Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बन्दीपुरबाट गाउँसम्म जीप सफारीको आकर्षण

बन्दीपुरबाट गाउँसम्म जीप सफारीको आकर्षण

Share:WhatsAppFacebookX (Twitter)Telegram
बन्दीपुरबाट गाउँसम्म जीप सफारीको आकर्षण

तनहुँ।चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ। पर्यटनको मुख्य याम सुरु भएसँगै बन्दीपुरका पर्यटकीयस्थल, होटल तथा ग्रामीण बस्तीमा विदेशी पर्यटकको चहलपहल बढेको हो। प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको मनोरम दृश्य, परम्परागत नेवारी बस्ती, मौलिक संस्कृति र शान्त वातावरणका कारण बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ। मौसम अनुकूल हुँदै जाँदा यहाँ घुम्न आउने विदेशी पर्यटकको संख्या बढ्न थालेको पर्यटन व्यवसायी बताउँछन्। होटल व्यवसायी किसान प्रधानका अनुसार बन्दीपुरमा पर्यटनको सिजन सुरु भएसँगै विदेशी पर्यटकको आगमन बढेको छ। पर्यटकीय गतिविधि बढ्न थालेपछि होटल व्यवसायमा चहलपहल थपिएको छ। बन्दीपुरको मौलिक पहिचान, प्राकृतिक आकर्षण र सांस्कृतिक विशेषताले पर्यटकलाई यहाँ आकर्षित गर्ने गरेको उनको भनाइ छ। बन्दीपुर बजारको परम्परागत स्वरूप, ढुङ्गा छापिएका सडक, पुराना घर तथा स्थानीय जीवनशैली पर्यटकका लागि आकर्षणका विषय हुन्। बजार घुमघामसँगै पर्यटकले यहाँको संस्कृति, खानपान र स्थानीय रहनसहन नजिकबाट बुझ्ने अवसर पाउँछन्। जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक बन्दीपुर बजारमा मात्र सीमित नभई विदेशी पर्यटक आसपासका ग्रामीण बस्ती घुम्न समेत रुचाउने गरेका छन्। बन्दीपुरमा जीप सफारी सञ्चालन गर्दै आएका वसन्त पौडेलले विदेशी पर्यटकलाई रामकोट गाउँसम्म पु¥याएर त्यहाँको ग्रामीण जीवनशैली र संस्कृति अवलोकन गराउने गरेका छन्। मगर समुदायको बसोबास रहेको रामकोट गाउँमा पुग्ने पर्यटक स्थानीय रहनसहन, मौलिक संस्कृति, प्राकृतिक वातावरण र गाउँलेको आतिथ्यबाट प्रभावित हुने गरेको पौडेल बताउँछन्। सहरको व्यस्त जीवनशैली भन्दा फरक ग्रामीण परिवेश, स्थानीय समुदायको सरल व्यवहार र आत्मीय सत्कारले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। गाउँमा पुगेर स्थानीयको दैनिक जीवन, परम्परा र संस्कृतिबारे बुझ्न पाउँदा पर्यटकले फरक अनुभव हासिल गर्ने गरेका छन्। जीप सफारीले बन्दीपुर बजारबाट आसपासका ग्रामीण बस्तीमा पुग्न सहज बनाउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको छ। ग्रामीण पर्यटनबाट स्थानीय पहिचानको प्रवर्द्धन बन्दीपुरको पर्यटन आकर्षण बजार र दृश्यावलोकनमा मात्र सीमित छैन। आसपासका गाउँमा रहेका मौलिक संस्कृति, परम्परा, स्थानीय जीवन शैली र प्राकृतिक वातावरण पनि पर्यटनका महत्त्वपूर्ण आधार बन्दै गएका छन्। रामकोट जस्ता गाउँमा पर्यटकको आवागमन बढ्दा स्थानीय समुदायको संस्कृति र पहिचानलाई बाह्य पर्यटक माझ चिनाउने अवसर मिलेको पौडेलले बताए। पर्यटनको सिजन सुरु भएसँगै बन्दीपुरमा बढेको पर्यटक चहलपहलले होटल व्यवसायी, यातायात सञ्चालक तथा पर्यटनसँग जोडिएका अन्य व्यवसायीमा उत्साह थपेको छ। बन्दीपुरमा स्वदेशी पर्यटकका अलवा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रीस र अर्जेन्टिनाका पर्यटक आउने गरेका छन्। खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रुपमा सूचीकृत गरेको छ। भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

भ्रमणका नाममा खिचडी नपकाउनू : रवि लामिछाने
ताजा खबरJust now

भ्रमणका नाममा खिचडी नपकाउनू : रवि लामिछाने

महेन्द्रनगर।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुदै आज भारत प्रस्थान गरेका छन्। सभापति लामिछानेले पत्नीसहित स्थलमार्ग हुँदै भारतको उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधाम .नीम करौली बाबा) को दर्शन गर्ने कार्यक्रम रहेको छ। तीन दिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैचीधामका साथै गुवाहिटीस्थित कामाख्या मन्दिरमा पूजार्चना गर्ने कार्यक्रम रहेको सो पार्टीका सचिवालय सदस्य एवं सांसद दीपकराज बोहराले ...

नेपालन्युज
पीएचपीको एउटा कमजोरीले विश्वभर बढेको साइबर सुरक्षा जोखिम, १५ प्रश्न र उत्तरमा बुझ्नुहोस्
ताजा खबरJust now

पीएचपीको एउटा कमजोरीले विश्वभर बढेको साइबर सुरक्षा जोखिम, १५ प्रश्न र उत्तरमा बुझ्नुहोस्

पीएचपी२शेल के हो? यसले वेबसाइट, बैंकिङ सेवा र सरकारी डिजिटल प्रणालीमा कस्तो जोखिम सिर्जना गर्छ? नेपालमा किन वेबसाइटका सेवा अस्थायी रूपमा बन्द गरिए? जोखिमबाट बच्न कसले के गर्नुपर्छ र अबको बाटो के हो? एजेन्सीको सहयोगमा टक्साले १५ प्रश्न र उत्तरमा यस विषयमा बुझ्न सहयोग गर्न सामग्री बनाएको छ; काठमाडौं। विश्वभर व्यापक रूपमा प्रयोग हुने पीएचपी (PHP) प्रोग्रामिङ भाषामा भेटिएका दुई ...

टक्सार
ट्युनिसियामा प्रहरी र प्रदर्शनकारीबिच झडप, देशव्यापी असन्तोष बढ्दै
ताजा खबरJust now

ट्युनिसियामा प्रहरी र प्रदर्शनकारीबिच झडप, देशव्यापी असन्तोष बढ्दै

ट्युनिस । ट्युनिसियाको राजधानी ट्युनिससहित विभिन्न सहरमा प्रहरीसँग प्रदर्शनकारीको झडप भएको छ । प्रहरी नियन्त्रणमा रहेका व्यक्तिको मृत्यु तथा सार्वजनिक सेवाको कमजोर अवस्थालाई लिएर बिहीबार प्रदर्शन चर्किएको हो । राजधानीको उपनगरीय... ...

रातोपाटी
गड्डाचौकी नाका हुँदै भारततर्फ लागेका रविले भने- जेलमा गरेका भाकल पूरा गर्न जाँदैछु
ताजा खबरJust now

गड्डाचौकी नाका हुँदै भारततर्फ लागेका रविले भने- जेलमा गरेका भाकल पूरा गर्न जाँदैछु

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान गरेका छन् । सभापति लामिछानेले पत्नीसहित स्थलमार्ग हुँदै भारतको उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधाम (नीम करौली बाबा)को दर्शन गर्ने कार्यक्रम रहेको छ । तीन दिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैचीधामका साथै गुवाहिटीस्थित कामाख्या मन्दिरमा पूजार्चना गर्ने कार्यक्रम रहेको सो पार्टीका सचिवालय सदस्य एवं सांसद ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play