Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै, गंगासागरमा तयारी अन्तिम चरणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै, गंगासागरमा तयारी अन्तिम चरणमा
Photo / Coverage: पर्दाफास

छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रमा पोखरी, तालतलैया तथा नदी किनारका घाटहरू सिँगार्न थालिएको छ । छठ पर्वको मुख्य केन्द्र मानिने जनकपुरधामका विभिन्न पोखरीमा सरसफाइ, सजावट तथा व्यवस्थापनका काम तीव्र पारिएको हो । जनकपुरधामस्थित गंगासागर पोखरीमा पनि छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । गंगासागरको धार्मिक तथा पर्यटकीय महत्वलाई ध्यानमा राख्दै छठ पूजा तयारी समिति र स्थानीय युवाहरू करिब १० दिनदेखि व्यवस्थापनमा जुटेका छन् । गंगासागर धर्मशाला भगवान् शिव मन्दिर सेवा समितिका प्रतिनिधिका अनुसार पोखरी परिसरलाई आकर्षक बनाउन सरसफाइसँगै रङरोगनको काम भइरहेको छ । पूर्वज तथा गुठी संस्थानले निर्माण गरेको धर्मशाला भवनको गरिमा बढाउने र पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले परिसरलाई थप सिँगारिएको उहाँले बताए। त्यस्तै, गंगासागर छठ पूजा समितिले विगत ३३ वर्षदेखि छठ पर्वको व्यवस्थापन गर्दै आएको छ । समितिका अनुसार यस वर्ष पनि भक्तजनको सुविधालाई ध्यानमा राख्दै पाल, पण्डाल, बिजुली बत्ती तथा सांस्कृतिक बाजागाजासहित पूजाको व्यवस्था मिलाइएको छ । समितिले यस वर्षको तयारी लगभग पूरा भएको र छठ पर्वलाई भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न स्वयंसेवकहरू परिचालन गरिने जनाएको छ । यसैबीच, समितिका अनुसार यस वर्ष प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि जनकपुरधाममा छठ पूजा गर्न जान सक्ने चर्चा रहेको छ । उनीहरूको स्वागतका लागि समितिले गंगासागरस्थित छठ पूजा, सूर्य तथा छठीमाई मन्दिरको अगाडि पूजा गर्ने स्थानको व्यवस्थासमेत गरेको छ । समितिले प्रधानमन्त्री शाह र सभापति लामिछानेलाई जनकपुरधाम आएर छठ पूजा गर्न निमन्त्रणा पनि दिएको छ । जनकपुरधामका पोखरी तथा घाटहरूमा छठ पूजाका लागि भइरहेको तयारीले सहरको धार्मिक रौनक बढाएको छ । नेपालको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइने छठमा सूर्यदेव र छठी माताको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने परम्परा छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ पर्वलाई लक्षित गर्दै धनुषामा सुरक्षा कडा, भीआईपीको आगमनले सर्वसाधारणको पूजामा असर नपर्ने
OthersJust now

छठ पर्वलाई लक्षित गर्दै धनुषामा सुरक्षा कडा, भीआईपीको आगमनले सर्वसाधारणको पूजामा असर नपर्ने

दीपावली तथा तिहार पर्व सकिएसँगै मिथिलाञ्चलसहित देशभर छठ पर्वको तयारी तीव्र पारिएको छ । छठ पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभर सुरक्षा व्यवस्था कडा बनाएको छ । बिहीबार जनकपुरधाममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले छठ पर्वका अवसरमा नदी, पोखरी तथा घाटहरूमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा परिचालन ...

पर्दाफास
भीमफेदी दुर्घटनाका थप तीन मृतकको पहिचान खुल्यो
OthersJust now

भीमफेदी दुर्घटनाका थप तीन मृतकको पहिचान खुल्यो

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा आज बिहान भएको ईभी गाडी दुर्घटनाका थप तीन जना मृतकको पहिचान भएको छ । दुर्घटना स्थलमा खोजी गर्दा सर्लाहीको शुक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका ३५ वर्षीय राकेश यादव, २८ वर्षीय छोटु राय र अन्दाजी १७ वर्षका सुधेश यादव मृत भेटिएको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।… ...

अनलाइन खबर
छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको सन्देश दिन्छ : मनिष झा
OthersJust now

छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको सन्देश दिन्छ : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको पाँच वटा महत्वपुर्ण सन्देश दिने बताएका छन् । छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। छठ पर्वले पर्यावरण संरक्षण, कृषि उत्पादनको प्रवर्द्धन, सामाजिक समानता, अनुशासन र पारिवारिक एकताको सन्देश दिने उनले बताए । उनका अनुसार छठ पर्वको पहिलो सन्देश पर्यावरण संरक्षण हो । पर्वका क्रममा पोखरी, जलाशय ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play