भारतमा पक्राउ परेका नेपाली वनएक्स बेटका एजेन्ट रहेको खुलासा

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को सारजहाँ उड्ने तयारीमा रहेका नेपाली नागरिक दिनेश खड्का भारतको लखनउ विमानस्थलमा पक्राउ परेका छन् । भारतीय राहदानी प्रयोग गरी यात्रा गर्न लागेको आरोपमा उनलाई बुधबार बिहान अध्यागमन अधिकारीहरूले नियन्त्रणमा लिएका हुन् । खड्का कैलालीको लम्कीचुहा नगरपालिका–१० का बासिन्दा रहेको खुलेको छ । उनी भारतको लखिमपुर खिरीका नरेश कुमारका छोरा ‘दिलीप कुमार’को नाममा जारी भारतीय राहदानी प्रयोग गरेर सारजहाँ जान लागेका थिए । नियमित जाँचका क्रममा उनको राष्ट्रियतामाथि शंका लागेपछि भारतीय अधिकारीहरूले कागजात छानबिन गरेका थिए । सोधपुछका क्रममा उनले आफू नेपाली नागरिक भएको स्वीकार गरेपछि नेपाली नागरिकताको प्रमाणपत्र, प्यान कार्डलगायत कागजात फेला परेको बताइएको छ । खड्काविरुद्ध भारतीय प्रहरीले किर्ते सरकारी पहिचानपत्र प्रयोग गरेको, किर्ते कागजातलाई सक्कलका रूपमा प्रयोग गरेको तथा राहदानी प्राप्त गर्न झुटो विवरण पेस गरेको आरोपमा मुद्दा दर्ता गरेको छ । खड्काको नाम नेपालमा यसअघि पनि अवैध अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा जोडिएको थियो । २०८० सालमा नेपाल प्रहरीले गरेको अनुसन्धानमा उनी वनएक्स बेटका मुख्य एजेन्टका रूपमा खुलेका थिए । प्रहरीले त्यतिबेला खड्काले वनएक्स बेटमार्फत करिब ६४ करोड रुपैयाँ बराबरको कारोबार गरेको र विभिन्न व्यक्तिको नाममा बैंक खाता खोलेर सट्टेबाजीको रकम चलाएको जनाएको थियो । प्रहरी अनुसन्धानमा खड्काले अन्य व्यक्तिका नागरिकता प्रयोग गरी बैंक खाता खोल्ने र ती खातामार्फत वनएक्स बेटको रकम कारोबार गर्ने गरेको समेत खुलेको थियो । पछि उनीमाथि अरूको नागरिकता दुरुपयोग गरेको आरोपमा समेत अनुसन्धान भएको थियो । भारतमा भने अहिले उनको पक्राउ भारतीय राहदानी तथा पहिचानसम्बन्धी कसुरमा भएको बताइएको छ । भारतीय अधिकारीहरूले उनको पुरानो वित्तीय तथा अनलाइन सट्टेबाजी गतिविधिसँग सम्बन्धित पक्षमा समेत अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ
शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक सानेपामा बस्ने भएको छ । ...

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट
इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । विपक्षी दलहरूले ६७ सिट पाए पनि उनीहरूबीचको विभाजनले सरकार गठन चुनौतीपूर्ण बनेको... ...

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल
राजशाही (बङ्गलादेश), कात्तिक १२ गते । भारत र बङ्गलादेशबीच गङ्गा नदीको पानी बाँडफाँटसम्बन्धी ३० वर्षे सन्धि डिसेम्बर १२ मा समाप्त हुन लाग्दा बङ्गलादेशले नयाँ सम्झौताका लागि पहल गरेक... ...



