Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

बाँकेमा मतदाता नामावलीबाट तीन हजार ५० जनाको नाम हटाइयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाँकेमा मतदाता नामावलीबाट तीन हजार ५० जनाको नाम हटाइयो
Photo / Coverage: पर्दाफास

मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम मतदाता सूचीबाट हटाइएको छ । बाँकेमा मृत्यु भएका र दोहोरो मतदाता नामावलीमा नाम रहेका व्यक्तिको विवरण अद्यावधिक गर्नेक्रममा तीन हजार ५० जनाको नाम मतदाता नामावलीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए । उनका अनुसार मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ ले निर्दिष्ट गरेको प्रक्रियाअनुसार २०८३ भदौ १५ गतेसम्म सङ्कलन तथा अद्यावधिकका लागि प्राप्त विवरण समावेश गरी उक्त नाम हटाइएको हो । ‘मृत्यु भएको भनेर स्थानीय तहले प्रमाणित गरेर पठाएपछि मृत्यु भएका र दुई जिल्ला वा दुई स्थानमा दोहोरो नामावली फेला परेका मतदाताको नाम हटाइएको छ’, प्रमुख शाहीले भने । मतदाता नामावली अद्यावधिक गर्दा सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकाबाट मात्रै ८२० जनाको नाम हटाइएको छ । त्यस्तै, कोहलपुर नगरपालिकाबाट ७६६ जना, राप्तीसोनारी ३७१, डुडुवा, १७७, खजुरा ३२०, बैजनाथ २८९, जानकी १८६ र नरैनापुर गाउँपालिकाबाट १२१ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ । जिल्ला निर्वाचन कार्यालय, बाँकेका अनुसार विसं २०८२ चैत २२ देखि २०८३ असोज २२ सम्म अनलाइन आवेदनबाट तीन हजार ४९६ र राष्ट्रिय परिचयपत्रमार्फत १० हजार ४०१ गरी कूल १३ हजार ८९७ जनाले मतदाता परिचयपत्रका लागि नाम दर्ता गरेका थिए । यसमध्ये छ हजार ७१३ महिला र सात हजार १८४ पुरुष छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
निजी र सार्वजनिक लगानी सन्तुलित रूपमा अगाडि बढाउनुपर्छ : उपाध्यक्ष भट्ट
OthersJust now

निजी र सार्वजनिक लगानी सन्तुलित रूपमा अगाडि बढाउनुपर्छ : उपाध्यक्ष भट्ट

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष भट्टले आर्थिक प्रतिफल, सामाजिक प्रतिफल र वातावरणीय जोखिमलाई मुल्यांकन गर्दै निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका हुन् । उनले नेपालको… ...

अनलाइन खबर
के अब रगत जाँचबाट पार्किन्सन थाहा पाउन सकिन्छ ? पत्ता लाग्यो नयाँ तरिका
OthersJust now

के अब रगत जाँचबाट पार्किन्सन थाहा पाउन सकिन्छ ? पत्ता लाग्यो नयाँ तरिका

के तपाईंले कहिल्यै सोच्नुभएको छ, हाम्रो रगतको सबैभन्दा सानो हिस्साले पनि मस्तिष्कको गम्भीर रोगबारे महत्त्वपूर्ण रहस्य खोल्न सक्छ ? पार्किन्सन्स रोगबारे स्पेनमा गरिएको एउटा अध्ययनले यस्तै नयाँ तथ्य सार्वजनिक गरेको छ । हाम्रो रगतमा हुने प्लेटलेट्समा देखिने आणविक परिवर्तनले पार्किन्सन्सजस्तो गम्भीर स्नायु रोगको अवस्था बिग्रँदै गएको पूर्वसंकेत दिन सक्छ भन्ने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन्… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play