Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटनाले केपी ओली स्तब्ध : घाइतेको निःशुल्क उपचार र मृतक परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटनाले केपी ओली स्तब्ध : घाइतेको निःशुल्क उपचार र मृतक परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मकवानपुरको भीमफदी दुर्घटनामा परी १० जनाको ज्यान गएको समाचारले स्तब्ध बनेको बताउनु भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले बिहीवार शोक बक्तब्य जारी गर्दै घटनामा परी घाइते भएका सवैको उपचारको ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण पनि गराउनु भएका हो । काठमाडौंबाट सर्लाहीतर्फ गइरहेको इभी गाडी बिहीवार बिहान भीमफेदीमा दुर्घटना भई १० जनाको मृत्यू भएको थियो । ‘मकवानपुरको भीमफेदीमा भएको दुःखद सवारी दुर्घटनामा परी १० जना नागरिकले अमूल्य ज्यान गुमाउनुपरेको हृदयविदारक घटनाले मलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ । महान् पर्व छठ मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकहरूले अकालमै ज्यान गुमाउनुपरेको यस पिडादायी क्षणमा दिवङ्गत हुनुभएकाहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ शोक बक्तब्यमा ओलीले भन्नुभएको छ । यस्तै उहाँले यस अकल्पनीय विपत्तिबाट शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै दुर्घटनामा परी घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । ‘दुर्घटनामा घाइते भएका सम्पूर्ण नागरिकहरूको निःशुल्क र प्रभावकारी उपचारको प्रबन्ध मिलाउन तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन म सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु,’ एमाले अध्यक्ष ओलीले भन्नुभएको छ । शोक बक्तब्यको पूर्णपाठ मकवानपुरको भीमफेदीमा भएको दुःखद सवारी दुर्घटनामा परी १० जना नागरिकले अमूल्य ज्यान गुमाउनुपरेको हृदयविदारक घटनाले मलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ । महान् पर्व छठ मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकहरूले अकालमै ज्यान गुमाउनुपरेको यस पिडादायी क्षणमा दिवङ्गत हुनुभएकाहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।यस अकल्पनीय विपत्तिबाट शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै दुर्घटनामा परी घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । दुर्घटनामा घाइते भएका सम्पूर्ण नागरिकहरूको निःशुल्क र प्रभावकारी उपचारको प्रबन्ध मिलाउन तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन म सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु । केपी शर्मा ओलीअध्यक्ष, नेकपा एमाले

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लुम्बिनीविरुद्ध कर्णालीलाई छैटौँ झट्का, पवन पनि आउट
PoliticsJust now

लुम्बिनीविरुद्ध कर्णालीलाई छैटौँ झट्का, पवन पनि आउट

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सको ब्याटिङ संकटमा परेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले १३ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर ६६ रन मात्र बनाएको छ । कर्णालीले छैटौँ विकेटका रूपमा पवन सर्राफलाई गुमाएको हो । उनी १२ रन बनाएर आउट भए । उनलाई लुम्बिनीका डार्सी शर्टले बोल्ड गरेका हुन् । यसअघि कर्णालीले सुरुवाती ...

फरकधार
पावरप्लेमै कर्णालीको ब्याटिङ ध्वस्त, कप्तान मिलर पनि आउट
PoliticsJust now

पावरप्लेमै कर्णालीको ब्याटिङ ध्वस्त, कप्तान मिलर पनि आउट

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सको ब्याटिङ सुरुवात निकै खराब भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले सुरुवाती ९ ओभरमै पाँच विकेट गुमाउँदै दबाबपूर्ण अवस्था सामना गरिरहेको छ । कर्णालीले ९ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर ५७ रन बनाएको छ । टोलीले पाँचौँ विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको हो । सोमपालले २८ रन बनाएर ...

फरकधार
छठ मनाउन कांग्रेस सभापति गगन सर्लाही–४ जाने
PoliticsJust now

छठ मनाउन कांग्रेस सभापति गगन सर्लाही–४ जाने

काठमाण्डु – छठ मनाउनका लागि गगन थापा पनि सर्लाही जाने भएका छन् । उनको सचिवालयका अनुसार उनी श्रीमती र परिवारसँगै सर्लाही जाने या नजाने भन्ने विषयको टुंगो लागेको छैन । तर गगन भने जाने निदो भएको हो । गगनका लागि आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पूजाआजाको तयारी भइरहेको छ । उनी आईतबार जाने कार्यक्रम रहेको […] ...

काठमाण्डुपाटी
इन्गेजमेन्टलगत्तै अनु-अब्दुल्लाहबीच विवाद, अर्की युवतीको इन्ट्रीपछि सम्बन्धमा ट्वीस्ट
PoliticsJust now

इन्गेजमेन्टलगत्तै अनु-अब्दुल्लाहबीच विवाद, अर्की युवतीको इन्ट्रीपछि सम्बन्धमा ट्वीस्ट

सामाजिक सञ्जाल टिकटकबाट चर्चामा आएकी अनु परियार र पाकिस्तानी युवक अब्दुल्लाहको सम्बन्ध इन्गेजमेन्टलगत्तै विवादमा परेको छ । अब्दुल्लाहको दुबईमा अर्की नेपाली युवतीसँग पनि प्रेमसम्बन्ध रहेको दाबी सार्वजनिक भएपछि उनीहरूको सम्बन्धमा नयाँ मोड आएको हो । अनु र अब्दुल्लाहले हालै इन्गेजमेन्ट गरेका थिए । तर इन्गेजमेन्ट सार्वजनिक भएको केही घण्टामै दुबईमा बस्ने एक युवतीले अब्दुल्लाह आफ्नो प्रेमी भएको दाबी गरेपछि सामाजिक सञ्जालमा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play