Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भोटेकोशी बाढीले घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

भोटेकोशी बाढीले घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीले घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौं । रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसाय/प्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ रु ६९ अर्ब ५७ करोड र व्यवसाय/प्रतिष्ठानतर्फ रु नौ अर्ब ६० करोड बराबरको क्षति भएको उल्लेख छ । सर्वेक्षणअनुसार आर्थिक क्षतिसम्बन्धी प्रारम्भिक विवरणमा घर भएको जग्गा (आफ्नै स्वामित्वको) अन्तर्गत ५४ दशमलव ६५ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ । जसमा घडेरीमा भएको क्षति रु १३ अर्ब २६ करोड र घर निर्माण लागत रु ११ अर्ब ९५ करोडको छ । बाढीका कारण तीन हजार ६१० परिवारको स्वामित्वमा रहेको ५०७ दशमलव ९७ हेक्टर क्षेत्रफल जग्गा जमिन अर्थात रु ३५ अर्ब ४४ करोड बराबरको क्षति भएको छ । त्यसैगरी दुई हजार ९५१ परिवारको खेतबारीमा लगाएको बालीमा क्षति पुगेको छ । जुन रु २३ करोड २१ लाख क्षति हो । त्यसैगरी एक हजार ८७६ परिवारको भण्डारणमा रहेको खाद्यान्नमा क्षति पुग्दा रु १० करोड ४१ लाख बराबरको क्षति पुगेको छ । पशुपन्छीतर्फ एक हजार ११ परिवारले पालेको रु २१ करोड ४२ लाख बराबरका पशुपन्छी/माछामा क्षति भएको छ । आयोगका अनुसार सवारीसाधनतर्फ एक हजार ११५ परिवारको रु एक अर्ब २४ करोड बराबरको क्षति भएको छ । साथै बहूमूल्य, सांस्कृतिक तथा पुरातात्विक वस्तुतर्फ दुई हजार ३३० परिवारको रु पाँच अर्ब दुई लाख बराबरको क्षति भएको छ । बाढीका कारण स्थायी प्रकृतिका (टिकाउ हुने) घरायसी वस्तुमा पनि क्षति पुगेको छ । जसमा तीन हजार १८७ परिवारले रु एक अर्ब ४५ करोड बराबरको सम्पत्ति गुमाएका छन् । साथै अस्थायी प्रकृतिका (टिकाउ नहुने) घरायसी वस्तुमा पनि दुई हजार ७६९ परिवारले रु ६६ करोड ३५ लाख बराबरको क्षति बेहोरेका छन् । आयोगका अनुसार बाढीका कारण कूल छ हजार ८१७ परिवार, ३२ हजार ८७२ जना व्यक्ति, ४९९ प्रतिष्ठान प्रभावित भएका थिए । पूर्ण क्षति भएका आवासीय संरचनाको सङ्ख्या दुई हजार ९८९ छ । प्रभावित घरपरिवारतर्फ धादिङमा ९४८, गोरखामा १०८, नुवाकोटमा तीन हजार ८४१ र सुवामा एक हजार ९२० सङ्ख्या छ । साथै प्रतिष्ठानतर्फ धादिङमा १०४, गोरखामा १५, नुवाकोटमा ३२३ र रसुवामा ५७ वटा प्रभावित भएका छन् । सर्वेक्षणमा अनलाइन एप र ट्याब्लेटसहित कर्मचारी परिचालन गरिएको थियो । जसमा चार जिल्लाका १५ स्थायीय तहमा ५८ टोली र १५६ जनशक्ति परिचालन गरिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

कर्णाली याक्सको ५० रन पूरा
ताजा खबरJust now

कर्णाली याक्सको ५० रन पूरा

काठमाडौँ। जनकपुर बोल्ट्सविरूद्ध कर्णाली याक्सले अर्धशतक बनाएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा याक्सले ९ ओभरमा ३ विकेटमा गुमाउँदै ६२ रन बनाएको हो । ...

रातोपाटी
सप्तकोशी पानीबोट दुर्घटनाको छानबिन गर्न समिति गठन, सात दिनको समय
ताजा खबरJust now

सप्तकोशी पानीबोट दुर्घटनाको छानबिन गर्न समिति गठन, सात दिनको समय

विराटनगर । कोशी प्रदेश सरकारले सप्तकोशी नदीमा भएको यात्रुबाहक पानीबोट दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार दुर्घटनाको सत्यतथ्य अध्ययन गरी प्रतिवेदन बुझाउन समितिलाई सात दिनको समय दिइएको छ। आइतबार दिउँसो धनकुटा, भोजपुर र उदयपुरको संगमस्थल त्रिवेणीस्थित सप्तकोशी ...

केन्द्रबिन्दु
बागमतीका ४ पालिका खोरेतमुक्त घोषणा गरिँदै
ताजा खबरJust now

बागमतीका ४ पालिका खोरेतमुक्त घोषणा गरिँदै

हेटौँडा । बागमती सरकारले प्रदेशका चार स्थानीय तहलाई खोरेतमुक्त पालिका घोषणाको तयारी गरेको छ । सरकारले प्रदेशको ४ वटा स्थानीय तहहरूलाई ५ वर्षभित्र खोरेतमुक्त बनाउने उद्देश्यले कार्यक्रम लागु गरेको हो । प्रदेशको... ...

रातोपाटी
एनपीएलको डेब्युमै १६ वर्षीय राहुलको धमाका, पहिलो बलमै विकेट
ताजा खबरJust now

एनपीएलको डेब्युमै १६ वर्षीय राहुलको धमाका, पहिलो बलमै विकेट

जनकपुर बोल्ट्सले ट्यालेन्ट हन्टबाट आइकनिक प्लेयरका रुपमा लिएका १६ वर्षीय युवा प्रतिभा राहुले यादवले नेपाल प्रिमियर लिगमा प्रभावशाली प्रदर्शन गरेका छन्।  एनपीएलको डेब्यु खेलमा उनले आफ्नो पहिलो बलमै विकेट हात पारेका हुन्।  मंगलबार साँझ भएको खेलमा राहुलले आफ्नो पहिलो बलमै कर्णाली याक्सका दिपक डुम्रेलाई बोल्ड आउट गरे। इनिङ्सको तेस्रो ओभरमा कप्तान हर्मित सिंह... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play