Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

भारतसँगको १८४ अर्ब ऋणबारे सांसदलाई अर्थमन्त्रीको जवाफ, यस्तो छ सरकारको योजना

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतसँगको १८४ अर्ब ऋणबारे सांसदलाई अर्थमन्त्रीको जवाफ, यस्तो छ सरकारको योजना
Photo / Coverage: पर्दाफास

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ तत्काल लिने नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारेका छन् । मंगलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । उनले नेपाललाई प्राप्त ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको लाइन अफ क्रेडिटले पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासमा वित्तीय स्रोतको अभाव हुन नदिने बताए । नेपालको ऊर्जा क्षेत्रमा ४० हजार मेगावाट विद्युत उत्पादनको सम्भावना र त्यसका लागि आवश्यक लगानीलाई ध्यानमा राखेर भारतसँग लाइन अफ क्रेडिटको व्यवस्था गरिएको उनको भनाइ छ । विशेषगरी प्रशारण लाइनलगायत ऊर्जा पूर्वाधारमा यस्तो सहुलियतपूर्ण ऋणको प्रभावकारी उपयोग गर्न सकिने उनले बताए । यसअघि डलरमा ऋण लिँदा विनिमय दरमा हुने उतारचढावका कारण नेपालको दायित्व बढ्ने गरेको उल्लेख गर्दै वाग्लेले भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्प खुल्नु महत्वपूर्ण उपलब्धि भएको बताए । यद्यपि १८४ अर्ब रुपैयाँ बराबरको ऋण कुन ब्याजदरमा लिने, कति वर्षको अवधि हुने र ग्रेस पिरियड कति रहने भन्ने विषयमा प्राविधिक वार्ता हुन बाँकी रहेको उनले स्पष्ट पारे । ऋण डलरमा लिने कि भारतीय रुपैयाँमा लिने भन्ने विकल्प पनि खुला रहेको उनको भनाइ छ । यसअघि सडक निर्माणलगायतका आयोजनामा लाइन अफ क्रेडिट उपयोग गर्दा स्थानीय सामग्री प्रयोग र ठेकेदारसम्बन्धी सर्तका कारण समस्या आएको उल्लेख गर्दै उहाँले ऊर्जा क्षेत्रमा भने यसको उपयोग प्रभावकारी देखिएको बताए । भैरहवाको दोहोरो हवाई रुट ऐतिहासिक उपलब्धि अर्थमन्त्री वाग्लेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दोहोरो हवाई रुट उपलब्ध हुनु नेपालको कुटनीतिक प्रयासको महत्वपूर्ण उपलब्धि भएको बताए । नेपालले विगत १०–१२ वर्षदेखि यसका लागि आग्रह गर्दै आएको उल्लेख गर्दै उनले अबसम्म एकतर्फी रहेको हवाई रुटलाई दुईतर्फी बनाइएको जानकारी दिए । यसले नेपालको समग्र नागरिक उड्डयन क्षेत्रको सुधार र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने सरकारको विश्वास रहेको उनले बताए । आगामी दिनमा महेन्द्रनगर र जनकपुरलगायतका नाकाबाट पनि भारत तथा अन्य अन्तर्राष्ट्रिय शहरसँग हवाई सम्पर्क विस्तार गर्ने सरकारको योजना रहेको उनको भनाइ छ । भारतले नेपालको १२५ किलोमिटर भूमि किनेको र बागडोगरा विमानस्थलसँग सम्बन्धित विषयमा सञ्चारमाध्यममा आएका समाचारलाई उनले पूर्णतः निराधार, भ्रामक र कपोलकल्पित बताए । सुनकोशी–सप्तकोशी आयोजना २२ वर्ष पुरानो सांसदहरूले सुनकोशी–सप्तकोशी आयोजनाबारे उठाएको जिज्ञासामा अर्थमन्त्री वाग्लेले यो नयाँ आयोजना नभई सन् २००४ देखि नै नेपाल र भारतको संयुक्त अध्ययन प्रक्रियामा रहेको बताएका छन् । उनकाअनुसार सुनकोशी–सप्तकोशी हाइ ड्याम आयोजना तथा सुनकोसी स्टोरेज कम डाइभर्सन स्किमसम्बन्धी अध्ययनका लागि विराटनगरमा संयुक्त आयोजना कार्यालय (जेपीओ) स्थापना गरिएको छ । उक्त कार्यालयले आयोजनाको अध्ययन तथा भविष्यमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेलगायतका काम गर्ने म्यान्डेट पाएको उनले जानकारी दिए । ‘समुन्नत नेपाल’को छुट्टै पञ्चवर्षीय योजना आवश्यक छैन भारतसँग तयार गरिएको ‘विकसित भारत र समुन्नत नेपाल’सम्बन्धी भिजन डकुमेन्टबारे उठेको प्रश्नको जवाफ दिँदै वाग्लेले उक्त दस्तावेज दुई देशबीचको सहकार्यलाई व्यवस्थित, नियमित र संस्थागत बनाउने उद्देश्यले तयार गरिएको बताए । उनकाअनुसार भिजन डकुमेन्टमा समेटिएका १० वटा स्तम्भ नै त्यसको कार्यक्षेत्र र कार्यादेश हुन् । यसका लागि छुट्टै पञ्चवर्षीय योजना वा अन्य दस्तावेज आवश्यक नपर्ने उनको तर्क छ । कनेक्टिभिटी, आर्थिक साझेदारी, शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद र पर्यटनलगायतका क्षेत्रलाई समेटेर दुई देशबीचको सहकार्यलाई दीर्घकालीन दिशानिर्देश दिन खोजिएको उनले बताए । नेपालका कृषि रणनीति, आवधिक योजना, बजेट तथा नीति कार्यक्रम आफ्नै ठाउँमा रहने उल्लेख गर्दै उनले भिजन डकुमेन्टले नेपालका विद्यमान नीति तथा योजनालाई विस्थापित नगर्ने स्पष्ट पारे । मंगलवारको अर्थ समिति बैठकमा ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि दफावार छलफल भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रचण्डले भने- स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैन
OthersJust now

प्रचण्डले भने- स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैन

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो हुरीबतास नचल्ने बताएका छन् । मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गतको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको इतिहास, पृष्ठभूमि र कामका आधारमा मतदाताले मतदान गर्ने बताएका हुन् । उनले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनमा जस्तो जसलाई मतदान गरे पनि हुने अवस्था नरहेको जिकिर ...

पर्दाफास
देउवा पक्षमा लागेका जनप्रतिनिधीलाई गगनको निर्देशन- ‘रुख चिन्हबाट जितेको पदबाट राजिनामा दिनूस्’
OthersJust now

देउवा पक्षमा लागेका जनप्रतिनिधीलाई गगनको निर्देशन- ‘रुख चिन्हबाट जितेको पदबाट राजिनामा दिनूस्’

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीमा आबद्ध हुने तथा पार्टीविरुद्ध गतिविधि गर्ने जनप्रतिनिधिलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेका नेताहरूलाई लक्षित गर्दै यस्तो आग्रह गरेका हुन् । पार्टीको विधान र निर्णय नमान्ने व्यक्तिले कांग्रेसको नाममा निर्वाचित पद ओगटेर बस्न नहुने उनको ...

पर्दाफास
प्रदेश र स्थानीय तहलाई अधिकार दिँदा ठूलो दुर्घटना हुन सक्छ : मन्त्री तिमिल्सिना
OthersJust now

प्रदेश र स्थानीय तहलाई अधिकार दिँदा ठूलो दुर्घटना हुन सक्छ : मन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप तथा प्रविधि र विस्तारित भूमिकालाई सम्बोधन गर्नेगरी ऐन निर्माण गर्न लागिएको बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चलचित्र विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । चलचित्रलाई मनोरञ्जनको साधनको रुपमा मात्र नभई कला, संस्कृति, भाषा प्रवद्र्धनका साथै आर्थिक विकासमा योगदान पुर्‍याउने उद्योगको ...

पर्दाफास
नेपालको प्रकृतिमा रमाउँदै दृष्टिविहीन पर्यटक
OthersJust now

नेपालको प्रकृतिमा रमाउँदै दृष्टिविहीन पर्यटक

दृष्टिविहीन पर्यटक नेपालको प्रकृतिको अनुभूतिसँग रमाउन थालेका छन् । उनीहरूलाई यहाँको मौसम स्वच्छ लाग्ने गरेको छ । चराचुरुङ्गी, नदी र मन्द हावापछि रुखबिरुवामा आउने आवाजले नेपालमा रहेको अनुभूति गराउने गरेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement