Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फ्रिमांसको ब्राण्ड एम्बेसडरमा क्रिकेटर दीपेन्द्र सिंह ऐरी

फ्रिमांसको ब्राण्ड एम्बेसडरमा क्रिकेटर दीपेन्द्र सिंह ऐरी

Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रिमांसको ब्राण्ड एम्बेसडरमा क्रिकेटर दीपेन्द्र सिंह ऐरी

काठमाडौं । भारतीय उपमहाद्वीपमा मेजरिङ टुल्स उत्पादन गर्ने अग्रणी कम्पनी एफएमआई लिमिटेडको ब्राण्ड फ्रिमांसले नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी दीपेन्द्र सिंह ऐरीलाई नेपालका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । फ्रिमांसको नेपाल प्रवेशसँगै भएको यो सहकार्यलाई कम्पनीले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । यस साझेदारीमार्फत कम्पनीले नेपाली उपभोक्ता, खुद्रा बिक्रेता तथा व्यावसायिक साझेदारसँगको सम्बन्ध थप सुदृढ बनाउने लक्ष्य राखेको छ । आफ्नो उत्कृष्ट खेल प्रदर्शन, बहुआयामिक क्षमता र प्रतिस्पर्धी भावनाका लागि परिचित ऐरीलाई कम्पनीले ब्राण्डको मूल मान्यता र पहिचानसँग मेल खाने व्यक्तित्वका रूपमा छनोट गरेको जनाएको छ । सटिकता, गुणस्तर, विश्वसनीयता र उत्कृष्ट कार्यसम्पादनलाई प्राथमिकता दिँदै आएको फ्रिमांसले ऐरीको लोकप्रियतामार्फत नेपाली उपभोक्तामाझ आफ्ना उत्पादनबारे जनचेतना बढाउने अपेक्षा गरेको छ । साझेदारीबारे प्रतिक्रिया दिँदै एफएमआई लिमिटेड (फ्रिमांस) का कार्यकारी निर्देशक साहिल नायरले नेपाल कम्पनीका लागि महत्त्वपूर्ण रणनीतिक बजार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो लक्ष्य नेपालमा उत्पादन उपलब्ध गराउनु मात्र होइन, नेपाली बजारलाई बुझ्ने र ग्राहक तथा साझेदारको विकासमा योगदान पुर्‍याउने विश्वसनीय ब्राण्डका रूपमा स्थापित हुनु हो । दीपेन्द्र सिंह ऐरी मेहनती, महत्त्वाकांक्षी र उत्कृष्ट प्रदर्शनमा विश्वास गर्ने नयाँ पुस्ताका नेपालीको सशक्त प्रतिनिधि हुन् । उनलाई फ्रिमांस परिवारमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । यो सहकार्य अर्थपूर्ण र दीर्घकालीन हुने विश्वास लिएका छौँ ।’ नयाँ जिम्मेवारीबारे क्रिकेटर ऐरीले पनि खुसी व्यक्त गर्नुभएको छ । ‘गुणस्तर, सटिकता र विश्वसनीयताका लागि परिचित फ्रिमांससँग जोडिन पाउँदा निकै खुसी छु । नेपाली बजारमा ब्राण्डको यात्राको हिस्सा बन्न पाउनु मेरा लागि उत्साहजनक छ । यस सहकार्यबाट नेपाली उपभोक्ता तथा व्यवसायीमाझ ब्राण्डको सम्बन्ध विस्तार गर्न योगदान पुर्‍याउने अपेक्षा गरेको छु’, उहाँले भन्नुभयो । मेजरिङ टेप उत्पादनबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेको फ्रीमांसले हाल स्पिरिट लेभल, मेजरिङ ह्विल, ह्याण्ड टुल्स, प्रेसिजन मेजरिङ टुल्स, डिजिटल मेजरिङ टुल्स तथा पावर टुल्सका एसेसरिज लगायतका उत्पादन उपलब्ध गराउँदै आएको छ । कम्पनीका उत्पादन व्यावसायिक क्षेत्रका विज्ञ, प्राविधिक कामदार तथा सर्वसाधारण उपभोक्तालाई लक्षित छन् । सन् १९५० मा स्थापना भएको एफएमआई लिमिटेड भारतीय उपमहाद्वीपमा मेजरिङ टुल्स उत्पादन गर्ने अग्रणी कम्पनीमध्ये एक हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

पोखराबाट काठमाडौँ आउँदै गरेको गाडी धादिङमा पल्टियो, १ को मृत्यु, ९ जना घाइते
ताजा खबरJust now

पोखराबाट काठमाडौँ आउँदै गरेको गाडी धादिङमा पल्टियो, १ को मृत्यु, ९ जना घाइते

धादिङमा दुर्घटनामा परेको माइक्रो बसले किच्दा एक जना पैदलयात्रीको मृत्यु भएको छ।  घटनामा माइक्रोमा सवार अन्य ९ जना यात्रु पनि घाइते भएका प्रहरीले जनाएको छ।  गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा शनिबार साँझ पोखराबाट काठमाडौँ आउँदै गरेको बा।प्र।०१(००६ ख ७७९२ नम्बरको हाइस अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल कल्भर्टमा खसेको हो।&n... ...

नेपालखबर
अनावश्यक विलम्ब हट्दै
ताजा खबरJust now

अनावश्यक विलम्ब हट्दै

काठमाडौँ, कात्तिक १५ गते । सबै सरकारी कार्यालयहरूमा यस अगाडि हुने ढिलासुस्ती, निर्णय प्रक्रियामा हुने अनावश्यक विलम्ब र नागरिकले भोग्नुपर्ने समस्या क्रमिक रूपमा न्यूनीकरण हुँदै गएक... ...

गोरखापत्र
गजल
ताजा खबरJust now

गजल

गर्न त यी नेताका दलका के कुरा गर्छौ ?राजनीतिमा हुने हल्चलका के कुरा गर्छौ ? उभो लाग्ने समय जति खुट्टा तान्दै ठिक्क छशुभकामना र सफलका के कुरा गर्छौ ? प्रेममा प्रिया नरम श्रीमती कडा देखिन्छिन्आखिर ! एउटै धरातलका के कुरा गर्छौ ? ज्युँदो छउजेल भोक नदेख्ने समाजलेमरेपछि माना चामलका के कुरा गर्छौं ? तिमी बिना त स्वर्ग पनि चाहिन्न मलाईसंगमरमरको महलका के कुरा गर्छौं ...

हिमालय टाइम्स
पौडेल : मार्क्सवादी अर्थशास्त्र र कठोर यथार्थता-२
ताजा खबरJust now

पौडेल : मार्क्सवादी अर्थशास्त्र र कठोर यथार्थता-२

गत १३ गते शुक्रबारको अंकबाट क्रमशःकम्युनिष्ट असफलताको प्रश्न : मार्क्सवाद असफल भयो कि मार्क्सवादीहरू ?मार्क्सवाद र कम्युनिष्ट आन्दोलनको आलोचना गर्दा कम्तीमा तीनवटा अलग तह छुट्याउनुपर्छ । पहिलो, मार्क्सवाद एउटा सामाजिक, आर्थिक र दार्शनिक सिद्धान्त हो । यसको विश्लेषण उत्पादन सम्बन्ध, वर्गीय शक्ति, पुँजीसञ्चय, असमानता र सामाजिक परिवर्तनका प्रश्नसँग सम्बन्धित छ । व्याख्या, सीमितता र समकालीन उपयोगिता बारे बहस गर्न सकिन्छ ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play