Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान
Photo / Coverage: पर्दाफास

गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलन (वर्ल्ड पुलिस समिट) मा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी शुक्रबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यासबारे छलफल र अनुभव आदानप्रदान हुने कार्यक्रम छ । सम्मेलनमा उच्चस्तरीय नीतिगत छलफल, विषयगत तथा प्राविधिक सत्र, राउन्डटेबल बैठक, कार्यशाला, तालिम, अन्तर्राष्ट्रिय प्रदर्शनी तथा विश्व प्रहरी पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना हुनेछन् । यस संस्करणको सम्मेलनमा रक्षा तथा संकट प्रतिकार्य, रोबोट र ड्रोन प्रविधि, कृत्रिम बुद्धिमत्तामा आधारित प्रहरी सेवा, डिजिटल रूपान्तरण, साइबर आक्रमण तथा डिजिटल ठगी नियन्त्रण, क्रिप्टो कारोबार र वित्तीय अपराध नियन्त्रणलगायत १४ वटा विषयगत क्षेत्र समेटिएका छन् । त्यस्तै, अपराध अनुसन्धान, गुप्तचर सूचना, आधुनिक फरेन्सिक प्रविधि, लागुऔषध तथा संगठित अपराध नियन्त्रण, सीमा सुरक्षा, स्मार्ट सुरक्षा प्रणाली र भू–उपग्रह सूचना तथा अन्तरिक्ष सुरक्षाका विषयमा समेत छलफल हुनेछ । सम्मेलनका क्रममा गृहमन्त्री गुरुङले यूएईसहित विभिन्न मुलुकका आन्तरिक मामिलासम्बन्धी मन्त्री तथा सुरक्षा प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तामा सुरक्षा क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदान, मानव बेचबिखन तथा मानव तस्करी, साइबर अपराध, लागुऔषध र सीमापार संगठित अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल हुने जनाइएको छ। त्यसैगरी नेपाल प्रहरीको आधुनिकीकरण, प्रविधि हस्तान्तरण तथा विशेषज्ञ तालिमका लागि सम्भावित साझेदार संस्थाको पहिचान गर्ने अवसरसमेत प्राप्त हुने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ सम्मेलनमा नेपालबाट पुगे ५ मन्त्री
OthersJust now

कोप–३१ सम्मेलनमा नेपालबाट पुगे ५ मन्त्री

सरकारले परराष्ट्रमन्त्री शिशिर खनाल र पर्यावरणमन्त्री गीता चौधरीलाई मुख्य कार्यक्रमको नेतृत्व गर्ने गरी तोकेर नै पठाएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, स्वास्थ्य मन्त्री निशा मेहता र शिक्षामन्त्री सस्मित पोखरेल साइडलाइनका कार्यक्रममा गएका हुन् । ...

अनलाइन खबर
बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीलाई तोकियो नयाँ समय
OthersJust now

बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीलाई तोकियो नयाँ समय

२७ कात्तिक, काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनका लागि नयाँ समयसीमा निर्धारण भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले एक विज्ञप्ति जारी गर्दै नयाँ समयसीमाबारे जानकारी गराएका हुन् । जिल्ला सुरक्षा समिति काठमाडौँको निर्णयअनुसार अब उक्त रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्ममा… ...

अनलाइन खबर
देशभर छठ पर्वको तयारी पूरा, आज नहाय–खाय भोलि खरना
OthersJust now

देशभर छठ पर्वको तयारी पूरा, आज नहाय–खाय भोलि खरना

छठ पर्व मनाउन देशभरका विभिन्न नदी, पोखरी तथा जलाशयका घाटहरूमा तयारी पूरा भएको छ । चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि गरेर पर्वको सुरुवात गर्दैछन् । छठ पर्वका लागि घाटहरूको सरसफाइ, सजावट तथा पूजाका आवश्यक सामग्रीको व्यवस्थापन गरिएको छ । मिथिला तथा तराई क्षेत्रमा विशेष महत्त्वका साथ मनाइने छठ पछिल्लो समय देशका विभिन्न भागमा विस्तार हुँदै ...

पर्दाफास
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ युएई प्रस्थान गर्दै
OthersJust now

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ युएई प्रस्थान गर्दै

गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई) जाने भएका छन् । गृहमन्त्री गुरुङ युएईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । गृहमन्त्री गुरुङ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए । उनका अनुसार गृहमन्त्री गुरुङ मंसिर २ गते स्वदेश फर्किनेछन् । ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play