मानव सेवा घरको निरीक्षणमा मुख्यमन्त्री किरण थापा, असहाय बालबालिकाको हेरचाह र संरक्षण सबैको दायित्व

काभ्रे, कात्तिक ८ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–५, लमलेस्थित मानव कल्याण समाजअन्तर्गत सञ्चालित बाल सेवाघरको आइतबार स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मुख्यमन्त्री थापाले मानव सेवा घरको अवस्था, सञ्चालन प्रक्रिया तथा त्यहाँ आश्रित बालबालिकाको हेरचाह, संरक्षण र सेवा व्यवस्थापनबारे जानकारी लिनुभएको थियो। उहाँले घरबारविहीन, असहाय, बेसहारा तथा अभिभावकविहीन व्यक्तिहरूलाई आश्रय प्रदान गर्दै मानव सेवामा समर्पित संस्थाको भूमिकाको प्रशंसा गर्नुभयो। अशक्त, असहाय तथा बेसहारा व्यक्तिहरूको सहारा बनेर मानव सेवा घरले मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले परिस्थितिले कठिनाइमा पारेका बालबालिकाको संरक्षण र भविष्य निर्माणमा यस्ता संस्थाको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो। ‘आजका बालबालिका भोलिका राष्ट्रका कर्णधार हुन्’ भन्दै उहाँले सबै बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्नु, उनीहरूलाई उचित हेरचाह र संरक्षण प्रदान गर्नु तथा सुरक्षित भविष्य निर्माणका लागि अवसर उपलब्ध गराउनु सबैको साझा दायित्व भएको धारणा व्यक्त गर्नुभयो। स्थलगत निरीक्षणका क्रममा मानव सेवा घरको वास्तविक अवस्था बुझ्ने तथा त्यहाँ आश्रित बालबालिकाको हेरचाह र सेवा व्यवस्थापनबारे जानकारी लिने अवसर प्राप्त भएको उल्लेख गर्दै मुख्यमन्त्री थापाले संस्थामा सेवा प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। सो क्रममा मुख्यमन्त्री थापाले घरबारविहीन, असहाय, टुहुरा तथा सडकबाट उद्धार गरी ल्याइएका बालबालिकासँग भेटघाट गर्नुभएको थियो। उहाँले बालबालिकालाई टीका र जमरा लगाइदिँदै विजयादशमीको शुभकामना आदानप्रदान गर्नुभयो। ‘हुनेबाट सहयोग, नहुनेलाई उपयोग’ भन्ने मूल नारालाई आत्मसात् गर्दै समाजमा रहेका असहाय तथा अभिभावकविहीन बालबालिकासँग दसैँको खुसी साटासाट गर्न पाउँदा अत्यन्तै आत्मीय र भावुक अनुभूति भएको मुख्यमन्त्री थापाले बताउनुभयो। मानव सेवा घरजस्ता संस्थाले कठिन परिस्थितिमा रहेका बालबालिकालाई आश्रय, माया, संरक्षण र उज्ज्वल भविष्यको आशा प्रदान गर्दै आएको उल्लेख गर्दै उहाँले बालबालिकाको अधिकार, सम्मान र आधारभूत आवश्यकताको सुनिश्चितताका लागि समाजका सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयाे । मुख्यमन्त्री थापाको निरीक्षण तथा बालबालिकासँगको दसैँ शुभकामना आदानप्रदानले मानवीय सेवा, सामाजिक उत्तरदायित्व र असहाय बालबालिकाको संरक्षणप्रति सामूहिक प्रतिबद्धताको महत्त्वलाई जगाएकाे छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

एनपिएल विजेता टिमले डेढ करोड, उपविजेताले ८० लाख पाउने
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसपटक विजेताका लागि अघिल्लो संस्करणभन्दा ४० लाख रुपैयाँ बढी पुरस्कार निर्धारण गरेको हो । क्यानले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको पुरस्कार रकम सार्वजनिक गरेको हो । क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार प्रतियोगितामा दोस्रो हुने टोलीले ...

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको दर्शन, नवदुर्गा जात्राका लागि बागमती प्रदेश सरकारद्वारा आर्थिक सहयोग
भक्तपुर, कात्तिक ८ । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र श्री नवदुर्गा भवानीको दर्शन तथा पूजाआराधना गर्नुभएको छ। उक्त कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाको समेत सहभागिता रहेको थियो। कला, संस्कृति, सम्पदा र मौलिक परम्पराले समृद्ध भक्तपुरको पवित्र भूमिमा सम्माननीय राष्ट्रपतिलाई स्वागत तथा अभिनन्दन गर्न पाउँदा आफूलाई हर्षित तुल्याएको मुख्यमन्त्री थापाले बताउनुभयो। कार्यक्रमका अवसरमा ...

काठमाडौंलाई हेरौँ, सुनौँ, महसुस गरौँ र यसको सम्पदासँग जोडिऔँ : सुनिता डंगोल
काठमाडौं, कात्तिक ८। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंका ऐतिहासिक गल्ली, सम्पदा, संस्कृति र मौलिक जीवनशैलीलाई नजिकबाट नियाल्दै महसुस गर्न तथा तिनसँग आत्मीय सम्बन्ध स्थापित गर्न नागरिकलाई आग्रह गर्नुभएको छ। काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘हेरिटेज रन’ का अवसरमा उहाँले काठमाडौंलाई केवल हेर्ने सहरका रूपमा मात्र नभई यहाँको इतिहास, संस्कृति, परम्परा र जनजीवनलाई बुझ्ने, सुन्ने र अनुभूत गर्ने सहरका रूपमा लिनुपर्ने ...

सप्तकोशीमा जेटबोट दुर्घटना : तीन जनाको मृत्यु, एक घाइते
काठमाडौं, कात्तिक ८ । भोजपुरबाट चतरातर्फ आउँदै गरेको माेटरबाेट सप्तकोशी नदीमा दुर्घटना हुँदा बालिकासहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार दुर्घटनामा एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको हो। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको र पहिचानका लागि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइरहेको उहाँले ...


