एशिया कपमा छनोट नेपाली क्रिकेट टोलीलाई क्यानले ३० लाख दिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रोपटक एशिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा एशिया कपमा छनोट गराउने टोलीलाई प्रोत्साहनस्वरूप ३० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै खेलाडीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको बताए । विगतमा सीमित स्रोतसाधन र न्यून पारिश्रमिकका बाबजुद खेलाडीले देशका लागि खेल्दै आएको स्मरण गर्दै चन्दले पछिल्लो समय विभिन्न प्रतियोगिता र प्रायोजनमार्फत खेलाडीलाई आर्थिक रूपमा सबल बनाउने प्रयास भइरहेको बताए । अध्यक्ष चन्दले सरकारले पनि एसियाली प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टोलीलाई पुरस्कार दिने व्यवस्था गर्दै आएको भए पनि पछिल्लो समय केही कारणले खेलाडीले पुरस्कार पाउन नसकेको बताए । उनले क्रिकेटलाई प्राथमिकतामा राखेर पुरस्कारसम्बन्धी निर्णय गर्न सरकारसँग आग्रह गरे । उनका अनुसार नेपाली क्रिकेटले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय प्रगति गरिरहेको छ । नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता थप चार वर्षका लागि कायम राखेको र दोस्रोपटक एशिया कपमा छनोट भएको उल्लेख गर्दै उनले एकदिवसीय विश्वकप खेल्ने लक्ष्य हासिल गर्न खेलाडीहरू प्रयासरत रहेको बताए । चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली क्रिकेटलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै नेपालमै प्लेअफ क्वालिफायर आयोजना गर्ने अवसर पाउनु विश्वकपसम्म पुग्ने यात्राको महत्त्वपूर्ण कडी भएको बताए । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबारे बोल्दै उनले प्रतियोगिता हरेक वर्ष थप व्यवस्थित र आकर्षक बन्दै गएको बताए । गभर्निङ काउन्सिल, क्यानका पदाधिकारी, जिल्ला तथा प्रदेश क्रिकेट संघ, सञ्चारमाध्यम, प्रायोजक र आठवटै फ्रेन्चाइज टोलीका मालिकहरूको योगदानले एनपीएल नेपाली क्रिकेटको ब्रान्डका रूपमा स्थापित हुँदै गएको उनको भनाइ छ । एनपीएलमा उत्कृष्ट खेलाडीको सहभागिता, डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लगायतका प्रविधिको प्रयोग र आर्थिक कारोबारको विस्तारले प्रतियोगिताको स्तर बढाएको उनले बताए । – न्युज एजेन्सी नेपाल
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते
काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब रु १३ लाख २० हजार बराबरको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका विभिन्न ...

बंगलादेशका विश्वप्रसिद्ध अलराउन्डर शाकिब अल हसन नेपाल आइपुगे
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पोखरा एभेन्जर्समा अनुबन्ध भएका बंगलादेशी विश्वप्रसिद्ध क्रिकेटर शाकिब अल हसन नेपाल आइपुगेका छन्। उनी आइतबार काठमाडौं आइपुगेका हुन्। विश्व क्रिकेटका सर्वकालीन उत्कृष्ट अलराउन्डरमध्ये एक मानिने शाकिब अल हसनले अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनको अनुभव, नेतृत्व क्षमता र खेल जिताउने प्रद... ...

बर्जुमा बोराभित्र पुरुषको शव फेला
• सुनसरी जिल्लाको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा एक पुरुषको शव बोराभित्र फेला परेको छ। • मृतक व्यक्ति भारतको बनारसका लालजीप्रसाद गुप्ता हुन्, जो विराटनगरमा बस्दै थिए। • घटनाको अनुसन्धान भइरहेको छ र गुप्ताको मृत्युको कारण र संलग्न व्यक्तिहरूको बारेमा जानकारी संकलन गरिँदैछ। ...

युट्युबमा सर्वाधिक भ्युज पाउने ५ नेपाली गीत
काठमाडौं । नेपाली गीत–सङ्गीतको बजार पछिल्लो समय युट्युब र डिजिटल प्लेटफर्ममा निकै फराकिलो बन्दै गएको छ । युट्युब नेपालमा गीत संगीत हेर्ने, सुन्ने सबैभन्दा मुख्य प्लेटफर्म हो । कुन गीत... ...


