनएक्स बेटका एजेन्ट रहेको खुलासा
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को सारजहाँ उड्ने तयारीमा रहेका नेपाली नागरिक दिनेश खड्का भारतको लखनउ विमानस्थलमा पक्राउ परेका छन् । भारतीय राहदानी प्रयोग गरी यात्रा गर्न लागेको आरोपमा उनलाई बुधबार बिहान अध्यागमन अधिकारीहरूले नियन्त्रणमा लिएका हुन् । खड्का कैलालीको लम्कीचुहा नगरपालिका–१० का बासिन्दा रहेको खुलेको छ । उनी भारतको लखिमपुर खिरीका नरेश कुमारका छोरा ‘दिलीप कुमार’को नाममा जारी भारतीय ...

नेपाल प्रिमियर लिगः काठमाण्डौं गोर्खाजले दियो जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य
• काठमाण्डौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ, खेल त्रिवि क्रिकेट रंगशालामा भइरहेको छ। • काठमाण्डौं ११५ रनमा अलआउट भएको छ, जहाँ भीम सार्कीले ३३ रन बनाए र राहुल यादवले जनकपुरका लागि ४ विकेट लिए। • जनकपुरले यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो, यो जनकपुरको दोस्रो खेल हो। ...

जनकपुरले थाल्यो जवाफी ब्याटिङ, ४ बलमा ६ रन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजले दिएको ११६ रनको लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्सले जवाफी ब्याटिङ थालेको छ । जनकपुरले ०.४ ओभरमा बिना विकेटको क्षतिमा ६ रन बनाएको छ... ...

सभामुख अर्याल र मन्त्री चौधरीबिच कोप- ३१ बारे छलफल
काठमाडौँ, कात्तिक १२ गते । प्रतिनिधिसभाका सभामुख डीपी अर्याल र कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीबिच संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप ३१ मा नेपालको प्रभावकारी सहभागिता,... ...

