Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सप्तकोशी पानीबोट दुर्घटनाको छानबिन गर्न समिति गठन, सात दिनको समय

सप्तकोशी पानीबोट दुर्घटनाको छानबिन गर्न समिति गठन, सात दिनको समय

Share:WhatsAppFacebookX (Twitter)Telegram
सप्तकोशी पानीबोट दुर्घटनाको छानबिन गर्न समिति गठन, सात दिनको समय

विराटनगर । कोशी प्रदेश सरकारले सप्तकोशी नदीमा भएको यात्रुबाहक पानीबोट दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार दुर्घटनाको सत्यतथ्य अध्ययन गरी प्रतिवेदन बुझाउन समितिलाई सात दिनको समय दिइएको छ। आइतबार दिउँसो धनकुटा, भोजपुर र उदयपुरको संगमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा यात्रुबाहक पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो भने तीन जना बेपत्ता छन्। नदीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायलाई तत्काल अनुरोध गर्ने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री शेर्पाले जानकारी दिए। बैठकले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने र कोशी प्रदेश समन्वयात्मक पर्यटकीय सेवा कक्ष तथा हटलाइन सञ्चालन निर्देशिका, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

एनपीएललाई लिएर उत्साहित नेताहरू
ताजा खबरJust now

एनपीएललाई लिएर उत्साहित नेताहरू

राजनीतिक दलका शीर्ष नेताहरूले कुनै टिमको पक्ष नलिई आठवटै टिमलाई शुभकामना दिएका छन् । नेपाली क्रिकेटको विकास र एनपीएलले सिर्जना गरेको उत्साहप्रति खुसी व्यक्त गरेका छन् । ...

कान्तिपुर
आनी छोइङको नियुक्तिमा सरकारलाई पौडेलको प्रश्न
ताजा खबरJust now

आनी छोइङको नियुक्तिमा सरकारलाई पौडेलको प्रश्न

काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर उठेका प्रश्नको जवाफ दिन सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले आनी छोइङको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेको भन्दै सरकारले स्पष्ट पार्नु पर्ने बताएका हुन्। विवादास्पद नियुक्तिबारे उठेका प्रश्नको जवाफ दिनुको सट्टा प्रश्न गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गरेर तर्साउने काम उचित नभएको उनको भनाइ छ। ...

नेपालन्युज
कमजोरी स्वीकार्छौँ, सच्च्याउँछौँः सभापति थापा
ताजा खबरJust now

कमजोरी स्वीकार्छौँ, सच्च्याउँछौँः सभापति थापा

लेखनाथ समाचारदातालेखनाथ, कात्तिक १० गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतमा भएका कमजोरी स्वीकार्दै नयाँ दिशामा पार्टीलाई लैजाने उल्लेख गर्नुभएको छ । एक सय १३ औँ विपी... ...

गोरखापत्र
तस्बिरमा हेर्नुहाेस् कर्णाली याक्स र जनकपुर बाेल्ट्सबिचकाे खेल
ताजा खबरJust now

तस्बिरमा हेर्नुहाेस् कर्णाली याक्स र जनकपुर बाेल्ट्सबिचकाे खेल

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) काे तेस्राे संस्करणमा जनकपुर बाेल्ट्स र कर्णाली याक्सबिचकाे खेल जारी छ। याक्सले १७‍.९ ओभरमा ७ विकेट गुमाउँदै १०९ रन बनाएर खेलिरहेको छ। त्रिवि क्रिकेट मैदान... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play