Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको सन्देश दिन्छ : मनिष झा

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको सन्देश दिन्छ : मनिष झा
Photo / Coverage: पर्दाफास

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको पाँच वटा महत्वपुर्ण सन्देश दिने बताएका छन् । छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। छठ पर्वले पर्यावरण संरक्षण, कृषि उत्पादनको प्रवर्द्धन, सामाजिक समानता, अनुशासन र पारिवारिक एकताको सन्देश दिने उनले बताए । उनका अनुसार छठ पर्वको पहिलो सन्देश पर्यावरण संरक्षण हो । पर्वका क्रममा पोखरी, जलाशय तथा पानीका स्रोतहरू सफा गर्ने परम्पराले वातावरण संरक्षणमा योगदान गर्ने उनको भनाई छ । दोस्रो पक्ष कृषि उत्पादनको प्रवर्द्धन रहेको उनले बताए । छठमा पूजाका सामग्री तथा प्रसादका रूपमा कृषि उपजको प्रयोग हुने भएकाले यसले कृषि उत्पादनको महत्व बढाउने उनको भनाई छ । त्यस्तै, छठ पर्वले सामाजिक समानताको सन्देश दिने उनले बताए । उनले जात, समुदाय र आर्थिक अवस्थाका आधारमा भेदभाव नगरी सबै मानिस एउटै पोखरीमा समान रूपमा उभिएर पूजा गर्ने परम्परा यस पर्वको विशेषता रहेको उल्लेख गरे। छठ पर्वको अर्को महत्वपूर्ण पाटो अनुशासन सिकाउनु रहेको उनको भनाई छ । पाँच दिनसम्म व्रतालुहरूले निश्चित विधि र अनुशासन पालना गर्दै छठ पर्व मनाउने परम्परा रहेको उनले बताए । छठ पर्वले पारिवारिक तथा सामाजिक सम्बन्धलाई समेत नजिक ल्याउने उनले बताए । देश तथा विदेशमा रहेका मानिसहरू छठ मनाउन आफ्नो घर फर्किने भएकाले यसले पारिवारिक एकता र आत्मीयता बढाउने उनको भनाई छ । पहिले मुख्यतः मधेस क्षेत्रमा मनाइने छठ पर्व अहिले काठमाडौँ, पोखरा, बुटवल र धरानलगायतका सहरमा समेत विस्तार भएको उनले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन
OthersJust now

भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा आज बिहान भएको यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय ...

पर्दाफास
जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने रवि लामिछानेको तयारी
OthersJust now

जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने रवि लामिछानेको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यस वर्षको छठ पर्व जनकपुरधाममा सर्वसाधारण नागरिकको घरमा बसेर मनाउने तयारी गरेका छन्। पार्टीसँग आबद्ध नभएका स्थानीय नागरिकको घरमा परिवारसहित बसेर छठका धार्मिक विधिमा सहभागी हुने व्यवस्था मिलाउन उनले आग्रह गरेका हुन्। रास्वपाका नेता तथा प्रतिनिधि सभा सदस्य मनिष झाले बिहीबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले छठ पर्वका सम्पूर्ण विधिमा सहभागी हुने गरी ...

पर्दाफास
एनपीएल : कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य
OthersJust now

एनपीएल : कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजकाे दाेस्राे खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १०६ रनकाे लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राेजेकाे कर्णाली १०५ रनमा अलआउट भयाे। जसमा साेमपाल कामीले २८, हुसैन तलतले २४ रन बनाए। लुम्बिनीका कप्तान साेमपाल कामी,अभिषेश गाैतम,किशाेर महताेले र डीआरसी सर्टले २/२ विकेट लिए। ५ खेलबाट ७ अंक बटुलेर अंकतालिकामा तेस्रो स्थानमा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play