Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपिएलको टेलिकम पार्टनरमा एनटिसी

एनपिएलको टेलिकम पार्टनरमा एनटिसी

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलको टेलिकम पार्टनरमा एनटिसी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हुने नेपाल प्रिमियर लिग सिजन-३ (एनपिएल-३) प्रतियोगितामा नेपाल टेलिकम(एनटिसी) अफिसियल टेलिकम पार्टनर रहने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमतर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नेपाल प्रिमियर लिग सिजन-३ को आयोजक नेपाल क्रिकेट संघ(क्यान) तर्फबाट महाप्रबन्धक उत्सव ढुंगानाले हस्ताक्षर गर्नुभएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल टेलिकमतर्फबाट प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै कम्पनीको ब्राण्ड इमेज बढाउनमात्र नभई नेपालमा क्रिकेट खेललाई संस्थागतरूपमा थप प्रवर्द्धन गर्न समेत सहकार्य उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उक्त सम्झौताले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वसमेत व्यवहारमा लागू गर्न र दुर्ई संस्थाबीचको सहकार्य बलियो बनाउन भूमिका खेल्ने उहाँको भनाइ थियो । क्यानका महाप्रबन्धक उत्सव ढुंगानाले नेपाल टेलिकमजस्तो प्रतिष्ठित ब्राण्डसँग जोडिएर सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै सहकार्यबाट नेपाली क्रिकेट खेल अझै अगाडि बढाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सहकार्यले भविष्यमा नेपालमा क्रिकेट खेललाई मात्र नभई खेलाडीको जीवनस्तरमा समेत परिवर्तन ल्याउन सहयोग पुग्ने उहाँको भनाइ थियो । नेपाली खेलकुद क्षेत्रको संवर्द्धन एवं प्रवर्द्धन गर्ने नेपाल सरकारको नीतिलाई सहकार्यले थप टेवा पुर्‍याउने विश्वास कम्पनीले लिएको छ । एनपिएलले हालै इन्टरनेसनल क्रिकेट काउन्सिल(आइसिसी) बाट मान्यता पाएकोमा नेपाल टेलिकमले क्यानलाई बधाईसमेत दिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

अमेरिकी र अस्ट्रेलियन डलर महँगियो
ताजा खबरJust now

अमेरिकी र अस्ट्रेलियन डलर महँगियो

नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ।  हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहितका मुद्राको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो लगायत मुद्रा भने महँगिएका थिए।  आज... ...

नेपालखबर
मिनी संसदमा विधेयकको चाप
ताजा खबरJust now

मिनी संसदमा विधेयकको चाप

काठमाडौँ, कात्तिक १० गते । सङ्घीय संसद्को बजेट अधिवेशनमा सरकारले ३० भन्दा बढी विधेयक दर्ता गरेसँगै प्रतिनिधि सभाका समितिहरूले धमाधम बिजनेस पाएका छन् । तल्लो सदनका प्रत्येक समितिमा... ...

गोरखापत्र
राष्ट्र बैंकले इमेलमार्फत् गुनासो सुनुवाइ गर्ने
ताजा खबरJust now

राष्ट्र बैंकले इमेलमार्फत् गुनासो सुनुवाइ गर्ने

नेपाल राष्ट्र बैंकले इमेल मार्फत् गुनासो सुनुवाइसहितका सेवा सञ्चालन गरेको छ।  वेब प्रविधि पीएचपीमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यान दिँदै वेबसाइटलगायतका आफ्ना सेवा अस्थायी रूपमा बन्द गरेको  राष्ट्र बैंकले इमेलमार्फत् गुनासो सुनुवाइ, एनसीटीएस, एलसीसहितका सेवा प्रदान गर्न थालेको हो।  वेब प्रविधि पीएचपीमा गम्भीर सुरक्षा जोखिम द... ...

नेपालखबर
नेपाली कांग्रेसमा पुनर्जागरण : अबको आवश्यकता
ताजा खबरJust now

नेपाली कांग्रेसमा पुनर्जागरण : अबको आवश्यकता

नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहाससँग जोडिएको प्रमुख राजनीतिक शक्ति हो । प्रजातन्त्रको स्थापना, नागरिक स्वतन्त्रताको रक्षा र लोकतान्त्रिक व्यवस्था निर्माणमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ तर इतिहासको गौरवशाली विरासतले मात्र वर्तमानको राजनीतिक आवश्यकता पूरा गर्न सक्दैन । बदलिँदो समाज, नागरिकका नयाँ आकांक्षा र राजनीतिक दलप्रतिको घट्दो विश्वासलाई सम्बोधन गर्न कांग्रेसले आफूभित्र गम्भीर समीक्षा, सुधार र रूपान्तरणको प्रक्रिया अघि ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play