Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक
Photo / Coverage: नेपालन्युज

मुस्ताङ। सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन्। जनवरीदेखि अक्टोबरसम्म सार्क राष्ट्रतर्फ दुई लाख ६२ हजार १२ जना र अन्य राष्ट्रतर्फ २८ हजार २७५ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोमले जनाएको छ। सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख ६१ हजार १४१ जना सार्क तथा अन्य राष्ट्रका विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेकामा सन् २०२६ को दश महिनामा ७७.६२ प्रतिशतले पर्यटकको सङ्ख्या वृद्धि भएको हो। एक्याप कार्यालयका प्रमुख राजेश गुप्तका अनुसार सन् २०२५ को तुलनामा सन् २०२६ को दुई महिना बाँकी रहँदा एक लाख २३ हजार ४७५ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको जानकारी दिए। एक्याप जोमसोमको पर्यटक तथ्याङ्कअनुसार सन् २०२६ को दश महिना अवधिमा गत वर्षको भन्दा सार्क राष्ट्रतर्फ ९७ प्रतिशतले विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको छ। गुप्तका अनुसार अघिल्लो वर्षको तुुलनामा यसवर्षको दुई महिना बाँकी रहँदा सार्क राष्ट्रतर्फ एक लाख २९ हजार १४६ जना विदेशी पर्यटक वृद्धि भएको हो। यसैगरी सन् २०२५ को बाह्र महिनामा २३ हजार ६०४ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिदा सन् २०२६ को दुई महिना बाँकी रहँदा चार हजार ६७१ जना विदेशी विदेशी पर्र्यटक कम भित्रिएका हुन्। जुन् अघिल्लो वर्षको भन्दा (१६.५) प्रतिशत कम पर्यटक भित्रिएका हुन्। एक्याप प्रमुख गुप्तले नोभेम्बर र डिसेम्बर दुई महिना बाँकी रहेकाले गत वर्षको भन्दा चालुवर्षमा विदेशी पर्यटक सङ्ख्या कम नहुने उल्लेख गरे। यस वर्ष रसुवागढीको विनासकारी बाढी घटना तथा जोमसोम–कोरला सडक अवरुद्ध, हवाई सेवा स्थगनलगायत मौसम प्रतिकूलाका कारण मुस्ताङको पर्यटनमा आशिंक असर पुगेको थियो। यद्यपि मुस्ताङमा सन् २०२५ को तुलनामा सन् २०२६ मा पर्यटकको सङ्ख्यामा अपेक्षाकृत वृद्धि भएको पाइएको हो। एक्याप जोमसोमका अनुसार सार्क राष्ट्रतर्फ करिब शतप्रतिशत पर्यटक वृद्धि हुनुमा अधिकांश भारतीय पर्यटकको आगमन रहेको उल्लेख गरेको छ। मुक्तिनाथ मन्दिर दर्शनका लागि बर्सेनि भारतीय पर्यटकको सङ्ख्या वृद्धि हुँदै गइरहेको एक्यापको भनाइ छ। यसैगरी अन्य राष्ट्रतर्फ मुस्ताङ भित्रिनेमा राउण्ड अन्नपूर्ण चर्किय पदमार्गको मनाङबाट थोरङ्ला पास हुँदै मुस्ताङ भित्रिनेको सङ्ख्या रहेको एक्यापले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शेयर बजारमा सुधार, कारोबार रकम घट्यो
Latest NewsJust now

शेयर बजारमा सुधार, कारोबार रकम घट्यो

काठमाडौं । बजार खुलेबाट ओरालो लागेको सेयर बजार अन्तिम समयमा बढेको छ । मंगलबार नेप्से सूचक ६.६२ अंकले बढेर २६६४.१३ अंकमा आइपुगेको हो । यो दिन लगानीकर्ताले लगानी खुम्च्याएर पाँच अर्ब ६५ करोडको मात्रै कारोबार गरेका छन् । गत साता अधिकतम आठ अर्ब ८२ करोडसम्मको कारोबार गरेका लगानीकर्ताले सोमबार घटाएर सात अर्ब १५ करोडको कारोबार गरेका थिए । मंगलबार पुनः घटाएर ...

कर्पोरट खबर
आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
Latest NewsJust now

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा अन्धोपन तथा दृष्टिदोष न्यूनीकरणका लागि आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै लगानी बढाउने बताएका छन्। नेपाल नेत्रज्योति संघले आज लमहीमा आयोजना गरेको आँखा स्वास्थ्य सेवा र कार्बन उत्सर्जनसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले आँखा उपचार सेवाको पहुँच सबै नागरिकसम्म पुर्‍याउन प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गर्ने बताए। संघले तयार पारेको पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनमा पनि ...

नेपालन्युज
न्यायाधीशमाथि महाभियोगबारे रास्वपाले विपक्षीसँग पनि छलफल गर्नुपर्ने काँग्रेसको भनाइ
Latest NewsJust now

न्यायाधीशमाथि महाभियोगबारे रास्वपाले विपक्षीसँग पनि छलफल गर्नुपर्ने काँग्रेसको भनाइ

काठमाडौं । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सर्वोच्च अदालतका विवादित न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपक्षी दलहरूसँग समेत परामर्श गर्नुपर्ने बताए । मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस विषयमा रास्वपाले अहिलेसम्म औपचारिक संवाद अघि बढाएको जानकारी आफूलाई नभएको बताए । महाभियोगको विषयमा सबैभन्दा पहिले सत्तापक्षले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उनको भनाइ छ । सत्तापक्षले विषयलाई स्पष्ट ...

टक्सार
एसीसीए ट्याक्सेसनमा बीपीसीकी साहारा मघियाको विश्वमै तेस्रो स्थान
Latest NewsJust now

एसीसीए ट्याक्सेसनमा बीपीसीकी साहारा मघियाको विश्वमै तेस्रो स्थान

काठमाडौं । द ब्रिटिश कलेज (टीबीसी) काे भगिनी संस्था तथा एसीसीएको प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनर द ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) की एसीसीए विद्यार्थी सहारा मघियाले सेप्टेम्बर २०२६ को परीक्षामा कर प्रणालीविषयमा विश्वभरबाट तेस्रो स्थान हासिल गरेकी छन्। यो साहाराको पहिलो अन्तर्राष्ट्रिय सफलता भने होइन। जुन २०२६ को परीक्षामा उनले पर्फर्मेन्स म्यानेजमेन्ट विषयमा नेपालमै प्रथम र विश्वमा आठौँ स्थान हासिल गरेकी ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play