Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

बुद्धिचाल छनोटमा कमल र ग्लोसी पहिलो

Share:WhatsAppFacebookX (Twitter)Telegram
बुद्धिचाल छनोटमा कमल र ग्लोसी पहिलो
Photo / Coverage: हिमालय टाइम्स

ललितपुर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशस्तरीय बुद्धिचाल खेलाडी छनोट प्रतिस्पर्धाको क्लासिकल विधामा पुरुषतर्फ ललितपुरका कमल श्रेष्ठ र महिलातर्फ रामेछापकी ग्लोसी श्रेष्ठ पहिलो हुनुभएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सञ्चालन भएको छनोट प्रतियोगितामा सात चरणको खेलपछि खेलाडीले प्राप्त गरेको अंक र टाइब्रेकका आधारमा अन्तिम वरीयता निर्धारण गरिएको हो । पुरुषतर्फ कमलले सात खेलबाट ६ अंक जोड्दै शीर्ष स्थान हासिल गर्नुभयो । समान ६ अंक प्राप्त गर्नुभएका ललितपुरकै सुरोज महर्जन टाइब्रेकका आधारमा दोस्रो हुनुभयो । पाँच अंकसहित दोलखाका राजीव कार्की तेस्रो स्थानमा रनुभयो । त्यस्तै, सत्याम शर्मा, मोहम्मद इमरान खान, बिमल भण्डारी र क्यान्डिडेट मास्टर नवीन तण्डुकारले समान पाँच अंक प्राप्त गर्दै क्रमशः चौथोदेखि सातौँ स्थान हासिल गर्नुभयो । शैलेन्द्र न्यौपाने, प्रतीक सुबेदी र सुभाषकुमार गुरुङ समान ४.५ अंकसहित क्रमशः आठौँ, नवौँ र दसौँ स्थानमा रहनुभयो । महिलातर्फ ग्लोसी श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै सात खेलबाट ६.५ अंक जोडेर पहिलो स्थान सुरक्षित गर्नुभयो । काठमाडौँकी नेलिशा ओझा पाँच अंकसहित दोस्रो हुनुभयो भने चितवनकी लक्ष्मी कँडेल समान पाँच अंकका बाबजुद टाइब्रेकका आधारमा तेस्रो स्थानमा रहनुभयो । ओजस्वी श्रेष्ठ पाँच अंकसहित चौथो हुनुभयो । महिलातर्फ शुभेच्छा घिमिरे, यशस्वी महर्जन र मानश्विनी शर्माले समान चार अंक प्राप्त गर्दै क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थान हासिल गर्नुभयो । त्यस्तै, श्रेयश्री तुलाधर, आयुप्शा सिटिखु र पारिधि खत्री समान चार अंकसहित क्रमशः आठौँ, नवौँ र दसौँ स्थानमा रहनुभयो । प्रतियोगिताको पुरुष तथा महिला दुवै विधामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई बुद्धिचाल छनोटका लागि गठित प्राविधिक समितिका संयोजक राजु ताम्राकारले पदक तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । क्लासिकल विधाको खेल सम्पन्न भएसँगै बुद्धिचालको र्‍यापिड विधातर्फको छनोट प्रतिस्पर्धा सुरु भएको छ । आज (बुधबार) ब्लिट्ज विधाका खेल सम्पन्न भएपछि १०औँ राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशबाट बुद्धिचाल खेलाडी छनोट प्रक्रिया पूरा हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मीना दिदी पुरस्कार तथा सम्मान हस्तान्तरण
Latest NewsJust now

मीना दिदी पुरस्कार तथा सम्मान हस्तान्तरण

काठमाडौं । शिक्षा सेवामा उल्लेख्य भूमिका निर्वाह गर्ने मीना दिदीको नाममा उहाँका सन्ततिहरूले स्थापना गरेको पुरस्कार मंगलबार एक समारोहबीच हस्तान्तरण गरियो । उमानाथ पोखरेलको सभापतित्वमा आयोजना भएको उक्त कार्यक्रममा अनुजा अधिकारी आचार्य तथा सुमन विश्वकर्मा पुरस्कृत हुनुभएको थियो । विशेषगरी शिक्षा क्षेत्रमा उल्लेख्य काम गर्ने व्यक्तिलाई प्रदान गर्ने उद्देश्यका साथ आरती कार्की संरक्षक र नीलम कार्की निहारिका संस्थापक भई स्थापना भएको ...

हिमालय टाइम्स
दशौं राष्ट्रिय खेलकुद : उद्घाटन खेलमा विभागीय टिम आर्मी विजयी
Latest NewsJust now

दशौं राष्ट्रिय खेलकुद : उद्घाटन खेलमा विभागीय टिम आर्मी विजयी

सुर्खेत । दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंगलबारदेखि सुरु भएका छन् । औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरू भने मंगलबारदेखि नै सुरु भएका हुन् । मंगलबारदेखि पाँच खेलको प्रतिस्पर्धा सुरु भएको हो । जसमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार कुल ३२ खेलमध्ये ...

हिमालय टाइम्स
क्यानद्वारा क्रिकेट प्रतियोगिताको टिकट बिक्री अधिकारका लागि बोलपत्र आह्वान
Latest NewsJust now

क्यानद्वारा क्रिकेट प्रतियोगिताको टिकट बिक्री अधिकारका लागि बोलपत्र आह्वान

काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आगामी दुई वर्षका लागि नेपाल प्रिमियर लिग (एनपिएल) बाहेकका विभिन्न क्रिकेट प्रतियोगिता तथा कार्यक्रमहरूको विशेष टिकट बिक्री अधिकार प्रदान गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको छ । क्यानले राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र प्रक्रियामार्फत् योग्य तथा इच्छुक बोलपत्रदाताबाट प्रस्ताव माग गरेको हो । बोलपत्र प्रक्रिया ‘सिंगल स्टेज सिंगल इनभेलप’ विधिबाट अघि बढाइने क्यानले जनाएको छ । बोलपत्रसम्बन्धी ...

हिमालय टाइम्स
फिफाको निलम्बन खुल्नेमा एन्फा आशावादी, ‘सबै विकल्पमा लचिलो छौं’
Latest NewsJust now

फिफाको निलम्बन खुल्नेमा एन्फा आशावादी, ‘सबै विकल्पमा लचिलो छौं’

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले नेपाली फुटबलको विद्यमान विवाद समाधानका लागि एन्फा सबै विकल्पमा लचिलो हुन तयार रहेको बताउनुभएको छ । उहाँले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को आगामी निर्देशनअनुसार अघि बढ्ने स्पष्ट पार्दै एन्फामाथिको अन्तर्राष्ट्रिय निलम्बन पनि चाँडै हट्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फामाथि ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement