Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं-हेटौंडा सडकमा रात्रिकालीन सार्वजनिक सवारीसाधनमा रोक

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं-हेटौंडा सडकमा रात्रिकालीन सार्वजनिक सवारीसाधनमा रोक
Photo / Coverage: नेपालन्युज

काठमाडौं। काठमाडौंको बल्खु-दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक तथा सार्वजनिक सवारीसाधनका लागि नयाँ समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अब यस्ता सवारीसाधनले साँझ ८ बजेभित्र फर्पिङ प्रहरी चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरेको हो। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनाअनुसार उक्त सडकखण्डमा चल्ने सार्वजनिक सवारीसाधन बिहान ५ बजेदेखि मात्र सञ्चालन गर्न पाइनेछ। प्रशासनले सवारीसाधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्र सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। काठमाडौं जिल्लाका प्रहरी युनिटहरूले ट्राफिक प्रहरीसँगको समन्वयमा प्रत्येक यात्रुवाहक सवारीसाधनको अनिवार्य जाँच गर्ने व्यवस्था मिलाइएको छ। पछिल्लो समय यस सडकखण्डमा सवारी दुर्घटनाको दर बढेको भन्दै प्रशासनले चिन्ता व्यक्त गरेको छ। सडकको अवस्था कमजोर हुनु, तीव्र गतिमा सवारी चलाउनु, रातको समयको दृश्यता र चालकको लापरबाहीका कारण जोखिम बढेको प्रशासनको निष्कर्ष छ। त्यस्तै, तीव्र प्रतिस्पर्धाका कारण चालकहरूलाई एकै दिनमा धेरै पटक ट्रिप गर्नुपर्ने दबाब, अनिद्राका साथै मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिले गम्भीर दुर्घटना निम्त्याएको प्रशासनले जनाएको छ। यात्रु तथा सर्वसाधारणको सुरक्षालाई प्राथमिकतामा राख्दै जिल्ला सुरक्षा समितिले यो निर्णय लिएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विराटनगर किङ्स ‘गर या मर’ को अवस्थामा
Latest NewsJust now

विराटनगर किङ्स ‘गर या मर’ को अवस्थामा

विराटनगर। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को लिग चरण अब निर्णायक तथा अन्तिम मोडमा आइपुगेको छ । कुल २८ लिग खेलमध्ये २५ खेल सकिँदा शीर्ष चारको समीकरण निकै रोचक बनेको... ...

रातोपाटी
दक्षिणकाली-हेटौँडा सडकमा राति यात्रुवाहक गाडी चलाउन रोक
Latest NewsJust now

दक्षिणकाली-हेटौँडा सडकमा राति यात्रुवाहक गाडी चलाउन रोक

दक्षिणकाली हुँदै जाने काठमाडौँ-हेटौँडा सडक खण्डमा राति सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।  शुक्रबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सूचना जारी गरी काठमाडौँ-हेटौँडा सडक खण्डमा यातायात सञ्चालनमा कडाइ गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको सूचनामा काठमाडौँबाट बल्खु-दक्षिणकाली हुँदै हेटौँडा चल्ने यात्रुबाहक भाडाका एव... ...

नेपालखबर
फेला परेको चार दिनमा शवको पहिचान
Latest NewsJust now

फेला परेको चार दिनमा शवको पहिचान

तिलाचन पाण्डेगुल्मी, कात्तिक २७ गते । गुल्मीमा चार दिन अघि फेला परेको शवको शुक्रबार पहिचान भएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र विश्वकर्माका अनुसा... ...

गोरखापत्र
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमान बीच भेटवार्ता
Latest NewsJust now

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमान बीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का अवसरमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानसँग साइडलाइनमा भेटवार्ता गरेका छन् । भेटका क्रममा उनीहरूबीच जलवायु उत्थानशीलता, नेपालमा गएको हालैको बाढीपछिको पुनःस्थापना तथा द्विपक्षीय र बहुपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा अर्थपूर्ण छलफल भएको परराष्ट्रमन्त्री खनालले बताए । नेपालको हालैको प्राकृतिक विपद्पछिको पुनःस्थापना प्रयासमा बंगलादेशले गरेको सहयोगप्रति परराष्ट्रमन्त्री खनालले ...

अनलाइनपाना
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play