भ्रमपूर्ण हल्लाको पछि नलाग्नु, बुधबार यथासमयमा देवी विसर्जन गरी टीका लगाउनु : पञ्चाङ्ग निर्णायक समिति

काठमाडौं, कात्तिक ३ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सामाजिक सञ्जालमा सनातनी धार्मिक समाजमा भ्रम फैलाउने खालका विषय सम्प्रेषण भइरहेको भन्दै त्यस्ता भ्रमपूर्ण कुरा र हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ। समितिले स्वीकृत पञ्चाङ्ग र पूर्वप्रकाशित तालिकाअनुसार नै महानवमी तथा विजयादशमी पर्व मनाउन अनुरोध गरेको हो। समितिले जारी गरेको सूचनाअनुसार २०८३ साल कात्तिक ३ गते मंगलबार महानवमी पर्व मनाउन तथा कात्तिक ४ गते बुधबार यथासमयमा देवी विसर्जन गरी आ–आफ्नो परम्पराअनुसार मान्यजनबाट विजयादशमीको टीका लगाउन आग्रह गरिएको छ। सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना र हल्लाका कारण धार्मिक पर्वको तिथि तथा विधिबारे अन्योल सिर्जना हुन सक्ने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पञ्चाङ्ग र समितिको पूर्वप्रकाशित तालिकालाई आधार मान्न समितिले अनुरोध गरेको छ। समितिले सम्पूर्ण सनातनी धर्मावलम्बीलाई भ्रमपूर्ण प्रचारबाट प्रभावित नभई निर्धारित तिथि र समयअनुसार धार्मिक परम्परा तथा संस्कृतिको पालना गर्न आग्रह गरेको छ। ‘कुनै पनि भ्रमपूर्ण कुरा र हल्लाको पछि नलागी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पञ्चाङ्गहरू र समितिबाट पूर्व प्रकाशित तालिकाअनुसार नै २०८३ कार्तिक ३ गते मङ्गलवार महानवमी पर्व मनाउन र कार्तिक ४ गते बुधवार यथासमयमा देवी विसर्जन गरी आ-आफ्नाे परम्पराअनुसार मान्यजनहरूबाट विजयादशमीको टीका लगाउनुहुन सम्पूर्णमा समिति हार्दिक अनुरोध गर्दछ’, समितिले सूचना जारी गर्दै भनेको छ । यस्ताे छ समितिले निकालेकाे साइत : विजयादशमी (टीकाको दिन): २०८३ कार्तिक ४ गते, बुधबार (२१ अक्टोबर २०२६) देवी विसर्जनको साइत: सोही दिन बिहान ०८:४९ बजे टीकाको उत्तम साइत: बिहान १०:२६ बजे फर्किनुपर्ने दिशा: टीका लगाइमाग्ने (थाप्ने) व्यक्ति पश्चिम फर्किनुपर्ने समितिका अनुसार उत्तम साइत बिहान १०:२६ बजे भए तापनि विजयादशमीको दिनभरि नै मान्यजनबाट प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्न सकिन्छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

फ्रान्समा आन्दोलन: लुटपाट र आगजनीपछि लगाइयो कर्फ्यू
फ्रान्समा चर्किएको आन्दोलन नियन्त्रण बाहिर जान थालेपछि सरकारले कफ्र्यु आदेश जारी गरेको छ । युवाहरुले नेतृत्व गरेको आन्दोलनले उग्र रुप लिएपछि राजधानी पेरिसका केही भागसहित धेरै सहरमा रातको कफ्र्यु आदेश दिइएको छ । दक्षिणी फ्रान्सका मार्सेली, बोर्डो, नाइस र लियोन, साथै उत्तरी सहर लिल र अन्य सहरमा आंशिक कफ्र्यु घोषणा गरिएको छ । फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले देशमा लगातार दुई दिनसम्म ‘अति–वामपन्थी समूहहरू’ ...

एनपीएलमा पहिलोपटक डीआरएस, निर्णयमा प्रविधिको साथ
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतियोगितामा उक्त प्रविधि समावेश गरिने जानकारी दिएको हो । डीआरएसको प्रयोगले एनपीएलका खेलमा अम्पायरका निर्णयलाई प्रविधिको सहायताले पुनः परीक्षण गर्न सकिनेछ । यसबाट खेलका विवादास्पद निर्णयको समीक्षा गर्न र खेलको निष्पक्षता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको ...

महानवमी : शक्ति आराधना, सांस्कृतिक विरासत र सामाजिक एकताको पर्व
नवराज पथिक बडादशैँ केवल धार्मिक आस्थाको पर्व मात्र होइन, यो नेपाली समाजको सांस्कृतिक पहिचान, ऐतिहासिक विरासत, पारिवारिक आत्मीयता र सामाजिक एकताको जीवन्त प्रतीक पनि हो। आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नवरात्रका नौ दिनमध्ये महानवमी नवौँ दिन हो। यस दिन देवी दुर्गा भवानीको विशेष पूजा–आराधना गरिन्छ। शक्तिको उपासना, धार्मिक अनुष्ठान, परम्परागत विधिविधान र विविध सांस्कृतिक गतिविधिका कारण महानवमीको नेपाली समाजमा विशिष्ट ...

दसैँका लागि घर फर्किनेको चाप बढ्यो, ५ लाखभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत उनीहरू उपत्यकाबाट बाहिरिएका हुन् । उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार घर फर्किने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष छन् । ...


