काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश सिंहले न्यायालयले समेत न्याय माग्नुपर्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताएका छन् । उनले विगतका राजनीतिक घटनाक्रमबाट पाठ सिक्दै वर्तमान सरकारलाई पाँच वर्षको कार्यकाल पूरा गर्न दिनुपर्ने धारणा राखेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले बीपी कोइरालाको नेतृत्वमा २०१५ सालमा बनेको सरकार र २०७४ सालमा बनेको झन्डै दुई तिहाइ बहुमतको नेकपा सरकारको उदाहरण दिएका छन् । इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले बालेन शाह नेतृत्वको रास्वपा सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्नुपर्नेमा जोड दिएका छन् । साथै, कसैको उक्साहटमा नेपालको आन्तरिक राष्ट्रियता कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने भन्दै उनले देशको माटो र जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन् ।
‘लोकतन्त्रका लागि न्यायालयले नै न्याय माग्नुपर्ने अवस्था चिन्ताजनक’ -डा. अमरेश सिंह

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






