Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/रेष्टुरेन्ट सञ्चालकको मृत्यु प्रकरणमा रेष्टुरेन्टकै क्यासियर रहेकी युवती पक्राउ, प्रेम सम्बन्धमा रहेको खुलासा

रेष्टुरेन्ट सञ्चालकको मृत्यु प्रकरणमा रेष्टुरेन्टकै क्यासियर रहेकी युवती पक्राउ, प्रेम सम्बन्धमा रहेको खुलासा

Share:WhatsAppFacebookX (Twitter)Telegram
रेष्टुरेन्ट सञ्चालकको मृत्यु प्रकरणमा रेष्टुरेन्टकै क्यासियर रहेकी युवती पक्राउ, प्रेम सम्बन्धमा रहेको खुलासा

मोरङ, कात्तिक ९ । शनिवार दिउँसो केराबारीको जङलमा मृत फेला परेका विराटनगरका होटल सञ्चालकको मृत्युको विषयलाई लिएर प्रहरीले रेष्टुरेन्टमै कार्यरत एक युवतीलाई पक्राउ गरेको छ । फिजफायर रेष्टुरेन्टका सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरणको अनुसन्धानको क्रममा प्रहरीले सोही होटलमा कार्यरत युवतीलाई नियन्त्रणमा लिएको हो । रेष्टुरेन्ट सञ्चालक खत्री शनिबार दिउँसो केराबारी गाउँपालिका–९ को धारापानी जङ्गलमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । खत्रीको रेस्टुरेन्टमा करिब ४–५ वर्षदेखि काम गर्दै आएकी झापाकी २७ वर्षीय युवतीसँग व्यक्तिगत सम्बन्ध रहेको देखिएकोले अनुसन्धानको क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रेस्टुरेन्टको आर्थिक हिसाब किताबलाई आधार बनाएर अनुसन्धान थालेपछि युवती पक्राउ परेकी हुन । मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले खत्रीले सञ्चालन गर्दै आएको रेस्टुरेन्टको आर्थिक हिसाब किताबसमेत हेर्ने ती युवतीसँग खत्रीको प्रेम सम्बन्धसमेत रहेको देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको बताउनु भयो । प्रारम्भिक रुपमा खत्री र युवतीबीच प्रेम सम्बन्धका विषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले युवतीलाई शनिबार राति नै पक्राउ गरी अनुसन्धान अघि बढाइएको जनाएको छ । प्रहरीका अनुसार ती युवतीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ । यद्यपी प्रहरीले खत्रीको मृत्युमा युवतीको संलग्नता वा उनको व्यवहारको कुनै भूमिका छ वा छैन भन्ने विषय अनुसन्धानबाट पुष्टि भइनसकेको जनाएको छ । प्रहरीले खत्री र युवतीबीच पछिल्लो समय सम्बन्धमा खटपट देखिएको तथा रेस्टुरेन्टको आर्थिक कारोबारसम्बन्धी विषय पनि अनुसन्धानयोग्य रहेको जनाएको छ । खत्री शुक्रवार दिउँसो करिब १ बजे स्कुटर लिएर घरबाट निस्किएका थिए । त्यसपछि परिवारसँग सम्पर्कविहीन भएका खत्री शनिवार दिउसो केराबारी गाउँपालिका–९ स्थित धारापानी जङ्गलमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । परिवारका सदस्यले पहिचान गरेपछि शनिबार साँझ खत्रीको सनाखत भएको थियो । बिवाहित खत्रीका श्रीमती, एक छोरा र एक छोरी छन् । घटनाका बेला खत्रीकी श्रीमती भारतमा रहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

एनपिएल क्रिकेट : सुदूरविरूद्ध लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दै
राजनीतिJust now

एनपिएल क्रिकेट : सुदूरविरूद्ध लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दै

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ ।  प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् । लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दैछ । गत संस्करणमा हारेको बदला लिने पक्षमा सुदूरपश्चिम रहेको छ भने लुम्बिनी गत वर्षकै नतिजा दाहोर्याउने दाउमा हुनेछ ।  लुम्बिनी रोहितकुमार पौडेल र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको ...

फरकधार
एनपिएल उद्घाटनमा पुगे प्रधानमन्त्री बालेन, पहिलो खेलमा सुदूरपश्चिम र लुम्बिनी भिड्दै
राजनीतिJust now

एनपिएल उद्घाटनमा पुगे प्रधानमन्त्री बालेन, पहिलो खेलमा सुदूरपश्चिम र लुम्बिनी भिड्दै

प्रधानमन्त्री बालेन शाह नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटनका लागि त्रिवि क्रिकेट मैदान पुगेका छन् । प्रधानमन्त्री शाह केहीबेरअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका हुन् । एनपीएलको तेस्रो सिजनअन्तर्गत आज हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । त्यससँगै सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्नेछ । त्रिवि ...

फरकधार
राहुल गान्धी फसाउने मोदीको सपना चकनाचुर : अमित शाहबारेको मानहानी मुद्दामा ८ वर्षपछि निर्दोष ठहर
राजनीतिJust now

राहुल गान्धी फसाउने मोदीको सपना चकनाचुर : अमित शाहबारेको मानहानी मुद्दामा ८ वर्षपछि निर्दोष ठहर

नयाँदिल्ली, कात्तिक ९ । भारतको विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी गृहमन्त्री अमित शाहबारे गरेको भनिएको टिप्पणी सम्बन्धी आपराधिक मानहानी मुद्दामा निर्दोष ठहर हुनुभएको छ । उत्तर प्रदेशको सुल्तानपुरस्थित जिल्ला अदालतले सोमबार गान्धीलाई सफाइ दिएको समाचार अनलाइन समाचार बार एण्ड बेञ्चले जनाएको छ । आठ बर्षपछि आएको अदालतको यो फैसलासँगै गान्धीलाई फसाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपना चकनाचुर भएको ...

जनताटाइम्स
चलचित्र विकास बोर्ड अध्यक्षमा मनिष पण्डित, सम्हाले कार्यभार
राजनीतिJust now

चलचित्र विकास बोर्ड अध्यक्षमा मनिष पण्डित, सम्हाले कार्यभार

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  उनले सोमबारबाट कार्यभार समेत सम्हालेका छन् । सूचना तथा सञ्चार मन्त्री डा.बिक्रम तिमिल्सिनासँग नियुक्ति पत्र बुझ्दै उनले औपचारिक रूपमा कार्यभार सुरु गरेका हुन् ।  मन्त्री तिमिल्सिनाले पण्डितलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिए ।  सो अवसरमा डा. तिमिल्सिनाले बोर्डलाई सबै चलचित्रकर्मीको साझा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play