Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ब्रेक्जिटपछि ईयूसँगको सम्बन्ध सुधार्ने विकल्प खोज्दै बेलायत

ब्रेक्जिटपछि ईयूसँगको सम्बन्ध सुधार्ने विकल्प खोज्दै बेलायत

Share:WhatsAppFacebookX (Twitter)Telegram
ब्रेक्जिटपछि ईयूसँगको सम्बन्ध सुधार्ने विकल्प खोज्दै बेलायत

लण्डन।बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले बेलायत र युरोपेली संघ (ईयू) बीच स्वतन्त्र आवतजावत पुनःस्थापना गर्ने सम्भावनाबारे तथ्य र प्रमाणमा आधारित खुला छलफल गर्न आह्वान गरेका छन्। ईयूसँगको सम्बन्ध थप सुदृढ बनाउने विकल्पबारे उनको सरकारले विचार गरिरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो। ‘द सन्डे टाइम्स’ सँगको अन्तर्वार्तामा बर्नह्यामले यस विषयमा तथ्यपरक र प्रमाणमा आधारित बहस आवश्यक रहेको बताए। उनले ब्रेक्जिटअघि स्वतन्त्र आवतजावतका कारण बेलायतले केही महत्वपूर्ण चुनौती सामना गर्नुपरेको स्वीकार गरे। तर, बेलायतले ईयू छाडेयता आप्रवासनको स्वरूप परिवर्तन भएको उल्लेख गर्दै विगत र वर्तमानका अवस्थाबीचको भिन्नताबारे इमान्दार छलफल हुनुपर्नेमा जोड दिए। बर्नह्यामले ब्रेक्जिटपछि बेलायतले ईयूका केही आप्रवासनसम्बन्धी सूचना आदानप्रदान प्रणालीमा पहुँच गुमाएको विषय पनि उठाए। यसमा शरण आवेदन व्यवस्थापनमा सहयोग गर्ने ईयूको बायोमेट्रिक डाटाबेस ‘युरोड्याक’ पनि समावेश छ। यद्यपि, प्रधानमन्त्रीले बेलायतले युरो मुद्रा अपनाउने वा आन्तरिक सीमा जाँच हटाइएको शेन्जेन क्षेत्रमा सामेल हुने प्रस्ताव आफूले नगरेको स्पष्ट पारे। बर्नह्यामले आगामी नोभेम्बर २० मा ब्रसेल्समा ईयू नेताहरूसँग भेट गर्ने कार्यक्रम छ। उक्त बैठकमा उनले ईयूसँग बेलायतको भावी सम्बन्धका सम्भावित विकल्पबारे छलफल गर्ने संकत गरेका छन्। सन् २०२४ को आमनिर्वाचनमा लेबर पार्टीले प्रस्तुत गरेको घोषणापत्रमा स्वतन्त्र आवतजावत पुनःस्थापना गर्ने, ईयूको एकल बजारमा पुनः सामेल हुने वा भन्सार संघमा प्रवेश गर्ने प्रतिबद्धता गरिएको थिएन। प्रधानमन्त्री बर्नह्यामले ती प्रतिबद्धता पालना गर्ने वाचा गर्दै आएका छन्। त्यसैले आगामी आमनिर्वाचनअघि ईयूसँगको सम्बन्धमा आधारभूत परिवर्तन हुने सम्भावना कम देखिएको छ। बेलायतले सन् २०२० मा ईयूबाट औपचारिक रूपमा अलग भएपछि दुई पक्षबीच व्यापार, आप्रवासन र सुरक्षा सहकार्यलगायत विषयमा सम्बन्ध पुनःपरिभाषित गर्ने प्रयास जारी राखेका छन्। –रासस /सिन्ह्वा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

सप्तकोसीमा मोटरबोट दुर्घटना: ३ जनाको मृत्यु, ५ बेपत्ता
ताजा खबरJust now

सप्तकोसीमा मोटरबोट दुर्घटना: ३ जनाको मृत्यु, ५ बेपत्ता

काठमाडौं । सप्तकोसी नदीमा आइतबार भएको मोटरबोट दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । धनकुटा, उदयपुर र भोजपुरको संगमस्थल त्रिवेणीमा दिउँसो करिब २ बजे दुर्घटना भएको हो । भोजपुरबाट बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोटमा १४ जना सवार थिए । दुर्घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली परिचालन गरिएको छ । बेपत्ताको खोजी तथा ...

कर्पोरट खबर
उदयपुरमा स्कुटरको ठक्करबाट ५२ वर्षीय पैदलयात्रीको मृत्यु
ताजा खबरJust now

उदयपुरमा स्कुटरको ठक्करबाट ५२ वर्षीय पैदलयात्रीको मृत्यु

उदयपुर । उदयपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। त्रियुगा नगरपालिका–११ संगम टोलस्थित सडकमा इनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही ठाउँका ५२ वर्षीय रामबहादुर कार्की रहेका छन्। स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। दुर्घटनापछि ...

केन्द्रबिन्दु
दशैंपछि पाथीभरामा भक्तजनको आगमन बढ्यो
ताजा खबरJust now

दशैंपछि पाथीभरामा भक्तजनको आगमन बढ्यो

• ताप्लेजुङको पाथीभरामा आइतबार २,३५५ जना भक्तजनले दर्शन गरेका छन्, जुन शनिबारको ४,३०९ जनाको तुलनामा घटेको हो। • पाथीभरा दर्शनको संख्या दशैंको नवरात्रि यता सबैभन्दा बढी रहेको छ, भक्तजन नेपालका विभिन्न जिल्लासँगै भारतका सिक्किम र दार्जिलिङबाट पनि आएका छन्। • पाथीभरा पुग्नका लागि काफ्ले पाटीबाट पाँच किलोमिटरको उकालो पदमार्ग प्रयोग गर्न सकिन्छ, जहाँ सहयोगीहरूको व्यवस्था पनि गरिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play