बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली, नेपालमा प्रभाव नपर्ने

काठमाडौं । बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली विकास भएको छ । त्यो हाल न्यूनचापीय क्षेत्रका रूपमा रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातिर अघि बढ्ने र आज (नोभेम्बर १) मध्याह्नसम्ममा दक्षिण–पश्चिम तथा त्यससँग जोडिएको दक्षिण–पूर्वी बंगालको खाडीमा गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना छ । त्यसपछि बिस्तारै त्यो भोलि (नोभेम्बर २) पश्चिम–मध्य बंगालको खाडीमा शक्तिशाली चक्रवाती आँधीमा विकसित हुने प्रबल सम्भावना रहेको भारतको मौसम विभागले जनाएको छ । मंगलबार (नोभेम्बर ३) त्यो प्रणाली शक्तिशाली चक्रवाती आँधीका रूपमा दक्षिण आन्ध्र प्रदेशको तट पार गर्ने प्रबल सम्भावना छ । त्यसको प्रभावले भारतका केही क्षेत्रमा फेरि वर्षा हुन सक्ने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बताएका छन् । “बंगालको खाडीमा बनेको अर्को मौसमी प्रणालीले भारतका केही क्षेत्रमा फेरि वर्षा र समस्या निम्त्याउन सक्ने देखिन्छ,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । तर, त्यो प्रणाली नेपालतर्फ आउने वा त्यसको प्रभावले यहाँ वर्षा हुने सम्भावना नदेखिएको उनले स्पष्ट पारेका छन् । “नेपालका लागि भने राहतको कुरा छ—अहिलेसम्मका सबै मोडेल हेर्दा यो प्रणाली नेपालतर्फ आउने वा यसको प्रभावले नेपालमा वर्षा गराउने सम्भावना देखिएको छैन,” उनले भनेका छन् । बंगालको खाडीमा हालै विकसित ‘अर्नब’ चक्रवातको ‘अवशेष’को प्रभावले नेपालका धेरै स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा बाक्लो हिमपात भएको थियो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

इनम सापकोटा प्रकरण: न्यायपालिकाको साख जोगाउन निष्पक्ष छानबिन आवश्यक
न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख तीन अंग हुन्। ...

गरिमा विकास बैंकको नाफा २४ करोड, ईपीएस कति ?
काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २४ करोड १ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१७ प्रतिशत कम हो। अघिल्लो वर्ष पहिलो त्रैमासमा बैंकले २५ करोड ५ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ...

टिकटकबाट नेपालको पर्यटन प्रवर्द्धन गर्न ७ देशका कन्टेन्ट क्रिएटर पोखरामा
काठमाडौँ । सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित यातायात प्रणालीको विकास गर्ने उद्देश्यले काठमाडौँमा ट्राफिक जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँको रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी... ...

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई
अमेरिका । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल मुद्रा चोरी भएको घटनामा उत्तर कोरियाली ह्याकरहरूको सङ्लग्नता रहेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले जनाएको छ । यसलाई क्रिप्टोकरेन्सी इतिहासकै सबैभन्दा ठूलो चोरी मानिएको छ । एफबीआईले शनिबार जारी गरेको विज्ञप्तिमा यस साताको साइबर आक्रमण ‘ट्रेडरट्रेटर’ नामक समूहको दुर्भावनापूर्ण साइबर गतिविधिसँग सम्बन्धित ...


