फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

बेल्जियमको ब्रसेल्स र लिज सहरमा शनिबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। युरोपका विभिन्न भागमा बढ्दो महँगीविरुद्धको आन्दोलन चर्किरहेका बेला बेल्जियममा पनि तनाव उत्पन्न भएको युरोन्युजले जनाएको छ। युरोन्युजका अनुसार प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको थियो। प्रदर्शनकारीहरूले पनि सुरक्षाकर्मीमाथि पानीका बोतललगायतका वस्तु प्रहार गरेको देखिएको थियो। बेल्जियमका गृहमन्त्री बर्नार्ड क्विन्टिनले यस घटनालाई हाम्रो समाजलाई अस्थिर बनाउन योजनाबद्ध रूपमा पटक–पटक गरिने विशुद्ध हिंसा भनेका छन् । क्विन्टिनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘ब्रसेल्समा अहिले भइरहेको घटना अब सामान्य प्रदर्शन मात्र रहेन । यो हाम्रो समाजलाई अस्थिर बनाउन योजनाबद्ध रूपमा पटक–पटक गरिने विशुद्ध हिंसा हो। संघीय प्रहरीले स्थानीय प्रहरीलाई सहयोग गरिरहेको छ। उपद्रवीहरूलाई नियन्त्रण गर्न र शान्ति व्यवस्था कायम गर्न आवश्यक सबै उपाय अपनाइनेछ।’ फ्रान्समा विद्यालयको पूर्वाधारको अवस्था र शिक्षा क्षेत्रमा बजेट कटौती गरिएको आरोपविरुद्ध सुरु भएको आन्दोलन पछि इन्धनको मूल्यवृद्धि तथा जीवनयापनको बढ्दो लागतविरुद्धको बृहत् प्रदर्शनमा परिणत भएको छ। फ्रान्सका गृहमन्त्री लरेन नुनेजले फ्रान्स २४ सँग कुरा गर्दै क्रयशक्ति घट्दै गएको विरोधमा भएका प्रदर्शनमा पाँच लाख ५० हजार मानिस सहभागी भएको बताएका छन्। तीमध्ये एक लाख १० हजार प्रदर्शनकारी राजधानी पेरिसमा सहभागी भएका थिए। तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ४०० प्रदर्शनकारीलाई पक्राउ गरेको उनले बताए। विद्यार्थीहरूको नेतृत्वमा भइरहेको आन्दोलनका क्रममा देखिएको हिंसाप्रति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले कडा प्रतिक्रिया जनाएका छन्। पछिल्ला केही सातादेखि विद्यार्थीहरूले विद्यालयको दयनीय अवस्था र प्रहरीको अत्यधिक बल प्रयोगको विरोधमा हिंसात्मक प्रदर्शन गर्दै आएका छन्। म्याक्रोंले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमार्फत तोडफोड र लुटपाटमा संलग्न प्रदर्शनकारीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै ‘अराजकता फैलाउनेहरू’ विरुद्ध एकजुट हुन आह्वान गरेका छन्। फ्रान्सेली सञ्चारमाध्यमहरूका अनुसार पूर्व ‘यल्लो भेस्ट’ आन्दोलनका केही अगुवाहरू पनि उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको समर्थनमा जारी प्रदर्शनमा सहभागी हुने तयारीमा छन्। फ्रान्समा सन् २०१८ मा सुरु भएको ‘यल्लो भेस्ट’ आन्दोलनले इन्धनको बढ्दो मूल्य र आर्थिक असमानताविरुद्ध हजारौँ मानिसलाई सडकमा उतारेको थियो। उक्त आन्दोलनका क्रममा प्रहरीले रबरका गोली प्रहार गर्दा दुई हजार ५०० भन्दा बढी प्रदर्शनकारी र एक हजार ८०० प्रहरी कर्मचारी घाइते भएका थिए। यसैबीच, इटालीमा प्रधानमन्त्री जर्जिया मेलोनीले देशका प्रमुख सहरहरूमा भइरहेका हिंसात्मक प्रदर्शनको कडा निन्दा गरेकी छन्। इटालीको ‘इटाली इन द स्क्वायर’ समितिले आयोजना गरेका प्रदर्शनहरू गम्भीर झडप, ठूलो सङ्ख्यामा पक्राउ र सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोडमा परिणत भएको इटालियन प्रसारक राई न्युजले जनाएको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन् । आज दिउँसो विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग प्र ०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भई सडकको बायाँतर्फको नहरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा ...

म फिल्म बनाउने सोचले फर्किएकी हुँ : विपना थापा
पछिल्लो दुई वर्ष यता विपना थापाको अभिनयमा सक्रियता बढेको छ । ‘वरमाला’ मा अभिनय गरेपछि आफ्नो श्रीमानसँग भारत पुगेकी अभिनेत्री थापाले केही समय पारिवारिक गृहस्थी जीवनमै आफूलाई समर्पित गरिन् । करिब एक सय भन्दा बढी फिल्ममा देखिएकी थापा नेपालको सर्वाधिक व्यस्त अभिनेत्रीको रुपमा परिचित थिइन् । यद्यपि, डिजिटल प्रविधिको प्रवेशसँगै नेपाली फिल्मको कथ्य शैलीमा आएको परिवर्तनसँगै बदलिँदो अवस्थालाई मध्यनजर गर्दै उनले ...

सुनसरीमा ९०० किलो गाँजासहित ४ जना पक्राउ
१ असोज, सुनसरी । प्रहरीले सुनसरीको इनरुवा नगरपालिका-४ ज्ञानोदय टोलबाट आइतबार दिउँसो साढे १ बजे ९१५ किलो ६८० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको छ । इनरुवाको हनुमान मन्दिर नजिकैका स्थानीय बुलबुल यादवको घरमा गाँजा बिक्री वितरण भइरहेको सूचना पाएपछि प्रहरीले घरको खानतलासी गर्दा गाँजा बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना… ...

लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङको नियुक्ति बदर गर्न माग
वित्तीय पारदर्शिता र नागरिकताको वैधानिकतामाथि प्रश्न उठाउँदै स्थानीय योग्य व्यक्तिलाई नियुक्त गर्न लुम्बिनी बचाउ महाअभियानले सरकारसंग माग गर्दै माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । ...


