Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

देउवा पक्षमा लागेका जनप्रतिनिधीलाई गगनको निर्देशन- ‘रुख चिन्हबाट जितेको पदबाट राजिनामा दिनूस्’

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवा पक्षमा लागेका जनप्रतिनिधीलाई गगनको निर्देशन- ‘रुख चिन्हबाट जितेको पदबाट राजिनामा दिनूस्’
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीमा आबद्ध हुने तथा पार्टीविरुद्ध गतिविधि गर्ने जनप्रतिनिधिलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेका नेताहरूलाई लक्षित गर्दै यस्तो आग्रह गरेका हुन् । पार्टीको विधान र निर्णय नमान्ने व्यक्तिले कांग्रेसको नाममा निर्वाचित पद ओगटेर बस्न नहुने उनको भनाइ थियो । कांग्रेस एउटा मात्रै रहेको र पार्टीको महाधिवेशन सम्पन्न भइसकेको उल्लेख गर्दै उनले पार्टीको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीमा प्रवेश गर्ने व्यक्तिको कांग्रेस सदस्यता कायम नरहने बताए । उनले राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएका जनप्रतिनिधिलाई अर्को पार्टीमा आबद्ध भएको अवस्थामा तत्काल पदबाट राजीनामा दिन आग्रह गरे । ‘तपाईं राष्ट्रिय सभामा हुनुहुन्छ, प्रतिनिधिसभामा हुनुहुन्छ, प्रदेशसभामा हुनुहुन्छ, स्थानीय नगरपालिकाको मेयर, उपमेयर हुनुहुन्छ, वडा अध्यक्ष हुनुहुन्छ भने अर्को कुनै पार्टीको सदस्यता लिन जानुभयो भने कृपया कांग्रेसको अहिले भएको पदबाट राजीनामा गर्नुहोला,’ थापाले भने । उनले राजीनामा नदिए पार्टीको विधानअनुसार आवश्यक प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिए । पार्टीको विधान कार्यान्वयन गराउनु सभापतिको जिम्मेवारी भएको उल्लेख गर्दै उनले कसैलाई व्यक्तिगत रूपमा पार्टीबाट निकाल्ने आफ्नो उद्देश्य नरहेको स्पष्ट पारे । ‘तपाईंले राजीनामा गर्नुभएन भने पार्टीको विधानले जे गर्नुपर्ने हो, पार्टीको विधानले गर्छ । किनकि पार्टीको विधानको कार्यान्वयन गर्नु र गराउनु मेरो दायित्व हो, मेरो जिम्मेवारी हो,’ उनले भने । थापाले पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गरेर पराजित भएका वा जिम्मेवारी नपाएका नेताहरू अन्यत्र जाने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए । पार्टीभित्रको प्रतिस्पर्धामा सहभागी भएर पछि अन्यत्र गतिविधि गर्नुभन्दा राजनीतिक नैतिकता देखाउनुपर्ने उनको सुझाव थियो । उनले कांग्रेसको विशेष महाधिवेशन, त्यसबाट निर्वाचित नेतृत्व र त्यसपछि सम्पन्न नियमित महाधिवेशनलाई लिएर नेता तथा कार्यकर्तालाई अन्योलमा नपर्न पनि आग्रह गरे । संसद् पुनःस्थापनासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको प्रसंग उल्लेख गर्दै थापाले कांग्रेसको नेतृत्व र महाधिवेशनसम्बन्धी विवादलाई पनि त्यसैसँग जोडेर बुझ्नुपर्ने बताए । ‘यदि संसद्को पुनःस्थापना हुन्छ भन्ने कुरा कसैले पत्याउनुहुन्छ भने नेपाली कांग्रेसको मुद्दामा पनि तलमाथि हुन्छ भन्ने कुरा पत्याए हुन्छ । तर संसद्को पुनःस्थापना हुन्छ भन्ने कुरा पत्याउनुहुन्न भने कृपया यस्ता कुराहरूमा नझुक्किनुहोला,’ उनले भने । सभापति थापाले आफू नेतृत्वमा आएपछि पार्टीका सबै पक्षलाई मिलाएर अघि बढ्ने प्रयास गरिरहेको पनि बताए । तर पार्टीको विधान र निर्णय कार्यान्वयन गर्ने जिम्मेवारीबाट आफू पछि नहट्ने उनको भनाइ थियो । उनले देशभरका कांग्रेस नेता तथा कार्यकर्तालाई पार्टीको आधिकारिक नेतृत्व र निर्णयबारे स्पष्ट भएर अघि बढ्न आग्रह गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रदेश र स्थानीय तहलाई अधिकार दिँदा ठूलो दुर्घटना हुन सक्छ : मन्त्री तिमिल्सिना
OthersJust now

प्रदेश र स्थानीय तहलाई अधिकार दिँदा ठूलो दुर्घटना हुन सक्छ : मन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप तथा प्रविधि र विस्तारित भूमिकालाई सम्बोधन गर्नेगरी ऐन निर्माण गर्न लागिएको बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चलचित्र विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । चलचित्रलाई मनोरञ्जनको साधनको रुपमा मात्र नभई कला, संस्कृति, भाषा प्रवद्र्धनका साथै आर्थिक विकासमा योगदान पुर्‍याउने उद्योगको ...

पर्दाफास
नेपालको प्रकृतिमा रमाउँदै दृष्टिविहीन पर्यटक
OthersJust now

नेपालको प्रकृतिमा रमाउँदै दृष्टिविहीन पर्यटक

दृष्टिविहीन पर्यटक नेपालको प्रकृतिको अनुभूतिसँग रमाउन थालेका छन् । उनीहरूलाई यहाँको मौसम स्वच्छ लाग्ने गरेको छ । चराचुरुङ्गी, नदी र मन्द हावापछि रुखबिरुवामा आउने आवाजले नेपालमा रहेको अनुभूति गराउने गरेको छ । ...

अनलाइन खबर
भारतसँगको १८४ अर्ब ऋणबारे सांसदलाई अर्थमन्त्रीको जवाफ, यस्तो छ सरकारको योजना
OthersJust now

भारतसँगको १८४ अर्ब ऋणबारे सांसदलाई अर्थमन्त्रीको जवाफ, यस्तो छ सरकारको योजना

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ तत्काल लिने नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारेका छन् । मंगलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । उनले नेपाललाई प्राप्त ५६ अर्ब रुपैयाँ अनुदान ...

पर्दाफास
एनएमबि बैंकले पायो भिसाका दुई प्रतिष्ठित अवार्ड
OthersJust now

एनएमबि बैंकले पायो भिसाका दुई प्रतिष्ठित अवार्ड

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भिसा लिडरसिप कन्क्लेभमा दुईवटा प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । डिजिटल भुक्तानी र ग्राहकलाई प्रदान गर्दै आएको बैंकिङ सेवामा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै बैंकलाई दुई विधामा सम्मान गरिएको हो । बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस–प्रिन्सिपल क्लाइन्ट अवार्ड’ प्राप्त गरेको हो । बैंकका अनुसार […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement