Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/उदयपुरमा स्कुटरको ठक्करबाट ५२ वर्षीय पैदलयात्रीको मृत्यु

उदयपुरमा स्कुटरको ठक्करबाट ५२ वर्षीय पैदलयात्रीको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
उदयपुरमा स्कुटरको ठक्करबाट ५२ वर्षीय पैदलयात्रीको मृत्यु
भिडियो रिपोर्ट (Video News)
YouTube मा हेर्नुहोस्

उदयपुरमा स्कुटरको ठक्करबाट ५२ वर्षीय पैदलयात्रीको मृत्यु

horizontal HD

उदयपुर । उदयपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। त्रियुगा नगरपालिका–११ संगम टोलस्थित सडकमा इनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही ठाउँका ५२ वर्षीय रामबहादुर कार्की रहेका छन्। स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। दुर्घटनापछि स्कुटर चालकलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
ताजा खबरJust now

एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने

काठमाडौँ, कात्तिक ८ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले रु एक करोड ५० लाख प्राप्त गर्ने भएको छ ।अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको... ...

गोरखापत्र
एशिया कपमा छनोट नेपाली क्रिकेट टोलीलाई क्यानले ३० लाख दिने
ताजा खबरJust now

एशिया कपमा छनोट नेपाली क्रिकेट टोलीलाई क्यानले ३० लाख दिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रोपटक एशिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा एशिया कपमा छनोट गराउने टोलीलाई प्रोत्साहनस्वरूप ३० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै ...

लुम्बिनी सञ्चार
२४ घण्टामा विपद्का १३ घटना, एक जनाको मृत्यु, आठ घाइते
ताजा खबरJust now

२४ घण्टामा विपद्का १३ घटना, एक जनाको मृत्यु, आठ घाइते

देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। विपद्का घटनाबाट करिब रु १३ लाख २० हजार बराबरको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, ...

नेपालखबर
हेरिटेज रनमा महिलातर्फ कृतिका र पुरुषतर्फ सलमान विजेता
ताजा खबरJust now

हेरिटेज रनमा महिलातर्फ कृतिका र पुरुषतर्फ सलमान विजेता

काठमाडौं । काठमाडौं महानगरपालिकाले एनएसआर स्पोर्टस फाउन्डेसन (काठमाडौं म्याराथन)सँगको सहकार्यमा आयोजना गरेको १० हजार मिटर काठमाडौं फिल्म फेस्टिभल हेरिटेज रन (सम्पदा दौड)मा महिलातर्फ कृतिका ह्याउमिखाले ५१ मिनेट ५८.५ सेकेण्ड र पुरुषतर्फ सलमान शेखले ३८ मिनेट ५६ सेकेण्डमा निर्धारित दुरी पार गरेर विजेता बनेका छन् । आज बसन्तपुरबाट सुरु भएर १० हजार मिटर दुरी पार गरिसकेपछि बसन्तपुरमै समापन भएको दौडमा महिलातर्फ जेनिशा ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play