Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

छठ पर्वलाई लक्षित गर्दै धनुषामा सुरक्षा कडा, भीआईपीको आगमनले सर्वसाधारणको पूजामा असर नपर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पर्वलाई लक्षित गर्दै धनुषामा सुरक्षा कडा, भीआईपीको आगमनले सर्वसाधारणको पूजामा असर नपर्ने
Photo / Coverage: पर्दाफास

दीपावली तथा तिहार पर्व सकिएसँगै मिथिलाञ्चलसहित देशभर छठ पर्वको तयारी तीव्र पारिएको छ । छठ पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभर सुरक्षा व्यवस्था कडा बनाएको छ । बिहीबार जनकपुरधाममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले छठ पर्वका अवसरमा नदी, पोखरी तथा घाटहरूमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा परिचालन गरिएको जानकारी दिए । उनका अनुसार जनकपुरधामका विभिन्न पोखरी, नदी किनार तथा छठ घाटमा सरसफाइ र व्यवस्थापनका काम भइरहेका छन् । सुरक्षा समितिले एकीकृत जिल्ला सुरक्षा योजनाअन्तर्गत सुरक्षा व्यवस्था मिलाएको छ । छठ पूजा समितिहरूसँग पनि निरन्तर समन्वय र छलफल भइरहेको उनले बताए । प्रमुख जिल्ला अधिकारी लुइँटेलले धार्मिक सहिष्णुता, सद्भाव, सामाजिक एकता र भाइचारालाई कायम राख्दै छठ पर्व शान्तिपूर्ण रूपमा मनाउन सबै धर्मावलम्बी तथा श्रद्धालु भक्तजनलाई आग्रह गरे । यसैबीच, जनकपुरधाममा छठ पूजामा विशिष्ट तथा अति विशिष्ट व्यक्तित्वहरूको सहभागिता हुनसक्ने सूचनालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले छुट्टै सुरक्षा व्यवस्थापनको तयारी गरेको छ । उनका अनुसार विभिन्न राजनीतिक दल तथा सञ्चारमाध्यमबाट विशिष्ट व्यक्तित्वहरूको आगमनबारे जानकारी प्राप्त भएको छ । उनीहरूको आगमनको मिति र सहभागी हुने व्यक्तिहरू निश्चित भएपछि थप सुरक्षा तथा व्यवस्थापकीय प्रबन्ध मिलाइनेछ । उनले भने, ‘दीपावली तथा तिहारलगत्तै मनाइने मिथिलाञ्चलसहित नेपालकै महत्वपूर्ण पर्व छठको तयारी जनकपुरधाममा तीव्र रूपमा भइरहेको छ । विभिन्न पोखरी, नदी किनार तथा छठ घाटहरूको सरसफाइ र व्यवस्थापन कार्य जारी छ । जिल्ला सुरक्षा समितिले एकीकृत जिल्ला सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा परिचालन गरी जिल्लाभर शान्ति सुरक्षाको व्यवस्था मिलाएको छ । साथै, छठ पूजा समितिहरूसँग निरन्तर समन्वय र छलफल भइरहेको छ । सम्पूर्ण श्रद्धालु भक्तजनलाई धार्मिक सहिष्णुता, सद्भाव, सामाजिक एकता र भाइचाराका साथ छठ पर्व शान्तिपूर्ण रूपमा मनाउन आग्रह गर्दछु । जनकपुरधाममा विशिष्ट तथा अति विशिष्ट व्यक्तित्वहरूको सम्भावित आगमनलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार गरिएको छ । उहाँहरूको आगमन र सहभागिता निश्चित भएपछि थप व्यवस्थापन गरिनेछ। विशिष्ट व्यक्तिहरूको आगमनले सर्वसाधारण श्रद्धालु भक्तजनको पूजाआजा र दर्शनमा कुनै असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ ।’ प्रमुख जिल्ला अधिकारी लुइँटेलले विशिष्ट व्यक्तित्वहरूको आगमनका कारण सर्वसाधारण श्रद्धालुको नियमित पूजाआजामा कुनै असर नपर्ने स्पष्ट पारे । आम नागरिकले विगतदेखि मनाउँदै आएको आस्था र परम्पराअनुसार छठ पूजा गर्न पाउने गरी व्यवस्थापन गरिने उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन
OthersJust now

भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा आज बिहान भएको यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय ...

पर्दाफास
यूएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह
OthersJust now

यूएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह

द्विपक्षीय भेटमा नेपाल-यूएई द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा रहेका लगानीका अवसरका विविध पक्षमा छलफल भएको थियो । ...

अनलाइन खबर
जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने रवि लामिछानेको तयारी
OthersJust now

जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने रवि लामिछानेको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यस वर्षको छठ पर्व जनकपुरधाममा सर्वसाधारण नागरिकको घरमा बसेर मनाउने तयारी गरेका छन्। पार्टीसँग आबद्ध नभएका स्थानीय नागरिकको घरमा परिवारसहित बसेर छठका धार्मिक विधिमा सहभागी हुने व्यवस्था मिलाउन उनले आग्रह गरेका हुन्। रास्वपाका नेता तथा प्रतिनिधि सभा सदस्य मनिष झाले बिहीबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले छठ पर्वका सम्पूर्ण विधिमा सहभागी हुने गरी ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play