Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

ज्यालावृद्धि अनिश्चित भएपछि बङ्गलादेशमा पुनः हड्तालमा उत्रिए कारखाना मजदुर

Share:WhatsAppFacebookX (Twitter)Telegram
ज्यालावृद्धि अनिश्चित भएपछि बङ्गलादेशमा पुनः हड्तालमा उत्रिए कारखाना मजदुर
Photo / Coverage: विश्वखबर

काठमाडौं– बङ्गलादेशका दर्जनौं पोशाक कारखाना बिहीबार बन्द भएका छन् । मजदुरहरूले उच्च ज्यालाको माग गर्दै हडतालको आयोजना गरेपछि धेरैजसो कारखानाले उत्पादनलाई निरन्तरता दिन नसकेको बताएका छन् । यसले मालिकहरूलाई हडतालमा रहेकाहरूको ज्याला रोक्ने सोच बनाउन बाध्य तुल्याएको छ । अक्टोबरमा सुरु भएको यो अशान्तिले वार्षिक करिब ३८ अर्ब डलर कमाउने उद्योगलाई अवरोध पु¥याउने खतरा छ । यो उद्योग क्षेत्रले देशको निर्यात आम्दानीको पाँच भागको चार भाग र चार करोडभन्दा बढी मजदुरलाई रोजगारी दिन्छ । बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बीजीएमईए) ले मजदूरसँग ज्यालाबारे वार्ता जारी रहँदा शान्त रहन आग्रह गरेको छ । कुल १७ करोड जनसङ्ख्या भएको यो दक्षिण एसियाली राष्ट्र चीनपछि विश्वको दोस्रो ठूलो पोशाक निर्यातकर्ता हो र प्रमुख अन्तर्राष्ट्रिय फेसन ब्रान्डहरूलाई आपूर्ति गर्छ । बिहीबार गाजीपुर, आशुलिया र साभरका मुख्य औद्योगिक क्षेत्रका मजदुरहरू कारखाना गए तर काम गर्न अस्वीकार गरे र सडकमा प्रदर्शनका लागि निस्कने प्रयास गरे तर जहाँ प्रहरीले उनीहरूलाई रोके । ‘यी अवरोधहरूले सबैलाई हानि पु¥याउँछ। व्यवसायले पैसा गुमाउँछ, मजदुरले काम गर्ने दिन गुमाउँछ, अर्थतन्त्रमा असर पर्छ र खरिदकर्ताहरूले बङ्गलादेशलाई स्रोत गन्तव्यका रूपमा प्रश्न गर्न थाल्छन्’, डेनिम एक्सपर्ट लिमिटेडका अतिरिक्त प्रबन्ध निर्देशक तथा बीजीएमईएका पूर्व निर्देशक मोहिउद्दिन रुबेलले भने, ‘त्यो क्षतिपूर्ति गर्न गाह्रो हुन्छ ।’ बङ्गलादेशको पोशाक ज्याला बोर्डले नोभेम्बर ४ मा प्रमुख क्षेत्रमा न्यूनतम ज्याला बढाउन सहमति जनाएको थियो । त्यसपछि कारखानाहरू पुनः सञ्चालनमा आएका थिए । तर नयाँ ज्यालादर डिसेम्बरसम्म घोषणा हुनेछैन र जनवरीबाट लागू हुनेछ, जसले मजदुरहरूलाई आफ्नो तलब कति बढ्ने हो भन्ने अनिश्चिततामा राखेको छ ।मजदुरहरूले मासिक न्यूनतम ज्याला ३० हजार टाका (२४० डलर) को माग गरेका छन्, जुन हालको १२ हजार ५०० टाकाबाट १४० प्रतिशतको वृद्धि हो । बुधबारदेखि विरोध पुनः सुरु भएको थियो । बीजीएमईए स्रोतहरूका अनुसार एक सयभन्दा बढी पोशाक कारखाना विद्यार्थी नेतृत्वको आन्दोलन उत्कर्षमा पुगी १५ वर्षसम्म सत्ता सम्हालेकी शेख हसिना भारत पलायन भएसँगै नयाँ सरकार गठन भएपछि बन्द भएका छन् । बीजीएमईएले बङ्गलादेशमा चार हजार ५०० भन्दा बढी सदस्य कारखाना रहेको बताएको छ। ‘हामी बिहान कारखाना गयौं, हाजिर गर्यौं र घर फर्कियौं’, खनाम नामकी तयारी पोशाकका क्षेत्रमा काम गर्ने मजदुरले भनिन्, ‘मलाई लाग्दैन प्रदर्शनहरू चाँडै शान्त हुनेछन् । ज्याला बोर्डले संशोधित र स्वीकार्य ज्याला नल्याएसम्म यो जारी रहनेछ ।’ बुधबार आपत्कालीन बैठक गरेका बीजीएमईए अधिकारीहरूले कारखाना मालिकहरूले ‘काम नगरे ज्याला नदिने’ नीति अपनाउने सोच बनाइरहेको बताए । ‘ज्याला बोर्डमा वार्ता र कारखानामा अशान्ति एकै समयमा चल्न सक्दैन’, प्रोथोम आलो पत्रिकाले बीजीएमईए अध्यक्ष महमुदुल हसानलाई उद्धृत गरी लेखेको छ । -एजेन्सी/फाइल तस्विर

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी दुर्घटनाले सुन्दरपुर शोकमा, एउटै परिवारका ६ जनाको मृत्यु
Latest NewsJust now

भीमफेदी दुर्घटनाले सुन्दरपुर शोकमा, एउटै परिवारका ६ जनाको मृत्यु

• छठ पर्व मनाउन घर फर्कंदै गरेका यात्रुहरूको गाडी भीमफेदीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ, जसमा १३ जना सुन्दरपुरका छन्। • दुर्घटनाले सुन्दरपुर गाउँमा शोकको माहोल सिर्जना गरेको छ, जहाँ परिवारका सदस्य र आफन्तहरू गुमाएका छन्। • मृतकका परिवारमा ठूलो विपत्ति परेको छ, विशेष गरी निर्मला देवीको परिवारमा ६ जनाले ज्यान गुमाएका छन्। ...

नेपालबहस
एलिस हुआङ को हुन्, जससँग जोडिएको विवादपछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा?
Latest NewsJust now

एलिस हुआङ को हुन्, जससँग जोडिएको विवादपछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा?

काठमाडौं / एजेन्सी। विश्वप्रसिद्ध प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले पदबाट राजीनामा दिएका छन्। कम्पनीले बिहीबार उनको राजीनामा स्वीकृत गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले पुष्टि गरेका छन् । हुआङको राजीनामासँगै एनभिडियाको प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिइएको छ। कम्पनीले स्थायी उत्तराधिकारी चयनका लागि प्रक्रिया अघि बढाउने जनाएको छ। ६३ वर्षीय हुआङ एनभिडियाका सहसंस्थापकसमेत हुन्। उनको ...

टक्सार
न्यूयोर्कमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, मेयर ममदानीले के भने ?
Latest NewsJust now

न्यूयोर्कमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, मेयर ममदानीले के भने ?

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पिडारीचोकबाट रत्नसागरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै... ...

रातोपाटी
आखिर कहाँ छन् इमरान खान ?
Latest NewsJust now

आखिर कहाँ छन् इमरान खान ?

काठमाडौँ । इमरान खान आज बाह्य संसारभन्दा निकै पर छन् । उनी जेलको कालकोठरी जीवन बिताउन बाध्य छन् । कुनै बेला विश्वले हिरोको तक्मा दिएको व्यक्तित्व हुन् इमरान खान ।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play