पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरेको हो । मलेसियामा कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् । यसअघि सोही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन् । उनीहरूविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ ।
मलेसिया कामदार प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

Read Complete Original Article
Published originally on फरकधार






