यू–१९ पुरुष एसिया कपका लागि प्रारम्भिक टिमको घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यू–१९ पुरुष एसिया कपको तयारीका लागि २८ खेलाडीको प्रारम्भिक बन्द प्रशिक्षण सूची सार्वजनिक गरेको छ । बन्द प्रशिक्षण आगामी अक्टोबर २६ देखि पोखरामा सुरु हुने भएको छ । प्रारम्भिक सूचीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, दर्श सोनार, बिपिन शर्मा, जोय थापा, सोहेल कुँवर, सौजन घिमिरे, भूपाल दंगाल र दीपक सेमेला छन् । त्यस्तै, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी, शिवांश बैजगाईं, सुगम बुढाथोकी, आशिक बैथ, रौनक श्रीवास्तव, रोहित चन्द, ऋतिक कामत, राहुल हग र रोशन शाही पनि प्रारम्भिक सूचीमा परेका छन्। यू–१९ पुरुष एसिया कप नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी हुनेछन् र खेल एकदिवसीय प्रारूपमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स छन्। समूह ‘बी’ मा अफगानिस्तान, बङ्गलादेश, मलेसिया र श्रीलङ्का रहेका छन् । नेपालले समूह चरणमा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्नेछ । एसिया कपअघि पोखरामा हुने बन्द प्रशिक्षणपछि अन्तिम टिम घोषणा हुने क्यानले जनाएको छ । The post यू–१९ पुरुष एसिया कपका लागि प्रारम्भिक टिमको घोषणा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

यमनमा पुनः चर्कियो द्वन्द्व
साउदी अरब। यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै निष्क्रिय पारेको साउदी नेतृत्वको गठबन्धनले शनिबार जनाएको छ। साउदी राजधानी रियादमा शनिबार बिहान दुईवटा विस्फोटका आवाज सुनिएको एएफपीका एक पत्रकारले बताएका छन्। इरान समर्थित हुथी विद्रोहीहरूले पछिल्लो समय साउदी अरबमाथि निरन्तर आक्रमण गर्दै आएका छन्। साउदी नागरिक सुरक्षा निकायका अनुसार सम्भावित खतराबारे सर्वसाधारणलाई सचेत ...

बडादशैँ समापन नजिकिएसँगै राजधानी फर्किनेको घुइँचोः मुख्य नाकाहरूमा यात्रु तथा सवारी चाप बढ्यो
काठमाडौं । बडादशैँको बिदा सकिन लागेसँगै दसैँ मनाउन गृहजिल्ला तथा गाउँघर पुगेका सर्वसाधारण काठमाडौं उपत्यका फर्किन थालेका छन्। राजधानी भित्रिने प्रमुख नाकाहरूमा यात्रुवाहक सवारीसाधन र यात्रुको चाप बढेको छ। काठमाडौं भित्रिने प्रमुख नाका कलङ्की, कोटेश्वर, बालाजु तथा भक्तपुरको जगाती क्षेत्रमा आइतबारदेखि सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था र व्यापार व्यवसाय खुल्न थालेसँगै राजधानी फर्किनेको चाप बढेको हो। विजयादशमीका दिनदेखि मान्यजनको हातबाट टीका, ...

मृत्युदण्डको कानुन ल्याउने बमकाण्ड
६ असार २०४२, दिउँसो करिब साढे एक बजे। सिंहदरबारस्थित राष्ट्रिय पञ्चायतको ग्यालरी बैठक भवनमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न नाम टिपाउने क्रम चलिरहेको थियो। अघिल्लो दिन राजा वीरेन्द्रले राष्ट्रिय पञ्चायतलाई सम्बोधन गरेका थिए। त्यही सम्बोधनमा प्रस्तुत नीति तथा कार्यक्रमबारे बोल्न चाहने सदस्यहरू आफ्नो नाम लेखाउन भवनमा पुगेका थिए। राष्ट्रिय पञ्चायत सदस्य दीपबहादुर सिंह पनि नाम लेखाउन पुगेका थिए। उनीसँगै जाजरकोटबाट ...

‘सिटीस्क्यान’ बिग्रिएको दुई वर्ष भयो, मर्मत गरिएन
तुलसीपुर (दाङ) । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष(आइसियू) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ । लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले बताए । ‘अस्पतालाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ’, उनले भने, ‘आइसियू नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने ...


