Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन
Photo / Coverage: पर्दाफास

मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा आज बिहान भएको यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशंकर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य छन् । प्रजिअ अधिकारीका अनुसार समितिले सवारी साधनको क्षमताभन्दा बढी यात्रु राखिएको वा नराखिएको, रुट इजाजत, चालकको अवस्था तथा सडकको भौतिक अवस्थाबारे छानबिन गर्नेछ । आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायले अपनाउनुपर्ने उपाय प्रतिवेदनमा समेटिनेछ । भीमफेदी-देउराली सडक खण्डमा पछिल्लो १३ महिनामा तीनवटा ठूला दुर्घटना भएको उल्लेख गर्दै उनले सडक सुरक्षामा तत्काल सुधार आवश्यक रहेको बताए । सवारीसाधनमा लागू गरिएको ‘टाइम कार्ड’ मात्रै दुर्घटना रोक्ने पर्याप्त उपाय नभएको उनले बताए । आज बिहान काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको इभी सडकबाट करिब ५०० मिटर तल खस्दा दुर्घटना भएको थियो । प्रहरीका अनुसार, दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शोकाकुल सुन्दरपुर
OthersJust now

शोकाकुल सुन्दरपुर

मकवानपुरको भीमफेदीमा भएको दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ को एउटै टोल सुन्दरपुर १३ जना र चालकसहित १४ जनाको मृत्यु भयो । उनीहरू काठमाडौंमा गर्थे तरकारी र फलफूलको व्यापार ...

अनलाइन खबर
उद्योगमन्त्री र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच शिष्टाचार भेट
OthersJust now

उद्योगमन्त्री र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच शिष्टाचार भेट

भारतको विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलनमा सहभागी हुन पुगेका मन्त्री यादवले बिहीबार मुख्यमन्त्री नायडुसँग भेट गरेका हुन् । ...

अनलाइन खबर
यूएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह
OthersJust now

यूएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह

द्विपक्षीय भेटमा नेपाल-यूएई द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा रहेका लगानीका अवसरका विविध पक्षमा छलफल भएको थियो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play