Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

नेपाली दूतावासमा नोभेम्बर १६ देखि सरकारी शुल्क नगदमा मात्रै बुझाउनुपर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली दूतावासमा नोभेम्बर १६ देखि सरकारी शुल्क नगदमा मात्रै बुझाउनुपर्ने
Photo / Coverage: पर्दाफास

अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासले आगामी नोभेम्बर १६, २०२६ देखि दूतावासबाट प्रदान गरिने सेवाबापतको सरकारी राजस्व शुल्क नगदमा बुझाउन सेवाग्राहीलाई आग्रह गरेको छ । अस्ट्रेलियामा अक्टोबर १ देखि लागू भएको नयाँ भुक्तानी व्यवस्थाअनुसार भिसा, मास्टरकार्ड र एफ्ट्पेस् लगायतका कार्डबाट भुक्तानी गर्दा अतिरिक्त शुल्क लिन नपाइने भएपछि दूतावासले नगद भुक्तानीको व्यवस्था गर्न लागेको हो। दूतावासका अनुसार बैंक तथा वित्तीय संस्थाले कार्डमार्फत हुने भुक्तानीमा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था लागू गरेपछि राजस्व रकम फिर्ता गर्ने प्रक्रियामा दूतावासलाई थप आर्थिक भार पर्ने भएकाले यस्तो निर्णय गरिएको हो । यो व्यवस्था अस्थायी रहेको र वैकल्पिक भुक्तानी प्रणालीको व्यवस्था नभएसम्म लागू रहने दूतावासले जनाएको छ । यसैबीच, दूतावासको निर्णयप्रति केही सेवाग्राहीले असुविधा हुने प्रतिक्रिया दिएका छन्। नेपाल न्युज बैंकसँग कुरा गर्दै वुलोङगोङ निवासी उमेश कुमार गौतमले नगद भुक्तानी अनिवार्य गर्दा टाढाबाट आउने सेवाग्राहीलाई झन्झट हुने बताए । ‘टाढाबाट दूतावास आउँदा हामी नगद बोकेर हिँडेका हुँदैनौँ । निर्धारित समयमा पुग्न हतार हुन्छ । यस्तो अवस्थामा बैंक पुगेर नगद निकाल्नुपर्ने हुँदा थप झन्झट हुन्छ,’ गौतमले भने । उनले विशेषगरी अस्ट्रेलियाका विभिन्न सहरबाट दूतावासको सेवा लिन क्यानबेरा पुग्ने नेपालीका लागि नगद भुक्तानीको व्यवस्था असहज हुन सक्ने बताए । वैकल्पिक डिजिटल भुक्तानी प्रणालीको व्यवस्था नहुँदासम्म सेवाग्राहीले सरकारी शुल्क नगदमै बुझाउनुपर्ने भएकाले दूतावास जानेहरूले आवश्यक रकमको पूर्वतयारी गर्नुपर्ने देखिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डीडीसी अनियमितता प्रकरण : विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ
OthersJust now

डीडीसी अनियमितता प्रकरण : विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

दुग्ध विकास संस्थान (डीडीसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थानमा भएको आर्थिक हिनामिना तथा संगठित अपराधमा संलग्न रहेको आरोपमा सर्लाहीका ४५ वर्षीय शर्मालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो। उनलाई जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ। सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक ...

पर्दाफास
एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
OthersJust now

एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चितवनको यो जितले प्लेअफको सम्भावना बलियो बनाएको छ। एक खेल खेल्न बाँकी चितवनको ७ अंक पुगेको छ। चितवनको जितले जनकपुरका साथै कर्णाली याक्स पनि बाहिरिएको छ। जनकपुरले सात खेलमध्ये २ खेल मात्रै जित्यो। कर्णालीको पनि ...

पर्दाफास
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु
OthersJust now

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँद उनको मृत्यु भएको हो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार १४ वर्षीया भूमिका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब… ...

अनलाइन खबर
डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ
OthersJust now

डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

२७ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले दुग्ध विकास संस्थान (डिडिसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थानको आर्थिक अनियमितता तथा सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मालाई पक्राउ गरेको हो । सर्लाहीका ४५ वर्षीय शर्मालाई पक्राउ गरी आज… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play