बाढीपहिरोबाट जलजलाका ३१६ घरमा क्षति, ३५ परिवार विस्थापित

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा ३०० भन्दाबढी घरपरिवार प्रभावित भएका छन् । गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण ३१६ घरमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ । जलजलाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेले १२६ घर पूर्ण र ५० घरमा आंशिक क्षति पुगेको जानकारी दिए । “थप १४० घर जोखिममा रहेका विवरण सङ्कलन भएको छ”, उनले भने , “बाढीपहिरोले निजी आवाससँगै कोदो, धानलगायत खाद्यबाली र सुन्तलाखेती भएको खेतीयोग्य जमिन, सडक, खानेपानी, सिँचाइ, बस्ती संरक्षणका लागि निर्माण भएका पूर्वाधारमा अकल्पनीय क्षति भएको छ ।” सबैभन्दा बढी कालीगण्डकीको जलजला गाउँपालिका–८ फर्सेमा ७५ घर बगाएको र २७ घर जोखिममा छन् । बाढी प्रभावित मध्य अन्यत्र घर नभएका र आफैँ व्यवस्थापन गर्न नसकेकालाई अस्थायी शिविर बनाएर राखिएको छ । फर्सेसँगै वडा नं ७ का ताङवाङ र खानीगाउँ पनि प्रभावित भएका छन् । वडा नं ४ को लामाखेतमा पनि कालीगण्डकीको बाढी पसेर क्षति पुगेको छ । पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । “पहिरोले बस्ती घेरिएको छ । पाखो चिराचिरा परेको छ भने घरका पर्खालसमेत सुरक्षित छैनन्”, उनले भने, “त्यसैले खानीगाउँ र ताङवाङका बासिन्दा सुरक्षित ठाउँमा आएर अस्थायी टहरा बनाएर बसेका छन् ।” प्रभावित क्षेत्रमा आधारभूत राहत सामग्रीको व्यवस्था र अल्पकालीन तथा दीर्घकालीन पुनःस्थापनाको कार्ययोजना अघि बढाएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । “तत्कालका लागि जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएर अस्थायी टहरा बनाई बसोबासको व्यवस्था मिलाउने योजना छ”, उनले भने, “दीर्घकालीन रूपमा सरकारको नीतिअनुसार निजी आवास र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्नेछौँ ।” उनका अनुसार निजी आवाससँगै क्षतिग्रस्त सडक, खानेपानी, सिँचाइ र विद्यालय भवन पुनर्निर्माण तथा जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्नेछ । बाढीपहिरो नियन्त्रणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन सङ्घीय तथा प्रदेश सरकार र दातृ निकायसँग समन्वय भइरहेको उनले बताए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News
-96247f13-c5ec-439f-b714-1c81d7a04517.jpeg&w=1200&q=75)
दशैंमा खासै चहलपहल छैन पृथ्वी राजमार्ग, सामान्य अवस्थामा छन् सवारी आउजाउ
• बडादशैंको समयमा राजधानीबाट गृहजिल्ला फर्कने यात्रुको चाप घटेको छ, जबकि सडक किनारका खानपिनका पसल र होटलहरू प्रायः बन्द छन्। • पृथ्वी राजमार्गमा यात्रुवाहक गाडीहरूको संख्या बढी देखिन्छ, तर ठूला मालवाहक गाडीहरूको उपस्थिति नगण्य छ। • सडकका कतिपय ठाउँमा यात्रा जोखिमपूर्ण छ, धुलियाम्मे र हिलोका कारण मोटरसाइकल तथा स्कुटर चालकहरूलाई सास्ती भोग्नुपरेको छ। ...

विराट साहित्य सङ्गममा दुई कृति सार्वजनिक
विराटनगर । विराट साहित्य सङ्गमको आयोजनामा २४२औँ साहित्यिक शृङ्खलाअन्तर्गत साहित्यकार भीमेन्द्रबहादुर कार्कीको ‘श्यामवेद द्वितीय’ र समालोचक तोमनाथ उप्रेतीको समालोचनासंग्रह ‘अक्षरभित्र चिन्तन’ लोकार्पण गरिएको छ । विराटनगरमा आयोजित कार्यक्रममा दसैं पर्वको शुभकामना आदानप्रदानसमेत गरिएको थियो । संस्थाका अध्यक्ष मधु पोखरेलको अध्यक्षता र विराटनगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष विवश पोखरेल प्रमुख अतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा साहित्यकार बलराम पोखरेल, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, ...

काठमाडौंमा ७२ हजार ८० क्याप्सुल ट्रामाडोलसहित दुई जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले ७२ हजार ८० क्याप्सुल लागुऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान करिब ४:३० बजेतिर काठमाडौंको दक्षिणकाली नगरपालिका–५,फर्पिङस्थित बसपार्कमा चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.२० च. ७५८८ नम्बरको कारको पछाडिको डिक्कीमा लुकाइछिपाइ ल्याइएको ट्रामाडोल बरामद गरिएको हो। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३,कोयरियाका २७ वर्षीय सुदीप पटेल र पर्साको वीरगन्ज महानगरपालिका–१७,अलौका २७ ...

‘उड्ता तीर’ले नेपालमा पाएन प्रदर्शन अनुमति
नेपाल सरकारले भारतीय फिल्म ‘उड्ता तीर’लाई देशभर प्रदर्शनका लागि अनुमति नदिने निर्णय गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले वितरक कम्पनी ‘नेसनल सिने ग्रुप नेपाल’लाई पत्र पठाउँदै फिल्म प्रदर्शनमा रोक लगाइएको जानकारी गराएको हो। चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ को दफा ८ (३) अनुसार निषेधित विषयवस्तु फिल्... ...


