Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै
Photo / Coverage: पर्दाफास

तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण गरिने भएको छ । पृथ्वीराजमार्ग नजिकै निर्माण गर्न लागिएको पार्कमा राखिने विशाल राष्ट्रिय झण्डा बिहीबार पहिलोपटक बन्दीपुर बजारमा प्रदर्शन गरिएको छ । पार्क निर्माण सम्पन्न भएपछि बन्दीपुरको पर्यटन प्रवर्द्धनसँगै पृथ्वीराजमार्ग भएर यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको निर्माण समितिले जनाएको छ । पोखरा र काठमाडौँबीच आवतजावत गर्ने यात्रुलाई लक्षित गरी राजमार्ग नजिकै नयाँ पर्यटकीय गन्तव्य विकास गर्न लागिएको हो । पार्कमा राखिने राष्ट्रिय झण्डाको उचाइ ६७ फिट, लम्बाइ ४५ फिट र चौडाइ ३० फिट हुनेछ । विशाल झण्डासहितको पार्क निर्माण गर्ने योजनालाई स्थानीयस्तरमा पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाइएको छ । झण्डा पार्क निर्माण समितिका संयोजक शेरबहादुर रानाका अनुसार पार्क निर्माणको काम श्रमदानबाट अघि बढाइएको छ । हालसम्म १५ लाखभन्दा बढी बराबरको निर्माण कार्य सम्पन्न भइसकेको उनले जानकारी दिए । पार्क निर्माणको योजना र विशाल झण्डाबारे सर्वसाधारणलाई जानकारी गराउँदै प्रचारप्रसार गर्ने उद्देश्यले झण्डा प्रदर्शन गरिएको हो । झण्डा सार्वजनिक भएपछि निर्माणाधीन पार्कबारे स्थानीयवासी तथा बन्दीपुर भ्रमणमा आउने पर्यटकलाई जानकारी पुग्ने अपेक्षा गरिएको छ । पार्क निर्माणका लागि स्थानीयवासीले श्रमदानसँगै आर्थिक सहयोग जुटाउने अभियानसमेत सञ्चालन गरेका छन् । यसैक्रममा निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले बन्दीपुर बजारमा देउसीभैलो कार्यक्रम आयोजना गरिएको छ । तिहारको सांस्कृतिक परम्परालाई निर्माण अभियानसँग जोड्दै देउसीभैलोबाट संकलित रकम पार्क निर्माणमा खर्च गर्ने योजना रहेको स्थानीय अगुवा बासु पन्तले बताए । उनका अनुसार स्थानीयवासीको सक्रिय सहभागितामा निर्माण कार्य भइरहेको छ । श्रमदान र आर्थिक सहयोग जुटाएर पार्कलाई पूर्णता दिने लक्ष्य राखिएको छ । सामूहिक प्रयासबाट बन्दीपुरमा नयाँ पर्यटकीय आकर्षण थपिने विश्वास गरिएको उनले बताए। प्राकृतिक सुन्दरता, मौलिक संस्कृति र पुराना बस्तीका कारण बन्दीपुर पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । यहाँ आउने पर्यटकलाई लक्षित गरी थप पूर्वाधार निर्माण गर्ने क्रममा पृथ्वीराजमार्ग नजिकै विशाल राष्ट्रिय झण्डासहितको पार्क बनाउन लागिएको हो । पृथ्वीराजमार्ग भएर दैनिक ठूलो सङ्ख्यामा यात्रु तथा पर्यटक पोखरा र काठमाडौँ आवतजावत गर्छन् । राजमार्ग नजिकै आकर्षक संरचना निर्माण भएमा यात्रुलाई केही समय रोकिएर अवलोकन गर्न र तस्बिर खिच्न आकर्षित गर्न सकिने स्थानीयको अपेक्षा छ । पार्कले बन्दीपुरको पर्यटकीय पहिचानलाई थप विस्तार गर्ने विश्वास पन्तले व्यक्त गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रोहिणी नदी कटानले शवदाहस्थल र पुल जोखिममा
OthersJust now

रोहिणी नदी कटानले शवदाहस्थल र पुल जोखिममा

२७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा–११ स्थित रोहिणीघाटमा नदी कटानका कारण शवदाहस्थल र नजिकै रहेको रोहिणी पुल उच्च जोखिममा परेका छन् । हरेक वर्ष वर्षायाममा आउने बाढीले नदी किनारको जमिन कटान गर्दै लगेपछि दशकौंदेखि दाहसंस्कार हुँदै आएको शवदाहस्थल र पुल दुवै भत्किने जोखिम बढेको हो । सुखौरा खोला र रोहिणी नदीको संगमस्थलमा रहेको शवदाहस्थल धार्मिक… ...

अनलाइन खबर
पूर्वप्रधानमन्त्री प्रचण्ड रुस प्रस्थान
OthersJust now

पूर्वप्रधानमन्त्री प्रचण्ड रुस प्रस्थान

२७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रसिया प्रस्थान गरेका छन् । प्रचण्ड आज रुसको राजधानी मस्कोका लागि प्रस्थान गरेका छन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोन्दप्रसाद आचार्य पनि सहभागी भएको सचिवालयले जनाएको छ । ...

अनलाइन खबर
नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह
OthersJust now

नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) अन्तर्गतको वार्तामा स्थायी तथा संस्थागत एजेन्डाका रूपमा स्थापित गर्न आग्रह गरेको छ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा बढ्दै गएको जोखिम, हिमताल विस्फोटजन्य विपद्, जनधनको क्षति र पारिस्थितिक प्रणालीमा परेको असर सम्बोधन गर्न छुट्टै कार्ययोजना, नियमित सं वाद र उच्चस्तरीय राजनीतिक प्रतिबद्धता आवश्यक रहेको नेपालले जनाएको छ । कोप-३१ ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play