नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (एनआईसीसीआई) का अध्यक्ष कुणाल कायलसँग भेटवार्ता गरेका छन् । भारतीय दूतावासमा आज भएको भेटमा नेपाल–भारतबीच व्यापार, आर्थिक तथा लगानी सम्बन्ध विस्तारमा एनआईसीसीआईले पुर्याउँदै आएको योगदानबारे छलफल भएको छ । विगत तीन दशकदेखि एनआईसीसीआईले विभिन्न क्षेत्रमा नेपाल र भारतबीचको व्यापारिक, आर्थिक तथा लगानी सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । भेटका क्रममा राजदूत दलेलाले एनआईसीसीआईले गर्दै आएका काम तथा प्राथमिकताप्रति प्रशंसा व्यक्त गरेका छन् । साथै, नेपाल र भारतबीचको व्यापार तथा आर्थिक साझेदारीलाई थप अघि बढाउन एनआईसीसीआई र नेपाली व्यावसायिक समुदायसँग निकट रहेर सहकार्य गर्न भारत तयार रहेको बताएका छन् ।
भारतीय राजदूत दलेला र नेपाल–भारत चेम्बर अफ कमर्सका अध्यक्ष कायलबीच भेटवार्ता

Read Complete Original Article
Published originally on पर्दाफास






