Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

देशभर छठ पर्वको तयारी पूरा, आज नहाय–खाय भोलि खरना

Share:WhatsAppFacebookX (Twitter)Telegram
देशभर छठ पर्वको तयारी पूरा, आज नहाय–खाय भोलि खरना
Photo / Coverage: पर्दाफास

छठ पर्व मनाउन देशभरका विभिन्न नदी, पोखरी तथा जलाशयका घाटहरूमा तयारी पूरा भएको छ । चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि गरेर पर्वको सुरुवात गर्दैछन् । छठ पर्वका लागि घाटहरूको सरसफाइ, सजावट तथा पूजाका आवश्यक सामग्रीको व्यवस्थापन गरिएको छ । मिथिला तथा तराई क्षेत्रमा विशेष महत्त्वका साथ मनाइने छठ पछिल्लो समय देशका विभिन्न भागमा विस्तार हुँदै गएको छ । काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली जिल्लाहरूमा समेत छठ मनाउने क्रम बढेको छ । आफ्नो जन्मथलोबाट टाढा रहेर विभिन्न सहरमा बसोबास गर्दै आएका मधेसी समुदायका व्यक्तिहरूले पनि स्थानीय नदी, पोखरी तथा जलाशयका किनारमा छठ मनाउने तयारी गरेका छन् । छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले नदी, पोखरी तथा अन्य जलाशयमा स्नान गरी व्रतको सङ्कल्प गर्नेछन् । त्यसपछि चोखोनीतो भोजन ग्रहण गर्ने परम्परा छ । यस विधिलाई ‘नहाय–खाय’ भनिन्छ । छठ पर्वमा शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने भएकाले पहिलो दिनदेखि नै व्रतालुहरूले खानपान, सरसफाइ र पूजाको तयारीमा विशेष ध्यान दिने गर्छन् । छठको दोस्रो दिन भोलि ‘खरना’ विधि गरिन्छ । यस दिन व्रतालुहरू दिनभरि निराहार व्रत बस्छन् । साँझपख सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठी मातालाई चढाएर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ । खरना विधि सम्पन्न गरेपछि व्रतालुहरूले अन्न र पानीसमेत नखाई निराहार तथा निर्जला व्रत सुरु गर्छन् । पर्वको तेस्रो दिन व्रतालुहरू पूजाका सामग्रीले सजाइएको डाली तथा सुप लिएर नजिकका नदी, पोखरी तथा जलाशयका घाटमा पुग्छन् । परिवारका सदस्य तथा आफन्तजनको उपस्थितिमा कम्मरसम्म पानीमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिन्छ । यस विधिलाई ‘सन्ध्या अर्घ’ वा ‘सझुका अरख’ भनिन्छ । छठको मुख्य विधिमध्ये एक मानिने यस दिन घाटहरूमा भक्तजनको बाक्लो उपस्थिति रहने गर्छ । छठ पर्वको चौथो तथा अन्तिम दिन बिहानै व्रतालुहरू पुनः घाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्छन् । अघिल्लो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्पण गरिएको प्रसाद र पूजाका सामग्री बिहान उदाउँदो सूर्यलाई देखाएर पूजा गर्ने परम्परा छ । यस विधिलाई ‘पारन’ भनिन्छ । बिहानको अर्घ सम्पन्न गरेपछि व्रतालुहरूले प्रसाद ग्रहण गरी चार दिनसम्मको व्रत समापन गर्छन् । छठ पर्वमा सूर्यलाई ऊर्जा, जीवन र समृद्धिको स्रोतका रूपमा पूजा गरिन्छ । यस पर्वमा बाँसका डाला, सुप, नरिवल, केरा, उखु, अदुवा, फलफूल, ठकुवा, भुसुवा लगायतका सामग्री चढाउने गरिन्छ । पूजाका सामग्रीलाई विशेष शुद्धताका साथ तयार पार्ने र घाटसम्म पुर्‍याउने परम्परा छ । परिवारका सदस्यहरू मिलेर प्रसाद तयार पार्ने, घाट सजाउने र पूजामा सहभागी हुने भएकाले यस पर्वमा पारिवारिक तथा सामुदायिक सहभागितालाई पनि विशेष महत्त्व दिइन्छ । छठ पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ दिने परम्परा यसको विशेष पक्ष हो । जीवनमा सुख र दुःख, सफलता र चुनौती दुवैलाई समान रूपमा स्वीकार गर्नुपर्ने सन्देश पनि यस परम्परासँग जोडिएको मानिन्छ । सूर्य र जललाई जीवनको आधारका रूपमा सम्मान गर्दै प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने पर्वका रूपमा पनि छठलाई लिइन्छ । धार्मिक आस्थाअनुसार छठ पर्वमा व्रत बसेर सूर्यदेव र छठी माताको पूजा गर्दा परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा निरोगिताको कामना पूरा हुने विश्वास गरिन्छ । यस पर्वमा कठोर व्रत, शुद्धता, संयम र अनुशासनलाई विशेष महत्त्व दिइन्छ । त्यसैले छठलाई कठिन धार्मिक अनुष्ठानका रूपमा समेत चिनिन्छ । मिथिला र तराई क्षेत्रमा पुस्तौँदेखि मनाइँदै आएको छठ पछिल्लो समय भौगोलिक तथा सामुदायिक सीमाभन्दा बाहिर फैलिएको छ । काठमाडौं, पोखरा, चितवन, बुटवललगायत विभिन्न सहरमा नदी तथा पोखरीका किनारमा छठ मनाउने गरिएको छ । रोजगारी, अध्ययन तथा अन्य प्रयोजनले आफ्नो थातथलो छाडेर सहरमा बसोबास गर्ने समुदायले पनि छठमार्फत आफ्नो भाषा, संस्कृति र परम्परालाई निरन्तरता दिँदै आएका छन् । छठ पर्वमा जातजाति र समुदायबीचको सहकार्य तथा सद्भाव पनि देख्न पाइन्छ । घाट निर्माण, सरसफाइ, सजावट र पूजाको व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता रहने गर्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ सम्मेलनमा नेपालबाट पुगे ५ मन्त्री
OthersJust now

कोप–३१ सम्मेलनमा नेपालबाट पुगे ५ मन्त्री

सरकारले परराष्ट्रमन्त्री शिशिर खनाल र पर्यावरणमन्त्री गीता चौधरीलाई मुख्य कार्यक्रमको नेतृत्व गर्ने गरी तोकेर नै पठाएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, स्वास्थ्य मन्त्री निशा मेहता र शिक्षामन्त्री सस्मित पोखरेल साइडलाइनका कार्यक्रममा गएका हुन् । ...

अनलाइन खबर
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान
OthersJust now

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलन (वर्ल्ड पुलिस समिट) मा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी शुक्रबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यासबारे छलफल र अनुभव आदानप्रदान ...

पर्दाफास
बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीलाई तोकियो नयाँ समय
OthersJust now

बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीलाई तोकियो नयाँ समय

२७ कात्तिक, काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनका लागि नयाँ समयसीमा निर्धारण भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले एक विज्ञप्ति जारी गर्दै नयाँ समयसीमाबारे जानकारी गराएका हुन् । जिल्ला सुरक्षा समिति काठमाडौँको निर्णयअनुसार अब उक्त रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्ममा… ...

अनलाइन खबर
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ युएई प्रस्थान गर्दै
OthersJust now

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ युएई प्रस्थान गर्दै

गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई) जाने भएका छन् । गृहमन्त्री गुरुङ युएईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । गृहमन्त्री गुरुङ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए । उनका अनुसार गृहमन्त्री गुरुङ मंसिर २ गते स्वदेश फर्किनेछन् । ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play