सप्तकोसीमा मोटरबोट दुर्घटना: ३ जनाको मृत्यु, ५ बेपत्ता

सप्तकोसीमा मोटरबोट दुर्घटना: ३ जनाको मृत्यु, ५ बेपत्ता
horizontal HDकाठमाडौं । सप्तकोसी नदीमा आइतबार भएको मोटरबोट दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । धनकुटा, उदयपुर र भोजपुरको संगमस्थल त्रिवेणीमा दिउँसो करिब २ बजे दुर्घटना भएको हो । भोजपुरबाट बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोटमा १४ जना सवार थिए । दुर्घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली परिचालन गरिएको छ । बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । The post सप्तकोसीमा मोटरबोट दुर्घटना: ३ जनाको मृत्यु, ५ बेपत्ता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
काठमाडौँ, कात्तिक ८ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले रु एक करोड ५० लाख प्राप्त गर्ने भएको छ ।अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको... ...

एशिया कपमा छनोट नेपाली क्रिकेट टोलीलाई क्यानले ३० लाख दिने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रोपटक एशिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा एशिया कपमा छनोट गराउने टोलीलाई प्रोत्साहनस्वरूप ३० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै ...

२४ घण्टामा विपद्का १३ घटना, एक जनाको मृत्यु, आठ घाइते
देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। विपद्का घटनाबाट करिब रु १३ लाख २० हजार बराबरको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, ...

हेरिटेज रनमा महिलातर्फ कृतिका र पुरुषतर्फ सलमान विजेता
काठमाडौं । काठमाडौं महानगरपालिकाले एनएसआर स्पोर्टस फाउन्डेसन (काठमाडौं म्याराथन)सँगको सहकार्यमा आयोजना गरेको १० हजार मिटर काठमाडौं फिल्म फेस्टिभल हेरिटेज रन (सम्पदा दौड)मा महिलातर्फ कृतिका ह्याउमिखाले ५१ मिनेट ५८.५ सेकेण्ड र पुरुषतर्फ सलमान शेखले ३८ मिनेट ५६ सेकेण्डमा निर्धारित दुरी पार गरेर विजेता बनेका छन् । आज बसन्तपुरबाट सुरु भएर १० हजार मिटर दुरी पार गरिसकेपछि बसन्तपुरमै समापन भएको दौडमा महिलातर्फ जेनिशा ...


