भारतमा शक्तिशाली आँधी आउने संकेत हुँदा नेपालमा सतर्कता

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास भएको र यसका कारण कात्तिक ११ बुधबारदेखि १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने देखिएको जनाएको छ। यद्यपि यस प्रणालीका कारण नेपालमा हुन सक्ने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे अहिले नै एकिन गर्न सकिने अवस्था नरहेको मौसम महाशाखाले उल्लेख गरेको छ। मौसम मोडल तथा भू-उपग्रहबाट प्राप्त तस्बिर र तथ्यांक विश्लेषणको आधारमा पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकसित भएको र उक्त न्यूनचापीय क्षेत्र क्रमशः बलियो हुँदै कार्तिक ९ गते (अक्टोबर २६) सोमबार चक्रवात आँधीमा विकसित भई पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिसा तटबाट जमिनको भूभागमा प्रवेश गर्ने सम्भावना रहेको महशाखाले जनाएको छ । उक्त मौसम प्रणालीका कारण आगामी कार्तिक ११ (अक्टोबर २८) गते (बुधबार) देखि कार्तिक १५ (नोभेम्बर ०१) गते (आइतबार) सम्म नेपालको मौसम प्रभावित हुन सक्ने देखिन्छ। यद्यपि यस प्रणालीका कारण नेपालमा हुन सक्ने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था छैन। मौसम महाशाखाले शुक्रबार साँझ जारी गरेको सूचनामा अगाडि भनिएको छ, ‘तथापि सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन अनुरोध गरिन्छ।’
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

हूथी विद्रोहीविरुद्ध लड्न टर्कीले गर्यो अस्वीकार
काठमाडौं । टर्कीले इरानसमर्थित हूथी विद्रोहीविरुद्ध हुने कुनै पनि सैन्य संघर्षमा सहभागी नहुने स्पष्ट पारेको छ । साउदी अरब र पाकिस्तानसँग संयुक्त रक्षा सम्झौता गरेको टर्कीले साउदीमाथि आक्रमण गरिरहेका हूथी... ...

यू–१९ पुरुष एसिया कपका लागि प्रारम्भिक टिमको घोषणा
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यू–१९ पुरुष एसिया कपको तयारीका लागि २८ खेलाडीको प्रारम्भिक बन्द प्रशिक्षण सूची सार्वजनिक गरेको छ । बन्द प्रशिक्षण आगामी अक्टोबर २६ देखि पोखरामा सुरु हुने भएको छ । प्रारम्भिक सूचीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, दर्श सोनार, बिपिन शर्मा, जोय थापा, सोहेल कुँवर, सौजन घिमिरे, ...

कोसीमा औद्यागिक कर्जा १ खर्ब ७३ अर्ब, सबैभन्दा धेरै मोरङमा कर्जा प्रवाह
काठमाडौं । नेपाल राष्ट्र बैंककले वर्ष २०८२/८३ को तथ्यांकलाई आधारित भएर कोसी प्रदेशमा गरेको अध्ययनले औद्योगिक कर्जा प्रवाह पनि अघिल्लो वर्षको तुलनामा घटेको देखाएको छ। २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कोशी प्रदेशको जिल्लामा दिएको औद्योगिक कर्जा ८.२ प्रतिशतले बढेर १ खर्ब ७३ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। तर, अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा १५ प्रतिशतले बढेको नेपाल ...

१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), कात्तिक ७ गते । पछिल्लो समय गुल्मी र अर्घाखाँचीमा १३ तले मन्दिरले प्रख्यात आकाशदेवी मन्दिर स्थानीय समिति र समुदायलाई हस्तान्तरण गरिएको छ । अर्घाखाँच... ...


