Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकामा पनि तयारी सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकामा पनि तयारी सुरु
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकामा पनि तयारी थालिएको छ । गौरीघाट, विष्णुमति, कुपण्डोललगायत काठमाडौँका बिभिन्न स्थानमा पूजा स्थलको निर्माण सुरु गरिएको हो । छठ पर्वका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ । चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा व्रतालु नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यको उपासना गर्छन् । सबैभन्दा बढी भक्तजन पुग्ने गौरीघाटमा एकैसाथ ५ सय बढी व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ । घाटमा पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने, नदी किनार सरसफाइ गर्ने तथा आवश्यक पूर्वाधार तयार पार्ने कार्यलाई तीव्रता दिइएको छ । यस वर्षको छठ पर्वअन्तर्गत कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिदैछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुनेछ । विशेषगरी तराई–मधेशमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा पनि मनाइने गरिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लुम्बिनीले गुमायाे पाँचाैँ विकेट
Latest NewsJust now

लुम्बिनीले गुमायाे पाँचाैँ विकेट

काठमाडाैँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा लुम्बिनी लायन्सले पाँचाैँ विकेट गुमाएकाे छ। लुम्बिनीका डार्सी सर्ट ३४ बलमा ४६ रन बनाएर आउट भएका छन् ।लुम्बिनीले १३.३ ओभरकाे... ...

रातोपाटी
ज्यालावृद्धि अनिश्चित भएपछि बङ्गलादेशमा पुनः हड्तालमा उत्रिए कारखाना मजदुर
Latest NewsJust now

ज्यालावृद्धि अनिश्चित भएपछि बङ्गलादेशमा पुनः हड्तालमा उत्रिए कारखाना मजदुर

काठमाडौं– बङ्गलादेशका दर्जनौं पोशाक कारखाना बिहीबार बन्द भएका छन् । मजदुरहरूले उच्च ज्यालाको माग गर्दै हडतालको आयोजना गरेपछि धेरैजसो कारखानाले उत्पादनलाई निरन्तरता दिन नसकेको बताएका छन् । यसले मालिकहरूलाई हडतालमा रहेकाहरूको ज्याला रोक्ने सोच बनाउन बाध्य तुल्याएको छ । अक्टोबरमा सुरु भएको यो अशान्तिले वार्षिक करिब ३८ अर्ब डलर कमाउने उद्योगलाई अवरोध पु¥याउने खतरा छ । यो उद्योग क्षेत्रले देशको निर्यात ...

विश्वखबर
ट्रम्पद्वारा रसिया र युरोपबीचमा गर्न लागेको ठूलो सम्झौताको इयुले गर्यो अस्वीकार
Latest NewsJust now

ट्रम्पद्वारा रसिया र युरोपबीचमा गर्न लागेको ठूलो सम्झौताको इयुले गर्यो अस्वीकार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग युक्रेनबाहेक सम्पूर्ण युरोपलाई समेट्ने गरी व्यापक सुरक्षा सम्झौता हुनसक्ने संकेत गरेपछि युरोपेली नेताहरूले त्यसको कडा प्रतिवाद गरेका छन् । युरोपेली देशहरूलाई सहभागी नगराई महाद्वीपको सुरक्षा संरचना पुनर्परिभाषित गर्ने अमेरिका र रुसको कुनै पनि प्रयासलाई अस्वीकार गर्ने युरोपेली संघ र उसका सहयोगी राष्ट्रहरूले स्पष्ट पारेका छन् । राष्ट्रपति ट्रम्पले मस्कोसँग युक्रेन मात्र नभई ‘सम्पूर्ण युरोप’ ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play