काठमाडाैं । रुपन्देहीका विभिन्न स्थानहरूमा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने गरी देउसी भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गर्ने थप ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले आज सिद्धार्थनगर नगरपालिका वडा नं. ७ कान्छीबजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा जिल्ला सल्यान कपुरकोट गाउँपालिका वडा नं. ४ बस्ने २२ वर्षीया पुजा ठकुरी, जिल्ला दाङ गढवा गाउँपालिका वडा नं. ७ बस्ने २३ की सपना चौधरी र जिल्ला गुल्मी सत्यवति गाउँपालिका वडा नं. ६ बस्ने २४ की बिपना मगर रहेका छन्। सार्वजनिक हित र नैतिकता विरुद्धको कसूरमा उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
सार्वजनिक स्थानमा अश्लील नृत्य गर्ने थप ३ जना नियन्त्रणमा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






