Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

प्रदेश र स्थानीय तहलाई अधिकार दिँदा ठूलो दुर्घटना हुन सक्छ : मन्त्री तिमिल्सिना

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रदेश र स्थानीय तहलाई अधिकार दिँदा ठूलो दुर्घटना हुन सक्छ : मन्त्री तिमिल्सिना
Photo / Coverage: पर्दाफास

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप तथा प्रविधि र विस्तारित भूमिकालाई सम्बोधन गर्नेगरी ऐन निर्माण गर्न लागिएको बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चलचित्र विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । चलचित्रलाई मनोरञ्जनको साधनको रुपमा मात्र नभई कला, संस्कृति, भाषा प्रवद्र्धनका साथै आर्थिक विकासमा योगदान पुर्‍याउने उद्योगको रुपमा विकास गर्नुपर्नेमा उनको जोड छ । मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रसँग सम्बन्धित संस्थाहरूको अवस्था बेहाल रहेको उल्लेख गर्दै संस्थागत सुधार र नेतृत्वको क्षमता विकासमा दिए । उनले चलचित्रको क्षेत्रको विकासका लागि संस्थाको अध्यक्ष क्षमातावान हुनुपर्नेमा जोड दिँदै उहाँले सोहीअनुसार योग्यता तय गरिनुपर्ने समेत बताए । ‘मैले सरकारको प्रतिनिधिको रुपमा आजसम्म आएर यहाँ हेर्दाखेरी सबै संस्थाहरु बेहाल अवस्थामा छन् । कुनैपनि संस्थाहरुमा इम्पावरमेन्ट नै छैन । संस्था प्रमुखहरुमा समेत क्यापेसिटी नै छैन । त्यसकारण संस्था मरेको हो कि बाँचेको हो जस्तो भएको छ । अब त्यो संस्थाको प्रमुखलाई चाहीँ कस्तो बनाउने भन्ने कुरा तपाईंहरुको हातमा आइपुगेको छ । यो अध्यक्षको योग्यताको विषयमा’ उनले भने । चलचित्र क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच अधिकार र जिम्मेवारीको स्पष्ट बाँडफाँट हुनुपर्ने उनको भनाइ छ । संघीयताअनुसार अधिकार बाँडफाँड गरेर मात्र प्रभावकारी काम हुन नसक्ने भन्दै उनले तीन तहको सरकार एकअर्काका परिपूरक हुनेगरी ऐन निर्माण गर्नुपर्नेमा जोड दिए । उनले संघीयताको मर्मअनुसार तल्लो तहमा समेत अधिकार दिनैपर्छ भनेर कानून निर्माण गर्न थालियो भने देश ठूलो दुर्घटनामा पर्ने उनको तर्क छ । ‘हामी संघीय व्यवस्थामा छौँ, केही न केही अधिकार त तल्लो तहमा दिनैप¥यो भनेर कानून बनाउन थाल्यौँ भने ठूलो दुर्घटनामा पर्नसक्छौँ । एकअर्काको परिपुरक हुनेगरी अधिकार बाँडफाँड गर्यौँ भने यो प्रभावकारी हुँदो रहेछ । नत्र हुँदैन । हामीले समग्रमा गर्न खोजेको के हो भने देशको चलचित्र क्षेत्रको विकास गर्न खोजेको हो । यसमा संघ, प्रदेश र स्थानीय तीन तहको सरकारले योगदान गर्नुपर्‍यो’ उनले भने ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
देउवा पक्षमा लागेका जनप्रतिनिधीलाई गगनको निर्देशन- ‘रुख चिन्हबाट जितेको पदबाट राजिनामा दिनूस्’
OthersJust now

देउवा पक्षमा लागेका जनप्रतिनिधीलाई गगनको निर्देशन- ‘रुख चिन्हबाट जितेको पदबाट राजिनामा दिनूस्’

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीमा आबद्ध हुने तथा पार्टीविरुद्ध गतिविधि गर्ने जनप्रतिनिधिलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेका नेताहरूलाई लक्षित गर्दै यस्तो आग्रह गरेका हुन् । पार्टीको विधान र निर्णय नमान्ने व्यक्तिले कांग्रेसको नाममा निर्वाचित पद ओगटेर बस्न नहुने उनको ...

पर्दाफास
नेपालको प्रकृतिमा रमाउँदै दृष्टिविहीन पर्यटक
OthersJust now

नेपालको प्रकृतिमा रमाउँदै दृष्टिविहीन पर्यटक

दृष्टिविहीन पर्यटक नेपालको प्रकृतिको अनुभूतिसँग रमाउन थालेका छन् । उनीहरूलाई यहाँको मौसम स्वच्छ लाग्ने गरेको छ । चराचुरुङ्गी, नदी र मन्द हावापछि रुखबिरुवामा आउने आवाजले नेपालमा रहेको अनुभूति गराउने गरेको छ । ...

अनलाइन खबर
भारतसँगको १८४ अर्ब ऋणबारे सांसदलाई अर्थमन्त्रीको जवाफ, यस्तो छ सरकारको योजना
OthersJust now

भारतसँगको १८४ अर्ब ऋणबारे सांसदलाई अर्थमन्त्रीको जवाफ, यस्तो छ सरकारको योजना

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ तत्काल लिने नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारेका छन् । मंगलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । उनले नेपाललाई प्राप्त ५६ अर्ब रुपैयाँ अनुदान ...

पर्दाफास
एनएमबि बैंकले पायो भिसाका दुई प्रतिष्ठित अवार्ड
OthersJust now

एनएमबि बैंकले पायो भिसाका दुई प्रतिष्ठित अवार्ड

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भिसा लिडरसिप कन्क्लेभमा दुईवटा प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । डिजिटल भुक्तानी र ग्राहकलाई प्रदान गर्दै आएको बैंकिङ सेवामा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै बैंकलाई दुई विधामा सम्मान गरिएको हो । बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस–प्रिन्सिपल क्लाइन्ट अवार्ड’ प्राप्त गरेको हो । बैंकका अनुसार […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement