फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

पेरिस।फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि देशको महत्वपूर्ण पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने चिन्ता बढेको छ। हिंसा दोहोरिएमा पर्यटकको आगमन र पर्यटन आम्दानीमा थप गिरावट आउन सक्ने पर्यटन व्यवसायीहरूले चेतावनी दिएका छन्। फ्रान्सको पर्यटन संस्थाहरूको छाता सङ्गठन ‘एडिएन टुरिजम’की प्रमुख क्रिस्टेल कासाग्नेले निस, पेरिस र लियोन जस्ता प्रमुख सहरमा देखिएको हिंसालाई विनाशकारी बताइन्। उनका अनुसार, पर्यटकहरू होटलमा बसेर रमाइलो गर्न आउँछन्, हिंसाका कारण होटलभित्रै सीमित हुन होइन। प्रहरीसँगको झडप, सार्वजनिक भवनमा आगजनी, पसलमा लुटपाट र सडकमा हिंसात्मक गतिविधिका दृश्यले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा व्यापक स्थान पाएका छन्। यसले सामाजिक सञ्जालमा फ्रान्सको आकर्षक पर्यटन छविलाई समेत प्रभावित गरेको छ। कतिपय पर्यटकले पेरिस सुरक्षित छ कि छैन भन्ने प्रश्न उठाएका छन् भने केहीले यात्रा रद्द गर्ने वा स्थगित गर्ने सोच बनाएका छन्। परामर्श तथा अनुसन्धान संस्था ‘प्रोटुरिजम’का प्रमुख डिडियर अरिनोका अनुसार, पेरिस, लियोन र मार्सेमा होटल बुकिङ रद्द हुने क्रम बढ्न थालेको छ। उनका अनुसार, पेरिसको केन्द्रमा भएको एक दिनको दङ्गापछि होटल बुकिङ रद्द हुने दरमा करिब एक प्रतिशतले वृद्धि भएको छ। यद्यपि, सन् २०२६ का लागि अनुमान गरिएको चार करोड २० लाख होटल तुलनामा यो तत्काल ठूलो गिरावट होइन। तर, हिंसा बारम्बार दोहोरिएमा प्रभाव गम्भीर हुन सक्ने उनले बताए। फ्रान्सले वार्षिक करिब १० करोड पर्यटकलाई स्वागत गर्दै पर्यटनबाट ७० अर्ब युरोभन्दा बढी आम्दानी गर्छ। विशेष गरी लामो दूरीबाट आउने पर्यटकले बढी खर्च गर्ने भएकाले उनीहरूको संख्या घट्दा पर्यटन राजस्वमा समेत असर पर्न सक्छ। संयुक्त राज्य अमेरिका, चीन र जर्मनीलगायतका देशले आफ्ना नागरिकका लागि यात्रा सल्लाह जारी गरेपछि बुकिङमा थप दबाब परेको छ। ट्राभल एजेन्सी समूह ‘सेलेक्टुर’का कार्यकारी प्रमुख लरेन्ट एबिटबोलका अनुसार, हिंसा दुई सातामै नियन्त्रणमा आए ठूलो क्षति नहुन सक्छ।तर, महिनौंसम्म जारी रहे पर्यटन क्षेत्रका लागि विनाशकारी हुन सक्छ। होटलसम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने संस्था ‘एमकेजी कन्सल्टिङ’का अनुसार, पेरिसका होटलले आगामी ६ साताका लागि सम्भावित बुकिङ गुमाएका छन्। अक्टोबर १९ र २० बीच गरिएको विश्लेषणमा अक्टोबर २० देखि २९ सम्मको बसाइका लागि बुकिङको अनुपात अघिल्लो वर्षको तुलनामा रहेको अग्रता एक प्रतिशत बिन्दुबाट घटेर शुन्य दशमलव दुई प्रतिशत बिन्दुमा झरेको थियो। अक्टोबर २० देखि २५ सम्मको बसाइमा पनि यस्तो अग्रता तीन दशमलव पाँच बाट घटेर एक दशमलव नौ प्रतिशत बिन्दुमा पुगेको थियो। संस्थाका अनुसार, निकट भविष्यका बसाइ र महँगा होटलमा यसको प्रभाव बढी देखिएको छ। पर्यटन व्यवसायीहरूका अनुसार, आगामी हप्तामा हिंसाको अवस्था कस्तो रहन्छ भन्ने कुराले फ्रान्सको पर्यटन क्षेत्रको भविष्य निर्धारण गर्नेछ।–रासस /एएफपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु
काठमाडौँ । भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि यस वर्ष जीवित देवी कुमारी दर्शन गराउने परम्पराले निरन्तरता पाएको छ । स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य तथा संस्कृति संरक्षणकर्मीहरूको पहलमा धार्मिक, सामाजिक एवं ऐतिहासिक महत्त्व... ...

बेनी–जोमसोम–कोरला सडक : पुनर्निर्माण गर्न ४ अर्बसम्म खर्च लाग्ने
म्याग्दी । पछिल्लो मनसुनमा आएको बाढी र पहिरोले चीनसँगको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकलाई नराम्ररी क्षति पुर्याएको छ। सडकका विभिन्न संरचनामा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। क्षतिग्रस्त सडकलाई पुरानै अवस्थामा फर्काउन भने तीनदेखि चार अर्ब रुपैयाँसम्म खर्च गर्नुपर्ने देखिएको छ। असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी, नदी कटान र ठाउँठाउँमा खसेको ...

फ्रान्समा दंगा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित
फ्रान्सका प्रमुख सहरमा भएका दंगापछि पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने चिन्ता बढेको छ । हिंसा लम्बिए पर्यटकको आगमन, होटल बुकिङ र पर्यटनबाट हुने आम्दानीमा गिरावट आउन सक्ने व्यवसायीहरूको चेतावनी छ । ...

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
रसुवा। यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बेत्रावतीस्थित फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै लाङटाङ क्षेत्र घुम्न आउने पर्यटक बढ्न थालेको हो । लाङटाङस्थित होटल ‘माउन्टेन भ्यु’ का सञ्चालक नीमा लामाका अनुसार फलाखुमा बेलिब्रिज निर्माण भई यातायात सञ्चालन हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटक आउनेक्रम बढी स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका ...

