Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/महिला इन्जिनियर कुटेर पुरुषार्थ देखाउने इटहरी उपमहानगरका इन्जिनियर चौधरी पक्राउ

महिला इन्जिनियर कुटेर पुरुषार्थ देखाउने इटहरी उपमहानगरका इन्जिनियर चौधरी पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
महिला इन्जिनियर कुटेर पुरुषार्थ देखाउने इटहरी उपमहानगरका इन्जिनियर चौधरी पक्राउ

सुनसरी, कात्तिक ९। इन्जिनियर महिलामाथि हातपात गर्ने पुरुष इन्जिनियर पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार अधिकारीमाथि हातपात गरेको आधारमा उपमहानगरकै योजना शाखामा कार्यरत अर्का इन्जिनियर भवेन्द्र चौधरीलाई पक्राउ गरिएको हो । इटहरी महानगरपालिका–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीमाथि असोज पहिलो साता हातपात भएको थियो । पीडित इन्जिनियर अधिकारीले आफूमाथि हातपात गरेको भनी किटानी जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।अधिकारीको जाहेरीका आधारमा सुनसरी जिल्ला अदालतबाट चौधरीलाई पक्राउ गर्न असोज ५ गते पक्राउ पूर्जी जारी भएको थियो । घटनापछि फरार इन्जिनियर चौधरीलाई इटहरीको पश्चिम लाइनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

चलचित्र विकास बोर्ड अध्यक्षमा मनिष पण्डित, सम्हाले कार्यभार
राजनीतिJust now

चलचित्र विकास बोर्ड अध्यक्षमा मनिष पण्डित, सम्हाले कार्यभार

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  उनले सोमबारबाट कार्यभार समेत सम्हालेका छन् । सूचना तथा सञ्चार मन्त्री डा.बिक्रम तिमिल्सिनासँग नियुक्ति पत्र बुझ्दै उनले औपचारिक रूपमा कार्यभार सुरु गरेका हुन् ।  मन्त्री तिमिल्सिनाले पण्डितलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिए ।  सो अवसरमा डा. तिमिल्सिनाले बोर्डलाई सबै चलचित्रकर्मीको साझा ...

फरकधार
ईश्वर जिसी भन्छन्- अनुभवबाट सिक्दै उपाधि जित्ने लक्ष्यमा लुम्बिनी लायन्स
राजनीतिJust now

ईश्वर जिसी भन्छन्- अनुभवबाट सिक्दै उपाधि जित्ने लक्ष्यमा लुम्बिनी लायन्स

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सले अघिल्लो सिजनका अनुभवबाट सिक्दै अझ सन्तुलित र प्रतिस्पर्धी टोलीका रूपमा प्रस्तुत हुने लक्ष्य लिएको छ ।  लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले नेपाली खेलाडीको क्षमता, विदेशी खेलाडीको अनुभव र समर्थकको विश्वासलाई आधार बनाएर यस वर्ष उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा रहेको बताएका छन् । अध्यक्ष जिसीले अघिल्लो सिजनको फाइनलसम्मको यात्रालाई महत्वपूर्ण अनुभवका रूपमा लिँदै यसपटक ...

फरकधार
साइबर जोखिमपछि बन्द सरकारी वेबसाइट सञ्चालनमा, केही सेवामा अझै समस्या
राजनीतिJust now

साइबर जोखिमपछि बन्द सरकारी वेबसाइट सञ्चालनमा, केही सेवामा अझै समस्या

गत बिहीबारदेखि बन्द रहेका सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू पुनः सञ्चालनमा आएका छन् । दशैंको लामो बिदापछि सोमबारदेखि खुलेका सरकारी कार्यालयहरूमा अनलाइन प्रणालीमा देखिएको समस्या पुनः सञ्चालनमा आएसँगै सेवाग्राहीहरूले नियमित सेवा लिन थालेका छन् ।  अधिकांश सरकारी वेबसाइटमार्फत सेवा सुचारु भए पनि काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरूमा भने अनलाइन सिफारिस प्रणालीमा समस्या देखिएको छ ।  काठमाडौं महानगरपालिकाको ३१ नम्बर वडा कार्यालयका वडासचिव सुरेश साहु ...

फरकधार
रेष्टुरेन्ट सञ्चालकको मृत्यु प्रकरणमा रेष्टुरेन्टकै क्यासियर रहेकी युवती पक्राउ, प्रेम सम्बन्धमा रहेको खुलासा
राजनीतिJust now

रेष्टुरेन्ट सञ्चालकको मृत्यु प्रकरणमा रेष्टुरेन्टकै क्यासियर रहेकी युवती पक्राउ, प्रेम सम्बन्धमा रहेको खुलासा

मोरङ, कात्तिक ९ । शनिवार दिउँसो केराबारीको जङलमा मृत फेला परेका विराटनगरका होटल सञ्चालकको मृत्युको विषयलाई लिएर प्रहरीले रेष्टुरेन्टमै कार्यरत एक युवतीलाई पक्राउ गरेको छ । फिजफायर रेष्टुरेन्टका सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरणको अनुसन्धानको क्रममा प्रहरीले सोही होटलमा कार्यरत युवतीलाई नियन्त्रणमा लिएको हो । रेष्टुरेन्ट सञ्चालक खत्री शनिबार दिउँसो केराबारी गाउँपालिका–९ को धारापानी जङ्गलमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play