बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी । गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै स्थानमा विद्युत आपूर्ति पूर्ववत् भएको छ । नेपाल विद्युत प्राधिकरणको बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोले क्षति पुगेका प्रशारण, शाखा लाइन लगायतका संरचना मर्मत गरेर विद्युत आपूर्ति पूर्ववत् गरेका हुन् । प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा शनिबार बत्ती बलेको जानकारी दिए । “धेरै ठाउँमा दुईरतीन दिनमै विद्युत आपूर्ति गराएका थियौ । पाउद्धार, गिवाङ, किन्दु क्षेत्रमा चाडपर्वको समय पनि नभनी कर्मचारी र कमजदुरहरु दसैँको समयमा रातीसम्म परिचालन भयौ,” उनले भने “कतिपय ठाउँमा वैकल्पिक माध्यम र संरचनाबाट विद्युत आपुर्ति गराएका छौ । दोस्रो चरणमा थप मर्मत गरि विद्युत आपुर्तिलाई नियमित र ब्यवस्थित बनाउने प्रयासमा छौ ।” म्याग्दी बितरण केन्द्र अन्तरगतको मिलनचोक सबस्टेशन मार्फत पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनीका सहित २४ हजार चार सय ९० ग्राहक छन् । तातोपानी वितरण केन्द्र अन्र्तगत अन्नपूर्ण गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा सहित मुस्ताङमा विद्युत आपूर्ति हुन्छ । बाढी पहिरोले प्राधिकरणको ३३/११ केभीको प्रशारण, वितरण लाइनका दुई सय ५० वटा पोल र त्यहाँ तानिएका तार क्षति गरेको थियो । कुल रु एक करोड ५० लाख क्षति पुगेको प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख गामीले जानकारी दिए । अन्नपूर्ण गाउँपालिकाको राम्चे र हिस्तानमा पर्वतको जलजला गाउँपालिका–५ लेकफाँट तर्फबाट विद्युत आपूर्ति गरिएको छ । यस क्षेत्रमा यसअघि महभिरतर्फबाट विद्युत आपूर्ति हुने गरेको थियो । पाउद्धारमा हेलिकप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत आपूर्ति गराइएको बेनी वितरण केन्द्रका प्रमुख गामीले बताए । विद्युत आपूर्ति हुन थालेपछि ग्रामीण क्षेत्रको जनजीवन सहज हुन थालेको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

बैतडीमा भूकम्प
बैतडी। बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ। आज दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो। बैतडीसहित सुदुर पहाडमा भूकम्पको धक्का महसुस गरिएको थियो। ...

कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
अर्जुन काफ्लेस्याङ्जा, कात्तिक ८ गते । स्याङ्जाको बिरुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । मनकामना मन्दिरमा लाग्ने कोजाग्रत पूर्णिमा मेलाका अवसरमा गाउँपालिकाले सार्वजनिक... ...

भैरहवामा ३ अर्ब ८२ करोड लगानीमा क्यान्सर अस्पताल बन्दै, २८५ जनाले रोजगारी पाउने
रुपन्देही । रुपन्देहीको भैरहवामा ३ अर्ब ८२ करोड रुपैयाँ लगानीमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल निर्माण हुने भएको छ। सिद्धार्थनगर नगरपालिका–८, अञ्चलपुरमा प्रस्तावित अस्पतालको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भएसँगै निर्माण प्रक्रिया अघि बढ्ने भएको हो। कृषि, वन तथा वातावरण मन्त्रालयको २०८३ असोज १२ गतेको मन्त्रीस्तरीय निर्णयबाट अस्पतालको ईआईए प्रतिवेदन स्वीकृत भएको हो। लुम्बिनी क्यान्सर हस्पिटल प्रालिमार्फत निर्माण गर्न लागिएको ...

दुर्गा पूजामा कला प्रदर्शनीजस्तै बन्छ कलकत्ता
दुर्गा पूजा बंगालीहरूका लागि विशेष शुभ समय हो र सम्पूर्ण सहर यसमा डुबेको हुन्छ । यस समयमा सहर कला प्रदर्शनीजस्तै बन्छ । ...


