Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भोलिदेखि सुरु हुने एनपीएलमा कस्तो छ सुरक्षा व्यवस्था ?

भोलिदेखि सुरु हुने एनपीएलमा कस्तो छ सुरक्षा व्यवस्था ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोलिदेखि सुरु हुने एनपीएलमा कस्तो छ सुरक्षा व्यवस्था ?

काठमाडाैं । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारबाट सुरु हुने नेपाली क्रिकेटको महाकुम्भ सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । ८ फ्रेन्चाइज टोली मैदान उत्रिने यस प्रतियोगिता मंसिर ५ गतेसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा गएको संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । भोलि बेलुकी ५ बजे शुरु हुने खेलसँगै तेस्रो संस्करणको औपचारिक शुरुवात हुनेछ । पहिलोपटक डीआरएस भित्रिएको र आईसिसीको मान्यता पाएको एनपीएलमा क्रिकेटको रोमाञ्चक भिडन्तसँगै सुरक्षा पनि उत्तिकै कडा हुने भएको छ । एनपीएलकै लागि भनेर जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा योजना बनाएर काम सुरू गरेको छ । शनिबार काठमाडौंका सीडीओसहितको टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियमको स्थलगत निरीक्षण गरेको थियो। प्रहरीले खेलाडीको सुरक्षा, उनीहरू बस्ने आठवटा होटलको सुरक्षा, होटलदेखि स्टेडियमसम्मको आवागमन, ट्राफिक व्यवस्थापन र खेल अवधिभर दर्शकको सुरक्षालाई प्राथमिकतामा राखेको छ। खेलको उद्घाटन र समापन समारोहमा भीआईपी तथा भीभीआईपीको आवागमन हुने भएकाले उनीहरूको सुरक्षाका लागि पनि विशेष व्यवस्था मिलाइएको छ। यी सबै सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन गरिनेछ। यसमा सादा पोशाकका प्रहरीसमेत रहनेछन्। त्यस्तै, सीसीटीभी क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुरमार्फत निगरानी गरिने प्रहरीले जनाएको छ। स्टेडियम वरपर जडान गरिएका सीसीटीभी क्यामेराको निगरानी त्यहीँ खटिएका प्रहरीले गर्नेछन् भने अन्य क्षेत्रको निगरानी प्रहरीको सीसीटीभी कन्ट्रोल रुमबाट हुनेछ। प्रतियोगिताका सबै ३२ खेल त्रिवि मैदानमै सञ्चालन हुनेछन् । लिग चरणमा हरेक टोलीले अन्य सात टोलीसँग एक–एक खेल खेल्नेछ । लिग चरणपछि अंकतालिकाका शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

भोटेकोशी बाढीको क्षतिमा २१ अर्ब रुपैयाँ बीमा दाबी
ताजा खबरJust now

भोटेकोशी बाढीको क्षतिमा २१ अर्ब रुपैयाँ बीमा दाबी

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब अर्थात् २० अर्ब ९० करोड रुपैयाँको बीमा दाबी परेको छ । बीमा प्राधिकरणअनुसार २०८३ असोज २८ गतेसम्म १८ वटा बीमा कम्पनीमा कुल दुर्ई हजार चार सय २७ बीमितबाट उक्त दाबी परेको हो । उक्त बीमा दाबीमध्ये हालसम्म २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ भुक्तानी भएको छ । प्राधिकरणको ...

हिमालय टाइम्स
ग्लोबल आइएमईलाई तेस्रोपटक ‘बेष्ट बैंक अवार्ड’
ताजा खबरJust now

ग्लोबल आइएमईलाई तेस्रोपटक ‘बेष्ट बैंक अवार्ड’

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । उक्त पछिल्लो अवार्डसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल आइएमई बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्त गरेको थियो । थाइल्याण्डको ...

हिमालय टाइम्स
एनपिएलको टेलिकम पार्टनरमा एनटिसी
ताजा खबरJust now

एनपिएलको टेलिकम पार्टनरमा एनटिसी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हुने नेपाल प्रिमियर लिग सिजन-३ (एनपिएल-३) प्रतियोगितामा नेपाल टेलिकम(एनटिसी) अफिसियल टेलिकम पार्टनर रहने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमतर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नेपाल प्रिमियर लिग सिजन-३ को आयोजक नेपाल क्रिकेट संघ(क्यान) तर्फबाट महाप्रबन्धक उत्सव ढुंगानाले हस्ताक्षर गर्नुभएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल टेलिकमतर्फबाट ...

हिमालय टाइम्स
एनपीएलले नेपाललाई खेल पर्यटनको रूपमा चिनाउछ: मन्त्री पोखरेल
ताजा खबरJust now

एनपीएलले नेपाललाई खेल पर्यटनको रूपमा चिनाउछ: मन्त्री पोखरेल

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने बताएका छन्। सोमबार साँझ एनपीएल तेस्रो सिजनको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित एनपीएलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play