Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

प्रचण्डले भने- स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैन

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रचण्डले भने- स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैन
Photo / Coverage: पर्दाफास

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो हुरीबतास नचल्ने बताएका छन् । मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गतको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको इतिहास, पृष्ठभूमि र कामका आधारमा मतदाताले मतदान गर्ने बताएका हुन् । उनले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनमा जस्तो जसलाई मतदान गरे पनि हुने अवस्था नरहेको जिकिर गरे । नयाँ राजनीतिक दलहरूले गरेका कामबारे पनि आम नागरिकले विस्तारै बुझ्दै गएको उनको भनाइ थियो । दाहालले स्थानीय तहमा पार्टीले राम्रो परिणाम ल्याउनका लागि नेता तथा कार्यकर्ताहरू सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । चुनाव जित्ने आत्मविश्वासका साथ संगठनात्मक रूपमा खटिन सके स्थानीय निर्वाचनमा अपेक्षित परिणाम ल्याउन सकिने उनले बताए । ‘स्थानीय तहमा पहिलाको जस्तो हुरीबतास आउन सम्भव छैन । स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भन्ने हुँदैन । सबैलाई थाहा हुन्छ, आफ्ना आफन्त, नातागोता कोको छन् । इतिहास र पृष्ठभूमि थाहा नभई भोट हाल्दैनन्,’ उनले भने । नयाँ राजनीतिक दलका गतिविधि र कामबारे नागरिकले विस्तारै बुझ्दै जाने उल्लेख गर्दै उनले गाउँघरमा पार्टीका कार्यकर्ताले आफ्ना धारणा र एजेन्डा बुझाउनुपर्ने बताए । स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम हासिल गर्न सके देशलाई पुनः क्रान्तिको दिशामा अघि बढाउन सकिने दाहालको भनाइ थियो । उनले आम कार्यकर्ताको सक्रियता र मेहनतले निर्वाचनमा जित्ने सिट संख्या निर्धारण गर्ने भन्दै सबैलाई चुनाव केन्द्रित भएर लाग्न निर्देशनसमेत दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१० लाखसम्म तिरेर रोमानिया पुगेका ६ सय नेपाली श्रमिक आन्दोलित
OthersJust now

१० लाखसम्म तिरेर रोमानिया पुगेका ६ सय नेपाली श्रमिक आन्दोलित

रोमानियास्थित बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत करिब ६ सय नेपाली श्रमिकले सम्झौता अनुसार काम, तलब तथा सेवा-सुविधा नपाएको भन्दै शनिबारदेखि आन्दोलन सुरु गरेका हुन् । ...

अनलाइन खबर
वैभव सूर्यवंशीको कीर्तिमानी दोहोरो शतकमा यूएईमाथि भारतको सहज जित
OthersJust now

वैभव सूर्यवंशीको कीर्तिमानी दोहोरो शतकमा यूएईमाथि भारतको सहज जित

८ मंसिर, काठमाडौं । वैभव सूर्यवंशीको कीर्तिमानी दोहोरो शतकमा भारत ए ले एसीसी मेन्स राइजिङ स्टार्स एसिया कप २०२६ मा यूएईलाई सहजै पराजित गरेको छ। सूर्यवंशीले ५३ बलमा २०४ रन बनाउँदै लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक र सबैभन्दा कम बलमा दोहोरो शतक बनाउने कीर्तिमान कायम गरेका छन्। दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड… ...

अनलाइन खबर
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर
OthersJust now

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर करार सेवामा कार्यरत एक कर्मचारीविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । ...

अनलाइन खबर
दिगो औद्योगिक विकासका लागि विश्वव्यापी सहकार्यमा जोड
OthersJust now

दिगो औद्योगिक विकासका लागि विश्वव्यापी सहकार्यमा जोड

संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठन (युनिडो) ले विकासशील मुलुकमा औद्योगिकीकरणलाई गति दिन विकसित र विकासोन्मुख देशबीच बलियो अन्तर्राष्ट्रिय साझेदारी र सहकार्य आवश्यक रहेको जनाएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement